आइतबार, २३ बैशाख २०८१

जुम्लामा स्वास्थ्य कर्मिहरु माथि भएको दमन छानबिन गर्न केयर मानब अधिकारको माग

४ श्रावण २०७५, शुक्रबार १४:०५ मा प्रकाशित

मितिः २०७५ साउन ४ गते जुम्ला स्थित कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २० दिन देखि अनसनरत डा.गोविन्द के.सी.लाई काठमाडौ लैजान अनसनस्थल पुगेका प्रहरी र डा.के.सी. समर्थक स्वास्थ्यकर्मी एंव चिकित्सा शिक्षा अध्ययनरत बिद्यार्थीहरु बिच अस्पताल भित्रै झडप भई केही चिकित्सकहरु,एकजना प्रहरी सहित दर्जनौ बिद्यार्थी र नर्सहरु घाईते भएको घटना प्रति केयर मानव अधिकारको गम्भीर ध्यानकर्षण भएको छ । अस्पताल भवन भित्रै प्रहरी प्रवेश गरी कुटपिट गर्नुका साथै अस्पताल भवनमा रहेका स्वास्थ्य उपकरणहरुमा राज्य पक्षबाटै क्षति पु¥याइनु निन्दनीय कार्य हो । अस्पतालमा उपचार गराई रहेका बिरामीहरुलाई त्रसित बनाउने गरी डाक्टर,नर्सहरु माथि अन्धाधुन्ध लाठी प्रहार गर्नु मानव अधिकार बिरोधी कार्य हो । प्रहरीले गरेको ज्यायदतीको तत्काल छानबिन गरी दोषीहरु माथि कारवाही गर्न केयर मानव अधिकार नेपाल सरकार संग जोड दार माग गर्दछ । झडपका क्रममा घाईते भएका चिकित्सक,बिद्यार्थी एंव प्रहरीलाई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउन,हिसां,अनुचित बल प्रयोगबाट मानव अधिकारको संरक्षण हुन नसक्ने हुदाँ सार्थक वार्ता र संवादबाट समस्याको समाधान गर्न केयर मानव अधिकार सम्बन्धीत पक्षलाई आग्रह गर्दछ । प्रहरीले अस्पतालमा प्रबेश गरी लाठी चार्जको समाचार संकलन गर्न पुगेका पत्रकाहरु माथि प्रहरीद्धारा आक्रमण भएको घटनाको समेत घोर निन्दा गर्दै प्रेस स्वतन्त्रतमाथि आक्रमण भएको ठहर गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दछौ । साथै पत्रकारलाई स्वतन्त्र र भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षसँग माग अपिल गर्दछौ । हजरत अलि खान अध्यक्ष केयर मानव अधिकार

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter