
काठमाडौँ, ३ असोज : काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरुलाई आग्रह गरेको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन सुरु भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको हो । विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन् नगर्न महानगरले आफ्नो मातहतका विद्यालयका...बाँकी अंश →

सियोल, १ असोज (रासस/सिन्ह्वा) ः उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘हार्दिक धन्यवाद’ व्यक्त गर्नुभएको छ। उत्तर कोरियाली नेता किमको रूसको सुदूर पूर्वको भ्रमणले युक्रेनमा युद्धका लागि आणविक शक्ति सम्पन्न प्योङयाङले मस्कोलाई हतियार उपलब्ध गराउन सक्ने पश्चिमाहरूको आशङ्कालाई बढावा दिएको छ । भ्रमणका क्रममा उत्तर...बाँकी अंश →

काठमाडौँ, १ असोज : गृह मन्त्रालयबाट जारी ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ आज राजपत्रमा प्रकाशित भएको छ । जारी निर्देशिकाअनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख गरिने छैन । साथै अनलाइन आवेदन दिएको पाँच कार्यदिनभित्रै प्रमाणपत्र पाउने पनि निर्देशिकामा उल्लेख छ । कुनै फौजदारी अभियोगमा...बाँकी अंश →

काठमाडौँ, १ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने जानकारी दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन अमेरिकामा रहनुभएका उहाँले त्यहाँस्थित नेपाली सञ्चारकर्मीसँग आइतबार भएको भेटमा नेपाली नागरिकलाई मतादानको अधिकारबाट बञ्चित हुन नदिइने बताउनुभयो । उहाँले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन...बाँकी अंश →

काठमाडौँ, १ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच न्यूयोर्कस्थित मुख्यालयमा आइतबार भेटवार्ता भएको छ । भेटमा उहाँहरु बीचमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने, जलवायु परिवर्तन, शान्ति स्थापना, आपसी सहकार्य र साझेदारीलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहाल संयुक्त...बाँकी अंश →

काठमाडौँ, १ असोज : नेपाली नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब पाँच लाख दर्शनार्थीले दर्शन, एवं पूजा आराधना गरेका छन् । बेलुकी ७ बजेसम्म करिब पाँच लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो । पशुपति क्षेत्रमै आउने भक्तजन भने अझै...बाँकी अंश →

नयाँदिल्ली, २९ भदौ (रासस÷एएफपी) ः भारतीय विपक्षी गठबन्धनले घृणा फैलाएको र सत्तासिन दलको पक्षधरता गरेको आरोप लगाउँदै केही टेलिभिजन समाचार प्रस्तोतालाई बहिष्कार गर्ने प्रतिबद्धता जनाएका छन् । सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदी सदस्य रहेकोे भारतीय जनता पार्टी (भाजपा) ले सत्ता सम्हालेदेखि नै अधिकारकर्मी र अधिकारवादी समूहले प्रेस स्वतन्त्रतामाथि आवाज...बाँकी अंश →

नारायण ढुङ्गाना/रासस काठमाडौँ, ३० भदौ : काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा गए राति एकै परिवारका तीनसहित चार जनाको वीभत्स हत्या गरिएको छ । टाउको र शरीरका विभिन्न भागमा खुकुरीजस्तो हतयारले प्रहार भएको अवस्थामा प्रहरीले चार जनाको शव फेला पारेको थियो । सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने दोलखाका...बाँकी अंश →

त्रिपोली, २८ भदौ (रासस/एएफपी) : लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षापछिको बाढीले दुई वटा बाँध भत्काउँदा करिब २० हजार जनाले ज्यान गुमाएको आशङ्का गरिएको छ । पूर्वी लिबियाको बन्दरगाह शहर डेर्नाका प्रमुख अब्दुलमेनम अल–गैथीधच अनुसार बाढीमा परी १८ हजारदेखि २० हजार मानिसको मृत्यु भएको छ । दुई वटा बाँध फुट्दा...बाँकी अंश →

काठमाडौँ, २८ भदौ : तीन दिनअघि हृदयाघातका कारणले निधन हुनुभएका संविधानसभाका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज बिहान ११ः०० बजे अन्त्येष्टि गर्ने भनिए पनि बिहान १०ः०० बजेदेखि नै पशुपति आर्यघाटमा मानिसको भीड लागेको थियो । निर्धारित समयमा नै पशुपति आर्याघाटमा शव पुर्याइएको थियो । शवयात्रामा पार्टीका नेता तथा...बाँकी अंश →

काठमाडौँ, २८ भदौ : संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिबियामा तैनाथ सबै दुई सय ३५ नेपाली शान्ति सैनिक सुरक्षित रहेका छन् । पूर्वी लिबियामा डानिएल आँधीका कारण आएको विनाशकारी बाढीमा परी पाँच हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ । घटनास्थलबाट नेपाली शान्ति सैनिकको गार्ड युनिटको शिविर करिब एक सय १३...बाँकी अंश →

भरतपुर (चितवन), २६ भदौ : सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिनुभयो । अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: