सुरुङ्गा, १६ वैशाख ,, पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मेचीनगर–१२ कालिझोडा सडक खण्डमा आज विहान भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । पूर्बबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ज २०५९ नम्बरको जिपले साइकलयात्री ताप्लेजुङको साविक सिकैचा गाविस–८ निवासी ३२ वर्षीय दिपेश पौडेललाई ठक्कर दिएको थियो । जिपको ठक्करबाट गम्भीर घाइते...बाँकी अंश →

तौलिहवा, १६ वैशाख ,, कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारूको हत्या भएको छ । सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१ वर्षीय सुरेश थारूसहित तीन जनालाई...बाँकी अंश →

कञ्चनपुर, १६ वैशाख ,, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका धौली लुहारको घरमा गए राति आगलागी हुदा रु सात लाख ५० हजार बढीको क्षति भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार चुलोबाट सल्केको आगोले लत्ताकपडा, भाँडाकुँडा, भण्डारण गरेको अन्न, कागजात र घर पूरै जलेर नष्ट भएको छ...बाँकी अंश →

जाजरकोट, १६ वैशाख ,, तीन महीनादेखि डोल्पाको सदरमुकाम दुनैमा विद्युत् सेवा नहुँदा यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य छन् । विद्युत् सेवा अवरुद्ध भएपछि सबैभन्दा बढी समस्या जिल्ला अस्पताल डोल्पामा परेको छ । एक्सरे मेशिन चलाउने विद्युत् नहुँदा जिल्ला अस्पतालको एक्सरे मेशिन चलाउन समस्या भएको हो । अस्पतालमा जोडिएका सौर्य ऊर्जा...बाँकी अंश →

काठमाडौँ, १६ वैशाख ,, नेपाल टेलिकमले प्रिपेड मोबाइलमा आजदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्ने...बाँकी अंश →

गौशाला, १६ वैशाख ,, महोत्तरी जिल्लाको जलेश्वर– जनकपुर सडकखण्डमा आइतबार साँझ यात्रुबाहक बसले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–७ बस्ने अन्दाजी २४ वर्षको राज मुखिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । आइतबार साँझ करीब ५ बजेतिर जनकपुरबाट...बाँकी अंश →

धम्बोजी, १६ वैशाख ,, बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाबाट नेत्रविक्रम चन्द समूहका क्षेत्रीय इञ्जार्च शक्ति भनिने विष्णु परियारलाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इञ्चार्ज परियारलाई पक्राउ गरी हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिनुभयो । चन्दा सङ्कलन गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय...बाँकी अंश →

काठमाडौँ, १६ वैशाख ,, उपत्यकाको प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । ट्राफिक प्रहरी, काठमाडौँ महानगरपालिका र यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार आइतबारदेखि कोटेश्वर चोकमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कोटेश्वरमा ‘पिक...बाँकी अंश →

काठमाडौँ, १५ वैशाख ,, नेपाली युवा क्रिकेट टोलीले एसिसी १६ वर्षमुनि (यू–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको छ । थाइल्याण्डको चियाङमाईमा आज भएको फाइनल खेलमा नेपालले मलेशियालाई ५९ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । त्यस्तै नेपालको यो लगातार दोस्रो उपाधि हो । गत संस्करणमा भएको फाइनलमा...बाँकी अंश →

काठमाडौँ, १५ वैशाख ,, आर्थिक विषयका जानकारहरूले एनसेलले सरकारलाई तिर्नुपर्ने बाँकी रहेको पूँजीगत लाभकर उठाउन पहल गर्न सरकारसँग आग्रह गरेका छन् । संवाद डबलीले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँहरुले राज्यले एनसेलबाट उठाउनुपर्ने लाभकर उठाउन प्रयास नगरेकाले जनस्तरबाट ‘नो ट्याक्स ः नो एनसेल’ अभियान शुरु गरेको जानकारी दिनुभयो ।...बाँकी अंश →

काभ्रेपलाञ्चोक, १५ वैशाख ,, पाँचखाल नगरपालिका–९ भगवतीस्थानका कृषकलाई ५० प्रतिशत अनुदानमा ट्र्याक्टर (मिनी ट्रेलर) दिइएको छ । नगरप्रमुख महेश खरेलले आज कृषक समूहका अगुवालाई २७ ट्र्याक्टर हस्तान्तरण गर्नुभयो । उहाँले मिनी ट्रेलरको प्रयोगले कृषकको समय र खर्चको बचत हुने बताउनुभयो । उहाँले भन्नुभयो “अब सबै वडाका कृषकलाई क्रमैसँग ट्र्याक्टर वितरण...बाँकी अंश →

चितवन, १५ वैशाख ,, नियमितजसो हावाहुरी र वर्षा हुने क्रम बढेपछि यहाँका उद्योगहरु बन्द भएका छन् । विगतका वर्षमा कात्तिकदेखि जेठ मसान्तसम्म उद्योग चल्ने भए पनि यस वर्ष वैशाख लागेपछि उद्योग चल्न नसकेको व्यवसायीले जनाएका छन् । इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार पानीका कारण काँचो इँटा बिग्रिएपछि...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: