१७ माघ २०८२

राष्ट्रिय

आफूलाई हटाउने पार्टी निर्णयविरूद्ध गिरीले दिइन् सर्वोच्चमा रिट

समाजवादी पार्टीले सांसद सहित साधारण सदस्यबाट समेत हटाएपछि सरिता गिरीले सर्वोच्च अदालतमा रिट दिएकी छन्। आफूलाई पार्टीले अन्यायपूर्वक हटाएकोले बदर गरिपाउँ भन्ने  गिरीको रिटमाथि बुधबारलाई पेशी तोकिसकेको सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए। समाजवादी पार्टी पदाधिकारी बैठकले पार्टी 'ह्विप' उल्लंघन गरेको आरोपमा उनलाई सांसद र पार्टी सदस्य नरहने गरी कारबाही...बाँकी अंश →


भारतीय न्यूज च्यानल रोकेकामा सरकारले दियो धन्यवाद

काठमाडौँ–नेपाल र नेपालीविरुद्ध अनर्गल सामग्री प्रसारण गर्ने भारतीय सञ्चारमाध्यमको प्रसारण रोक्ने निर्णय गरेको भन्दै सरकारले च्यानल वितरकलाई धन्यवाद दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर (एमएसओ) लाई धन्यवाद दिएको हो। मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले शुक्रबार जारी गरेको विज्ञप्तिमा...बाँकी अंश →


यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णयः अहिलेकै अवस्थामा बस चलाउन सकिन्न

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अहिलेकै अवस्थामा सवारीसाधन सञ्चालन गर्न नसकिने जनाएको छ। सरकारले आवश्यक सुरक्षा अपनाएर छोटो दूरीका सवारी सञ्चालन गर्ने निर्णय गरेसँगै महासंघले अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्न नसकिने बताएको हो। महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले लकडाउन अवधिको बैंक किस्ता सार्नुपर्ने, ब्याज मिनाहा हुनुपर्ने, लकडाउनपछिको किस्ताका...बाँकी अंश →


प्रचण्डले ओलीलाई भने- पहिले प्रदर्शन रोक्नुस्

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न ठाउँमा भएका प्रदर्शन रोक्न अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीलाई आग्रह गरेका छन्। दुई अध्यक्षबीच आज भएको भेटवार्ताका क्रममा प्रचण्डले कुनै व्यक्ति विशेषका पक्षमा प्रदर्शन गराउनु जायज नभएको भन्दै ओलीलाई यो रोक्न भनेका हुन्। प्रधानमन्त्री केपीशर्मा ओलीको पक्षमा देशका विभिन्न ठाउँमा दैनिकजसो प्रदर्शन...बाँकी अंश →


पार्टी ह्विपविपरीत जाने सांसद स्वत: दण्डको भागी हुन्छ: बाबुराम भट्टराई

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टी ह्विपविपरीत जाने सांसद स्वत: दण्डको भागी हुने बताएका छन्। पार्टीकी सांसद सरिता गिरीलाई सांसद र पार्टी साधारण सदस्यबाट निष्कासन गर्ने निर्णयपछि कतिपय मानिसबाट आलोचना गरेका बेला भट्टराईले उक्त विषयलाई क्षेत्र/लिंगका कुरासँग जोडेर हेर्न नहुने उल्लेख गरेका हुन्। ‘विचार अभिव्यक्तिकै कारण कसैलाई...बाँकी अंश →


कांग्रेस महाधिवेशन फागुन ७ देखि काठमाडौंमा

नेपाली कांग्रेसले १४ औं महाधिवेशन फागुनमा गर्ने निर्णय गरेको छ। कोरोनाभाइरस महामारीले क्रियाशील सदस्यता वितरण, नविकरणलगायतका काम तीन महिनादेखि रोकिए पनि फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्यसमितिले गरेको हो। सोमबार साँझ सकिएको केन्द्रीय समिति बैठकले महाधिवेशन फागुनमै गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले  जानकारी दिए।...बाँकी अंश →


नेकपा कार्यकर्ता ओली, प्रचण्ड-नेपाल पक्षका तर्क टिपेर गाउँसम्मै विभाजित

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी भित्रको टकरावले केही दिनदेखि केन्द्रीय राजनीति तरल बनेको छ। नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच टकराव बढ्दै गएपछि दुई वर्षअघि बनेको यो पार्टीको भविष्य के हुने हो भन्ने अन्यौल बढेको छ। यही टकराव र अन्यौलका...बाँकी अंश →


संसद अधिवेशन अन्त्य गरेर प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन लागेको आशंका

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बजेट अधिवेशन अन्त्य  गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन्। संविधानको धारा ९३ को उपधारा २ मा राष्ट्रपतिले संसदको अधिवेशन अन्त्य गर्न सक्ने प्रावधान छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आजै साँझ पाँ बजेदेखि संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै उनले पुन: पार्टी फुटाउन मिल्ने गरि...बाँकी अंश →


कमरेडहरूलाई दुई तिहाइको सरकार नपचे जस्तो छ: बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपालाई लक्षित गर्दै दुई तिहाई बहुमतको सरकार कमरेडहरूलाई नपचे जस्तो छ भन्ने टिप्पणी गरेका छन्। नेकपामा प्रधानमन्त्री र अध्यक्ष पदबाट केपीशर्मा ओलीले राजीनामा दिनुपर्ने दवावपछि विकसित राजनीतिक घटनाक्रम र संसद अधिवेशन अन्त्य भएका बेला पूर्वप्रधानमन्त्री भट्टराईले उक्त टिप्पणी गरेका हुन्। ‘कुनैकुनै प्राणीलाई...बाँकी अंश →


स्थायी समिति बैठक फुटको प्लेटफर्म बन्न सक्छ-प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति बैठक पार्टी फुटको प्लेटफर्म बन्न सक्ने खतरा रहेको बताएका छन्। नेकपा स्थायी समितिको बिहीबारको बैठकमा प्रचण्डले पार्टी एकता गम्भीर संकटमा परेको बताएका थिए। पार्टी स्थायी समिति बैठक चलिरहँदा सरकारले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो। त्यसपछि बैठक केहीबेरका लागि स्थगित गरेर प्रचण्डले...बाँकी अंश →


नेकपा एमाले नामको पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन, प्रचण्डले मागे ओलीसँग जवाफ

नेकपा एमाले नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ। झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि आइतबार निवेदन परेको हो। उक्त विषयबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आजको स्थायी कमिटी बैठकमा समेत छलफल भएको थियो। प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा एमाले दल दर्ताका लागि नेकपाका नेता/कार्यकर्ताको संलग्नता रहे/नरहेकोबारे आजको...बाँकी अंश →


प्रधानमन्त्रीलाई बाबुराम भट्टराईको प्रश्न- षड्यन्त्र गर्ने राजदूतलाई देश निकाला किन नगरेको?

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले षड्यन्त्र गर्ने राजदूतलाई किन प्रधानमन्त्रीले स्पष्टिकरण सोध्न नसकेको भन्दै प्रश्न गरेका छन्। नयाँ नक्सा जारी गरेपछि आफूलाई हटाउन भारतीय राज्य संयन्त्र लागेको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति दिएका थिए। मंगलबार जनता समाजवादी पार्टीले नागरिकता विधेयकको विरोधमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले षड्यन्त्र गर्ने राजदूतसँग किन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter