२१ मंसिर २०८२

राष्ट्रिय

नेपालको उर्जा क्षेत्रमा लगानी ल्याउन बंगलादेश तयार

सरकारले बंगलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले ऊर्जा क्षेत्रमा बंगलादेश सरकार तथा निजी क्षेत्रका लगानीकर्तालाई लगानी भित्र्याउन अपिल गरे। नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्ससँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको बिदाई भेटमा मन्त्री पुनले नेपालको...बाँकी अंश →


मंगलबार मध्यरातबाट लकडाउन अन्त्य

सरकारले मंगलबार (आज) मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए। 'आजभरै रातिबाट हामी लकडाउनमा छौं भनेर भन्नुपरेन,' खतिवडाले भने, 'कुनै दिन हाम्रोमा ७ सयसम्म संक्रमित थिए अहिले २ सय भन्दा तल छ। अब...बाँकी अंश →


झलनाथ र माधव नेपाललाई प्रचण्डले भने- मैले कुनै सहमति गरेको छैन

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहमति नभएको दाबी गरेका छन्। आइतबार बिहान आफ्नै निवास खुमालटारमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरूलाई प्रचण्डले यस्तो ब्रिफिङ गरेका हुन्। बैठकमा प्रचण्ड-नेपाल दुबै पक्षका स्थायी समिति सदस्यसमेत पुगेका थिए। प्रचण्डको भनाइअनुसार प्रधानमन्त्री...बाँकी अंश →


सचिवालय बैठकअघि ओली-प्रचण्ड भेटवार्ता हुने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ। शनिबार अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे बैठकमा छलफल हुने उनले बताए। नेकपाले स्थायी कमिटी बैठक स्थगन गरेर आज सचिवालय बैठक बोलएको हो।...बाँकी अंश →


प्रचण्ड र माधव नेपालसँग कुरा नमिलेपछि प्रधानमन्त्रीले बालुवाटार बोलाए आफूनिकट नेता

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरूलाई बिहीबार साँझ बालुवाटारमा बोलाएका छन्। दिउँसो अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालसँग भएको छलफल बिनानिष्कर्ष टुंगिएपछि प्रधानमन्त्री ओलीले आफूनिकट नेताहरूलाई साँझ बालुवाटार बोलाएका हुन्। उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय...बाँकी अंश →


प्रचण्ड र नेपालले प्रधानमन्त्रीलाई भने- राजनीतिक र कूटनीतिक कमजोरी भइसक्यो, राजीनामा दिनुस्

नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीचको भेटमा प्रचण्ड र नेपालले यस्तो सुझाव दिएका हुन्। सो भेटघाटमा केहीबेर महासचिव विष्णु पौडेल समेत सहभागी थिए।...बाँकी अंश →


स्वास्थ्य सामग्री खरिदको छानविन गर्न कांग्रेसको माग, ‘स्वास्थ्य मन्त्रालय असफल

नेपाली कांग्रेसले स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको भ्रष्टाचारको छानविन गरी दाेषीमाथि कारबाही गर्न माग गरेको छ। नेपाली कांग्रेस कोभिड१९ अनुगमन समितिले बुधबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी सरकारसमक्ष यस्ताे माग राखेकाे हाे। समितिका संयोजक प्रकाशसरण महतले स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको पाइएकाले छानविन गरी कारबाही गर्न माग गरिएको...बाँकी अंश →


एक अर्ब बढी पर्ने कोहलपुरको सरकारी जग्गा कसरी पुग्यो व्यक्तिका नाममा?

बाँकेको कोहलपुरस्थित एक अर्ब रूपैयाँभन्दा बढी मूल्य पर्ने झन्डै चार बिगाहा सरकारी जग्गा 'नक्कली सुकुम्बासी' खडा गरी व्यक्तिका नाममा सारिएको तथ्य फेला परेको छ। कोहलपुर नगरपालिका- ४ स्थित सेन्टर प्लाजा जाने बाटोको दायाँबायाँ चार बिगाहाभन्दा बढी सरकारी जग्गा विभिन्न ४१ जना नक्कली सुकुम्बासीको नाममा सारिएको छ। बाँकेका प्रमुख मालपोत अधिकृत...बाँकी अंश →


भारतले नक्कली अयोध्या खडा गरेर साँस्कृतिक अतिक्रमण गर्‍याे: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपीशर्मा ओलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाएका छन्। भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको कार्यक्रममा नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले वास्तविक तथ्यमाथि भारतले अतिक्रमण गरेको जनाए। भगवान रामको राज्य अयोध्या नेपालको वीरगन्ज पश्चिममा पार्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको...बाँकी अंश →


भारतीय न्यूज च्यानलको बन्देज खोल्न सकिँदैन, सञ्चारमन्त्री खतिवडा

सरकारले भारतीय न्यूज च्यानलमाथिको बन्देज तत्काल खोल्न नसकिने स्पष्ट पारेको छ। प्रधानमन्त्री केपीशर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकुल नहुँदासम्म कायम रहने सरकारले बताएको हो। मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिदासम्म बन्देज कायम...बाँकी अंश →


मैले हतार गरेको भए पार्टी दुर्घटना हुन सक्थ्यो: प्रचण्ड

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले हतार गरेको भए देश र पार्टी दुर्घटनामा पर्न सक्ने बताएका छन्। गृहजिल्ला चितवनको माडीमा शनिबार नेता/कार्यकर्तासँग भएको छलफलमा अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको आन्तरिक विवादबारे जानकारी गराएका थिए। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डसहित शीर्ष नेताले स्थायी कमिटी बैठकमै राजीनामा मागेपछि...बाँकी अंश →


आफूलाई हटाउने पार्टी निर्णयविरूद्ध गिरीले दिइन् सर्वोच्चमा रिट

समाजवादी पार्टीले सांसद सहित साधारण सदस्यबाट समेत हटाएपछि सरिता गिरीले सर्वोच्च अदालतमा रिट दिएकी छन्। आफूलाई पार्टीले अन्यायपूर्वक हटाएकोले बदर गरिपाउँ भन्ने  गिरीको रिटमाथि बुधबारलाई पेशी तोकिसकेको सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए। समाजवादी पार्टी पदाधिकारी बैठकले पार्टी 'ह्विप' उल्लंघन गरेको आरोपमा उनलाई सांसद र पार्टी सदस्य नरहने गरी कारबाही...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter