१८ माघ २०८२

राष्ट्रिय

पोखरीमा डुबेर मृत्यु

सप्तरी, १८ भदौ  राजविराज नगरपालिका–६ का जुलमा मुखियाका छोरा ३० वर्षीय अरुण मुखियाको पोखरीमा डुबेर मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी मङ्गलबार राति घरनजिकै रहेको पोखरीमा डुबेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार मादक पदार्थमा लठ्ठिएर घर आएका उनलाई...बाँकी अंश →


बलात्कारका घटना रोक्न रणनीति तयार गरिँदै

वीरगञ्ज, १८ भदौ    कडा कानूनी व्यवस्थाका बाबजुद पनि प्रदेश नं २ मा बलात्कारजस्ता जघन्य घटनामा ६० प्रतिशतले वृद्धि भएपछि यसलाई न्यूनीकरण गर्न प्रदेश सरकारले कडा सुरक्षा रणनीति तयार गर्न थालेको छ । मुलुकी अपराध संहितासम्बन्धी कानूनमा जबर्जस्ती करणीलाई जघन्य अपराध माने पनि पछिल्लो समयमा प्रदेश नं २ मा बलात्कारका...बाँकी अंश →


मानव बेचबिखनविरुद्ध अभियान शुरु

डोटी, १८ भदौ  जिल्लामा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियान आजबाट शुरु गरिएको छ । उक्त अभियान एक सातासम्म मनाइने भएको छ । जिल्लाका सरोकारवाला र स्थानीय नागरिककोे उपस्थितिमा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले उक्त अभियानको आजबाट शुरुआत भएको जानकारी दिनुभयो । विशेषगरी महिला र बालबालिका बेचविखनविरुद्धमा उक्त अभियान बढी केन्द्रित...बाँकी अंश →


आश्रममा दुई लाखको अक्षयकोष स्थापना

बागलुङ, १८ भदौ  बागलुङबजार निवासी समाजसेवी कृष्णलाल शाक्यले मानवसेवा आश्रममा रु दुई लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । शाक्यले आफ्ना स्व हजुरबुबा जनकलाल र बुबा रामलालको स्मृतिमा ‘मानव सेवा कोष’ स्थापना गर्नुभएको हो । सहयोगपेक्षी व्यक्तिको सेवाका लागि कोष स्थापना गरेको शाक्यले बताउनुभयो । कोषबाट वार्षिक आउने ब्याज रकम आश्रित...बाँकी अंश →


माल्दिभ्सका राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौँ, १८ भदौ  मङ्गलबारदेखि माल्दिभ्सको राजधानी मालेमा शुरु भएको चौथो हिन्द महासागर सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यहाँ पुग्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार नै माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलीहसँग शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुबीच पारस्परिक हित र चासोका विविध विषयका साथै द्विपक्षीय सम्बन्धलाई नयाँ...बाँकी अंश →


गौहत्याका विषयमा अध्ययन गर्न छानविन समिति दैलेखमा

दैलेख, १८ भदौ    सुर्खेतको कटुकामा दर्जनौँ गाई र गोरु मरेको विषयको अध्ययन गर्न छानविन समिति यहाँ आएको छ । मङ्गलबार समितिले प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसँग भेटघाट गरेको छ । अन्य विभिन्न स्थानमा सोधपुछ गर्ने टोलीले जानकारी दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले उच्च बारका अध्यक्ष विकास आचार्यको संयोजकत्वमा गठन...बाँकी अंश →


बढ्दो आत्महत्या चिन्ताजनक समस्या

फिदिम, १८ भदौ  विगत तीन आर्थिक वर्षको तथ्याङ्कले पाँचथरमा आत्महत्या चिन्ताजनक समस्याका रुपमा विकास भएको पाइएको छ । तीन आर्थिक वर्षमा वर्षेनी ४० भन्दा बढी मानिसले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । अधिकांशले झुण्डिएर आत्महत्या गरेका छन् भने केहीले विषसेवन गरेर आत्महत्या गरेको पाइएको छ । आर्थिक वर्ष...बाँकी अंश →


चोरीका मोबाइलसहित तीन पक्राउ

भक्तपुर, १८ भदौ  महानगरीय प्रहरी वृत्त जगातिको टोलीले मङ्गलबार चोरीका विभिन्न ब्राण्डका ५६ थान मोबाइल, भारतीय नम्बरप्लेटको एक गाडी र रु ६२ हजार ७४४ सहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–६ खरिपाटी बस्ने २२ वर्षीय रामकुमार लामिछाने, सर्लाही मलङ्गवा नगरपालिका–४ घर भई हाल...बाँकी अंश →


नाका सञ्चालनमा आएपछि तस्कर सक्रिय

मेलम्ची, १८ भदौ  चीन र नेपालबीचको ठूलो व्यापारिक तातोपानी नाकामा तस्कर सक्रिय हुन थालेका छन् । चार वर्षपछि खुलेको नाकामा सीमाक्षेत्रको बाटो भएर तस्कर सक्रिय हुन थालेको पाइएको छ । भूकम्पपछि बन्द भएका बेलामा चिनियाँ पक्षले नाकाको सुरक्षा संयन्त्र मजबुत नभएकै कारणले नाका खोल्न आनकानी गर्दै आएको थियो । अहिले...बाँकी अंश →


सुनको मूल्य तोलाको ५०० ले बढ्यो

काठमाडौँ, १७ भदौ  भदौ दोस्रो साता केही ओरालो लागेको सुनको मूल्य आज फेरि प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ¬्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० पुगेको छ । आइतबार र सोमबार छापावाला सुन प्रतितोला रु ७२ हजारमा खरिदबिक्री भएको...बाँकी अंश →


मुस्ताङमा ¥याफ्टिङ ’ परीक्षण

मुस्ताङ, १७ भदौ  मुस्ताङको दामोदरकुण्ड ल्योघेकर गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीमा ¥याफ्टिङ (जलयात्रा) सञ्चालनको लागि परीक्षण गरिएको छ । गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टको पहलमा चराङदेखि घिलिङ सम्मको कालीगण्डकी नदीमा जलयात्राको परीक्षण गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० र आन्तरिक भ्रमण वर्ष २०१९÷२२ लाई लक्षित गरेर कालीगण्डकीमा जलयात्राको सम्भाव्यता...बाँकी अंश →


गाई मरेको घटनाको स्थलगत अध्ययन गरिने

काठमाडौँ, १७ भदौ  विश्व हिन्दू महासङ्घ राष्ट्रिय समितिले बाँकेबाट सुर्खेतमा लैजाने क्रममा गाई मरेको घटनाको स्थलगत अध्ययन गर्न नौ सदस्यीय समिति गठन गरेको छ । समितिको विशेष बैठकले यस्तो निर्णय गरेको वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भरतराज पौडेले राससलाई जानकारी दिनुभयो । समितिका अध्यक्ष एवं पूर्वमन्त्री डा रामचन्द्र अधिकारीको संयोजकत्वमा गठन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter