
भक्तपुर, १५ असार (रासस) ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा सबैजना एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ । नेपाली काँग्रेस चाँगुनारायण नगर समितिले धान दिवसको अवसरमा आज बागेश्वरीमा आयोजना गरेको रोपाइँ कार्यक्रममा बोल्दै सभापति देउवाले सबै मिलेर पार्टीलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–“आगामी दिनमा सबै एक...बाँकी अंश →

भक्तपुर, १५ असार (रासस) ः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा गरिएका कुनै पनि गल्तीका लागि माफी नदिइने बताउनुभएको छ । राष्ट्रिय परीक्षा बोर्डको तेस्रो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने कसैलाई पनि माफी दिइने छैन् ।” एसइई परीक्षाको नतिजा प्रकाशनमा भएको...बाँकी अंश →
काठमाडौँ, १५ असार (रासस) ः नेपालमा परिवारको वास्तविक संख्या यकिन गर्नका लागि ‘पारिवारिक लगत निर्माण’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । विश्व बैंकको सहयोगमा केन्द्रीय पञ्जीकरण विभागले देशभरिका परिवारको वास्तविक संख्या राख्नका लागि पारिवारिक लगत निर्माण संकलन गर्न थालेको हो । विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले चाँडै नै पारिवारिक लगत...बाँकी अंश →

नेपालगञ्ज, १५ असार(रासस)ः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको कामको समीक्षा गर्ने समय अझै आइनसकेको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो—“सरकार गठन भएको धेरै भएको छैन, केही राम्रा कामको शुरुवात सरकारले गरेकाले नकारात्मक टिप्पणी गर्नुपर्ने कुनै कारण देखिदैन ।” अध्यक्ष थापाले सिद्धान्त नमिल्नेसँग आफ्नो पार्टीको...बाँकी अंश →
काठमाडौँ, १५ साउन (रासस) ः सरकारले माथिल्लो त्रिशुली तेस्रो ‘बी’ जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले ३७ मेगावाट क्षमताको यो जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री...बाँकी अंश →

काठमाडौँ, १५ असार (रासस) ः प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकको छलफलमा उठेका प्रश्नमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुहुने कार्यक्रम छ । बैठकको कार्यसूचीअनुसार विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिनुहुनेछ ।...बाँकी अंश →
काठमाडौँ, १४ असार (रासस) ः दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य मुलुकका अध्यागमन निकायका प्रतिनिधि र प्रवेशाज्ञासम्बन्धी विज्ञहरुको कोर ग्रुपको आज काठमाडौँमा सम्पन्न बैठकले यस क्षेत्रको प्रवेशाज्ञारहित योजना र यसको सुरक्षा सफ्टवेर विकासबारे छलफल गरेको छ । बैठकमा सार्कका महासचिव अहमद हुसेनले यस क्षेत्रमा जनता जनताबीचको सम्बन्ध थप...बाँकी अंश →
काठमाडौँ, १४ असार (रासस) ः सरकारले वैदेशिक रोजगारमा जाने नेपालीको सहजताका लागि पहिलोपटक कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका, २०७५ जारी गरेको छ । विशेषगरी वैदेशिक रोजगारीमा जाँदा कामदारले विभिन्न कसुरमा भोग्नुपर्ने कारावासलाई मध्यनजर गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पहलमा ल्याइएको सो निर्देशिकालाई आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो ।...बाँकी अंश →
इटहरी, १४ असार (रासस) ः नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले सरकारले स्वेच्छाचारी ढंगले काम गर्न थालेको आरोप लगाउनुभएको छ । नेपाल नाई संघको प्रदेश नं. १ स्तरीय प्रथम भेलालाई आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारको जथाभावी कार्यप्रति सचेत रहन सम्बन्धीत सबै पक्षसंग आग्रह गर्नुभयो । नेता गच्छदारले मुलुकको आर्थिक सामाजिक...बाँकी अंश →

काठमाडौँ, १४ असार (रासस) ः सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल नामक संस्थाले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई स्वदेशमै लगाउन सरकारलाई कार्यपत्र बुझाउने भएको छ । ‘वैदेशिक रोजगारबाट फर्केका कामदारको पुनः एकीकरण, नीति, चुनौती र आगामी कदमहरु’ विषयको छलफलमार्फत संस्थाले कार्यपत्र बुझाउन लागेको हो । वैदेशिक रोजगारीबाट फर्किएकाको सीपलाई स्वदेशमा नै प्रयोग...बाँकी अंश →

काठमाडौँ, १४ असार (रासस) ः सर्वोच्च अदालतले कलंकी–नागढुंगालगायत अन्य सडक क्षेत्रमा रोकिएको सडक विस्तारको काम गर्न बाटो खुल्ला गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरूषोत्तम भण्डारीको संयुक्त इजलासले गत असोजमा गरेको फैसलाको पूर्णपाठ आज सार्वजनिक गर्दै उपत्यकाका विभिन्न स्थानमा रोकिएको सडक विस्तारको काम गर्न बाटो खुल्ला गरेको...बाँकी अंश →

ललितपुर, १४ असार (रासस) ः विभिन्न संस्थाले यहाँ आज आयोजना गरेको ‘सार्वजनिक नीति र दक्षिण एशियामा सरकारः न्याय र विकासका लागि’ विषयको सम्मेलनमा सहभागी वक्ताले दक्षिण एशियाली देशमा सामाजिक विकासका लागि धेरै काम गर्न अझै बाँकी रहेको बताउनुभएको छ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले स्थायी सरकारका...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: