
मितिः २०७५ साउन ४ गते जुम्ला स्थित कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २० दिन देखि अनसनरत डा.गोविन्द के.सी.लाई काठमाडौ लैजान अनसनस्थल पुगेका प्रहरी र डा.के.सी. समर्थक स्वास्थ्यकर्मी एंव चिकित्सा शिक्षा अध्ययनरत बिद्यार्थीहरु बिच अस्पताल भित्रै झडप भई केही चिकित्सकहरु,एकजना प्रहरी सहित दर्जनौ बिद्यार्थी र नर्सहरु घाईते भएको घटना प्रति केयर मानव...बाँकी अंश →
–कुमार चौलागाई÷कल्पना पौडेल काठमाडौँ, ४ साउन (रासस) ः विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरिरहेको नापी टोलीले सिरहाको मदारदेखि सोलुखुम्बुको पतालेसम्म ‘लेभलिङ’को ७५ प्रतिशत काम सम्पन्न गरेको छ । नापी विभागका सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलकाअनुसार २२५ मध्ये १७० किलोमिटरमा लेभलिङको काम सकिएको छ । टोलीले दैनिक ७००...बाँकी अंश →

काठमाडौँ, ४ साउन ः चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म अनशन बस्नुभएका डा केसीलाई स्वास्थ्य अवस्था खराब भएपछि जीवनरक्षा र उपचारका लागि बिहीबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइए पनि...बाँकी अंश →
काठमाडौँ, ३ साउन (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका लागि बृहत योजना बनाउने प्रस्ताव गर्नु भएको छ । राजपाका नेताहरुसँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गर्नु भएको हो । तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्ध, उद्योग स्थापनालगायतका लागि बृहत योजना...बाँकी अंश →
काठमाडौँ, ३ (साउन) ः नेपाली काँग्रेसले जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीलाई काठमाडौँ ल्याउने क्रममा भएको झडपको विरोध गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरी चिकित्सा शिक्षा सुधारका लागि कांग्रेसको सरकारले जारी गरेको अध्यादेशभन्दा विपरीत विधेयक ल्याउनेतर्फ सरकार लाग्नुले स्थिति जटिल बन्दै गएको उल्लेख गरी संसद्...बाँकी अंश →

काठमाडौँ, ३ साउन (रासस) ः गृहमन्त्रालयले आमरण अनशनरत प्रा डा गोविन्द केसीका मागका सम्बन्धमा सम्बन्धित निकायबाट विधिपूर्वक समाधान हुने भन्दै शान्ति कायम राख्न आ–आफ्नो स्थानबाट संयमित रही भूमिका निर्वाह गर्न अपिल गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी दिउँसो जुम्ला जिल्लाको सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत प्रा डा...बाँकी अंश →
काठमाडौँ, ३, साउन (रासस) ः नेपाल पत्रकार महासंघले जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीको अनशनको समर्थनमा भएको आन्दोलनको समाचार संकलनका क्रममा पत्रकारमाथि सुरक्षाकर्मीबाट दुव्र्यवहार भएको जनाउँदै घटनाप्रति आपत्ति जनाएको छ । महासंघले विज्ञप्ति जारी गरी नागरिकलाई सुसूचित गराउने पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको जनाउँदै...बाँकी अंश →

काठमाडौँ, ३ साउन ९रासस० ः जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत प्रा डा केसीलाई आज काठमाडौँ ल्याइएको छ । बीस दिनदेखि अनशनरत प्रा डा केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट साँझ ६ः४५ मा काठमाडौँ ल्याइएको हो । टुँडिखेलमा अवतरण गराइएलगत्तै प्रा डा केसीलाई एम्बुलेन्समार्फत त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।...बाँकी अंश →
काठमाडौँ, ३ साउन ९रासस० ः प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, “पोखरा विमानस्थलको आफ्नै महत्व छ । जसरी भए पनि तोकिएको समयमा पूरा हुनुपर्छ । कुनै पनि बहानामा ढिलाइ गर्न पाइँदैन...बाँकी अंश →

काठमाडौँ, ३ असार ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको छ । प्रतिनिधिसभाको बैठक सारिएकामा संसद् परिसर नयाँ बानेश्वरमा प्रतिक्रिया दिँदै...बाँकी अंश →
पोखरा, ३ साउन (रासस)ः प्रधानमन्त्री केपी शर्मा ओलीको गण्डकी प्रदेशसभामा विशेष सम्बोधन शुरु भएको छ । प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा प्रधानमन्त्रीले सम्बोधन गरिरहनुभएको छ । संघीय संरचनाअनुरुप प्रदेशसभा गठन भएपछि पहिलोपटक प्रधानमन्त्रीले गण्डकी प्रदेशसभामा सम्बोधन गर्न लाग्नुभएको हो । प्रदेशसभा सचिवालयमा प्रधानमन्त्री ओलीलाई सभामुख नेत्रनाथ अधिकारी,...बाँकी अंश →
– भीष्मराज ओझा काठमाडौँ, ३ साउन (रासस) ः विश्व बैंक अन्तर्गतको कार्बन कोषले स्वीकृति प्रदान गरेपछि नेपालले वनजंगलबाट सञ्चित कार्बनबापत रु पाँच अर्ब प्राप्त गर्ने निश्चित भएको छ । वन तथा वातावरण मन्त्रालयले सन् २०२४ सम्ममा तराईका १३ जिल्लामा सञ्चित हुने करीब एक करोड मेट्रिक टन कार्बनलाई प्रतिमेट्रिक टन पाँच...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: