१७ माघ २०८२

राष्ट्रिय

कांग्रेस केन्द्रीय समितिमा संविधान संशोधनको पक्षमा मतदान गर्ने प्रस्तावमाथि छलफल

नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिनुपर्ने प्रस्ताव आएको छ। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको अध्यावधिक नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई...बाँकी अंश →


नेपाल–भारत सीमाबारे परराष्ट्रमन्त्रीले देखेका मुख्य ३ समस्या

शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाल–भारत सीमा समस्या र भारतले सीमा क्षेत्रमा निर्माण गरेका भौत्तिक संरचनाहरुका कारण नेपाललाई परेको समस्याबारेको छलफलमा सहभागी भए । लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयलाई लिएर नेपाल–भारतबीच विवाद चलिरहेका बेला संसदको राज्य व्यवस्था समितिलाई परराष्ट्रमन्त्री ज्ञवालीले भारतसँग तीबाहेक अन्य भूभागमा रहेका गम्भीर समस्या पनि सुनाए सीमा समस्या...बाँकी अंश →


लकडाउन जेठ ३२ सम्म, सेना पनि परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने एक मन्त्रीले जानकारी दिए । साथै हवाई उडान र अन्तराष्ट्रिय...बाँकी अंश →


भारतबाहेक अन्य मुलुकबाट फर्कनेले हवाई भाडा र क्वारेन्टिन खर्च आफै तिर्नुपर्ने व्यवस्था

काठमाडौँ- सरकारले कोरोना भाइरस संक्रमणको महामारीका कारण भारतबाहेक अन्य मुलुकबाट आउने नेपाली नागरिकले हवाई उडान र होटेल क्वारेन्टिनलगायतका सम्पूर्ण खर्च आफैले व्यहोर्नुपर्ने निर्णय गरेको छ। पहिलो चरणमा करिव २५ हजार नेपालीलाई स्वदेश ल्याउने बताउँदै आएको सरकारले उनीहरुलाई कहिलेसम्म फर्काउने भन्नेबारे मिति निर्धारण गर्न नसकिरहेका बेला विदेशबाट आउनेहरुले व्यहोर्नुपर्ने खर्चबारे निर्णय...बाँकी अंश →


बजेटमा कोरोना राहत: श्रमिकलाई तलब दिन व्यवसायीका लागि कोष, अरू के-के छन्?

सरकारले कोरोनाभाइरसका कारण प्रभावित भएको जनजीवन तथा व्यवसाय सहजीकरणका लागि बजेटबाट विभिन्न राहत कार्यक्रम ल्याएको छ। आगामी वर्षका लागि बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले व्यवसायीदेखि श्रमिकसम्मका लागि राहत प्याकेजको घोषणा गरेका छन्। खतिवडाले लकडाउन भएपछि ल्याएको राहत कार्यक्रमलाई संक्रमणको जोखिम हुँदासम्म जारी हुने जानकारी दिएका छन्। त्यस्तै तीनै तहका...बाँकी अंश →


रुकुम घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ जना पक्राउ

काठमाडौं–  पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोतीमा प्रेमिका लिन पुगेको समूहमाथि गाउँलेले गरेको आक्रमणपछि तीन जनाको मृत्यु र तीन जना बेपत्ता प्रकरणमा २० जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी परेको छ। प्रहरीका केन्द्रीय प्रवक्ता निरज शाहीले पक्राउ परेका १२ जनाविरुद्ध अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको बताए। उनका अनुसार...बाँकी अंश →


तत्कालै २५ हजारलाई स्वदेश फर्काउने तयारीमा छौँ – परराष्ट्र मन्त्री ज्ञवाली

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सरकारले तत्कालका लागि २५ हजार नेपालीलाई स्वदेश फर्काउने तयारी गरेको बताएका छन्। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले सरकारले प्राथमिकताको आधारमा पहिलो चरणमा २५ हजार नेपालीलाई फर्काउन लागेको जानकारी दिए। ‘अहिले सबै आउन चाहेकालाई फर्काउन संभव छैन। हामीले नेपालीहरु भएका...बाँकी अंश →


नरैनापुरमा एक प्रहरीलाई कोरोना देखिएपछि चौकी सिल, सरकारसँग सहयोग माग्यो गाउँपालिकाले

बाँकेको नरैनापुर गाउँपालिकामा एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रहरी चौकी सिल गरिएको छ। नरैनापुर गाउँपालिकाको कालाफाँटा चौकीमा कार्यरत २३ वर्षीय प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएलगत्तै शनिबार बेलुकी नै चौकी सिल गरिएको हो। संक्रमित प्रहरी जवानको घर गुल्मी हो। जिल्ला प्रहरी प्रवक्ता डिएसपी शिवबहादुर सिंहका अनुसार संक्रमित...बाँकी अंश →


अब पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्रको फोटो अंकित नोट चलनचल्तीबाट हटाइने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले पूर्वराजाहरुको फोटो अंकित नोट चलनचल्तीमा नल्याउने निर्णय गरेको छ। राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै पूर्वराजाको तस्बिर अंकित नोट भए चलन चलतीका लागि बजारमा नपठाउन निर्देशन दिएको हो। नेपालमा राजतन्त्र अन्त्य हुने बेलासम्म छापिने नेटाहरुमा तत्कालीन राजाको फोटो छाप्ने चलन थियो।...बाँकी अंश →


थप १९ जनामा संक्रमण, संक्रमित संख्या ६०३ पुग्यो, संक्रमणमुक्त ८७

काठमाडौँ- नेपालमा आइतबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ६०३ पुगेको छ। काठमाडौँमा एकसहित १९ जनामा संक्रमण देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका १, बाराका १, पर्साका ३, रौतहटका १,सर्लाहीका १, रुपन्देहीका ६,काठमाडौँ सोह्रखुट्टेका १, नुवाकोटका...बाँकी अंश →


भ्रष्टाचार आरोपमा सेनाका कर्नेल बर्खास्त, झन्डै २ करोड जरिवाना

नेपाली सेनाका महासेनानी (कर्नेल) भूपालमान अधिकारी भ्रष्टाचार अभियोगमा दोषी ठहर भएका छन्। सैनिक आवासीय महाविद्यालय भक्तपुरमा सम्पर्क अधिकृत रहँदा आर्थिक अनियमितता गरेको आरोपमा उनी दोषी ठहर भएका हुन्। कर्नेल अधिकारीलाई दुई महिना कैद र भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय भएको नेपाली सेनाले जनाएको छ। सैनिक...बाँकी अंश →


सीमा विवाद तत्काल दुई पक्षीय वार्ताबाट समाधान खोज्छौं: सरकारका प्रवक्ता

सरकारले भारतसँगको सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गर्ने योजना नरहेको बताएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सोधिएको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता अर्थ र सञ्चार मन्त्री युवराज खतिवडाले सुरूमा दुई पक्षीय वार्ताबाट समस्या समाधानको प्रयास गरिने बताए। ‘हामीले नक्सा जारी गरेका छौं। त्योसँग सम्बन्धित विवाद हुने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter