बुधबार, १२ बैशाख २०८१

झलनाथ र माधव नेपाललाई प्रचण्डले भने- मैले कुनै सहमति गरेको छैन

४ श्रावण २०७७, आईतवार १९:५३ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहमति नभएको दाबी गरेका छन्।

आइतबार बिहान आफ्नै निवास खुमालटारमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरूलाई प्रचण्डले यस्तो ब्रिफिङ गरेका हुन्।

बैठकमा प्रचण्ड-नेपाल दुबै पक्षका स्थायी समिति सदस्यसमेत पुगेका थिए।

प्रचण्डको भनाइअनुसार प्रधानमन्त्री ओलीसँग कुनै सहमति नभएको खुमालटार बैठकमा सहभागी एक नेताले  बताए।

‘केही सहमति भएको छैन। मलाई कमजोर बनाउने कुरा हो। मैले असहमति जाहेर गरेकै हो। गलत ढंगले बाहिर ल्याइएको हो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘एकीकरण प्रक्रिया सकिएको छैन। सदस्यताको टुंगो लाग्न पर्‍यो। विचारको बहस हुनुपर्‍यो। यतिकै भन्दिएकै आधारमा महाधिवेशन हुन सक्दैन।’

सहमति नभएको विषयलाई सहमति भएको भनेर प्रचार गरिएको समेत उनले बताएका थिए।

यसैबीच आज बस्ने भनिएको नेकपा स्थायी समिति बैठक मंगलबार ११ बजेसम्मका लागि स्थगित गरिएको छ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहमति नभएको दाबी गरेका छन्।

आइतबार बिहान आफ्नै निवास खुमालटारमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरूलाई प्रचण्डले यस्तो ब्रिफिङ गरेका हुन्।

बैठकमा प्रचण्ड-नेपाल दुबै पक्षका स्थायी समिति सदस्यसमेत पुगेका थिए।

प्रचण्डको भनाइअनुसार प्रधानमन्त्री ओलीसँग कुनै सहमति नभएको खुमालटार बैठकमा सहभागी एक नेताले  बताए।

‘तपाईंहरूको भावनाविपरीत म जानै सक्दिनँ। यो बैठकको भावना कमजोर हुनेगरी ल्याइएकोमात्रै हो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने,‘राष्ट्रपतिकहाँ गएको पनि अपरझट गएको हो। कुनै पूर्वनिर्धारित कार्यक्रम थिएन।’

प्रचण्डले राष्ट्रपतिसँगको भेटबारे भने प्रष्टसँग भनेका थिएनन्। शनिबार सचिवालय बैठकलगत्तै प्रधानमन्त्री ओली र प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका थिए। ओली र प्रचण्डसँगै महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि शितल निवास पुगेका थिए।

आइतबार बिहान प्रचण्ड निवास खुमालटारमा सचिवालय सदस्यसँगै स्थायी समिति सदस्यहरू रघुजी पन्त, भीम रावल, भीम आचार्य, वेदुराम भुषाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य सहभागी थिए। त्यस्तै प्रचण्ड निकटका स्थायी समिति सदस्यहरु वर्षमान पुन, मातृका यादव, पम्फा भुषाललगायत  पनि खुमलटार बैठकमा सहभागी थिए।

बैठकमा प्रचण्डले आफूले सहमति नगरेको दाबी गर्दै कमजोर बनाउनका लागि यस्ता प्रचार गरिएको बताएका थिए।

सचिवालयमा छलफलमात्रै भएको र त्यसलाई हुन्छ हुन्न केही नभनेको समेत प्रचण्डले बैठकलाई जानकारी गराएका थिए।

‘हिजो छलफलमात्रै भएको हो। मैले त्यसलाई एस र नो केही भनेको छैन। हिजो बेलुकै खण्डन गरिसकेको छु,’ प्रचण्डको भनाइ उद्धृ गर्दै अर्का एक नेताले भने, ‘सहमति भयो भनेर आइसकेपछि मैले हिजै छोरी गंगालाई भनेर वक्तव्य दिन भनिसकेको छु। यो सबै प्रायोजित हो। केही भएको छैन।’

शनिबार प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीसँग कुनै सहमति नभएको बताएकी थिइन्।

यसैबीच आज बस्ने भनिएको नेकपा स्थायी समिति बैठक मंगलबार ११ बजेसम्मका लागि स्थगित गरिएको छ।

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter