
काठमाडौँ, २२ साउन, गृहमन्त्री रामबहादुर थापाले मानव तस्करी, बेचबिखन र यससम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीररुपमा लिएको बताउनुभएको छ । इण्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘मानवतस्करी, बेचबिखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई आज त्यहाँ सम्बोधन गर्दै गृहमन्त्री थापाले ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि यो विषयलाई आफूहरुले गम्भीररुपमा...बाँकी अंश →

काठमाडौँ, २२ साउन , एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । थाइल्यान्डको स्थानीय पुलिस टेरो क्लबसँग आज साँझ ५ बजे नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ । नेपालले दोस्रो मैत्रीपूर्ण खेल यही साउन २५ गते...बाँकी अंश →

काठमाडौँ, २२ साउन,युवा तथा खेलकूद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर १० युवालाई ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ दिने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवस अर्थात यही साउन २७ गतेका दिन मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत युवा तथा युवाका क्षेत्रमा काम गर्ने संस्था तथा व्यक्तिलाई सम्मान गर्न लागेको हो । मन्त्रालयका अनुसार शिक्षा,...बाँकी अंश →

काठमाडौँ, २२ साउन, काठमाडौँ महानगरपालिकाले चालू आवमा पैदलयात्रुको अत्यधिक चाप देखिएका आठ स्थानमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशे पुल निर्माण गर्ने भएको छ । दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको हो । कामपाका भौतिक पूर्वाधार...बाँकी अंश →
ललितपुर, २२ साउन ९रासस० ः जनावरको शरीरको कुनै पनि अङ्गका आधारमा त्यो कुन क्षेत्रको जनावर हो, अब सजिलै छुट्याउन सकिने भएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले गत वर्षबाट जनावरको डिएनए परीक्षण शुरु गरेपछि कुन जनावरको अङ्ग हो भन्ने मात्रै होइन कहाँको जनावर हो भन्ने समेत छुट्याउन सकिने भएकोे जनाएको...बाँकी अंश →
काठमाडौँ, २२ साउन (रासस) ः ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रवद्र्धनका लागि बेलायतको वेल्सस्थित ब्ल्याक माउण्टेनमा हाइकिङ (लामो दूरीको पैदलयात्रा) आयोजना गरिएको छ । ‘हाइक फर नेपाल’ ले संयुक्त अधिराज्यको उक्त शहरलाई करीब चार घण्टा नेपालमय बनाएको थियो । करीब १२ किलोमिटरको पैदलयात्रालाई ‘नेपालका लागि सँगसँगै पाइला चालौँ’ नारा दिइएको थियो...बाँकी अंश →
काठमाडौँ, २२ साउन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय समिति बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न ३ बजे बस्ने बैठकमा विद्यमान राजनीतिक विषय र पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकमा पार्टीको विधान संशोधनका लागि मस्यौदा समिति...बाँकी अंश →

नेपालगन्ज, २२ साउन नेपालगञ्ज नेपालको सबैभन्दा बढी गर्मी हुने शहरका रुपमा परिचित छ । पछिल्लो समय विकास निर्माणको संरचना विस्तार हुने क्रमसँगै नेपालगञ्जमा दिन प्रतिदिन बढ्दो तापक्रम सन्तुलन गर्न र वातावरण स्वच्छ बनाउन हरियाली अभियान थालिएको छ । आउँदो चार वर्षभित्र नेपालगञ्जलाई हरियाली शहरका रुपमा विकास गरिने अभियानको उद्देश्य छ...बाँकी अंश →

काठमाडौँ, २२ साउन, खानी तथा भूगर्भ विभागले आर्थिक वर्ष २०७४÷७५ मा रु एक अर्ब १३ करोड ९३ लाख राजश्व संकलन गरेको छ । विभागले खानीका लागि इजाजतपत्र प्रदान, नवीकरण, खनिज पदार्थको निकासी, मासिक खनिज उत्खनन् तथा नक्सा बिक्रीबापत उक्त राजश्व संकलन गरेको हो । विभागका प्रवक्ता कृष्णदेव झाका अनुसार विभागले...बाँकी अंश →

चितवन, २२ साउन कृषि तथा वन विज्ञान विश्वविद्यालय सोमबारदेखि नियमित सञ्चालनमा आएको छ । विश्वविद्यालयले आठवटा निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले विश्वविद्यालयको पठनपाठन बन्द गराएका थिए । विश्वविद्यालयको उक्त निर्णय सरकारले खारेज गरेपछि विद्यार्थी र प्राध्यापकले आन्दोलन फिर्ता लिएसँगै पठनपाठन नियमित सञ्चालन भएको हो । विश्वविद्यालयका रजिष्ट्रार मनराज...बाँकी अंश →

बनेपा, २१ साउन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बालबालिकालाई राम्रो व्यवहारको सिकाइबाट सुन्दर भविष्य निर्माण गर्न सकिने बताउनुभएको छ । पहिलाको जस्तो तर्साएर, धम्क्याएर र कुटेर ठीक ठाउँमा ल्याउन खोज्नु गलत साबित भएको बताउँदै उहाँले भन्नुभयो, ‘‘अब अभिभावकहरुमा पनि आनीबानी, बोलीबचन र व्यवहारमा परिवर्तनको आवश्यक छ ।” बालबालिकाप्रति...बाँकी अंश →

काठमाडौँ, २१ आउन सर्वोच्च अदालतले क्रूर र निर्दयी तरिकाले पशुपक्षी ढुवानी नगर्न÷नगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । मासु उत्पादनका लागि ढुवानी गरिने पशुपक्षीमाथि क्रूर र अमानवीय व्यवहार भएको हुँदा सो कार्य रोक्न माग गर्दै अधिवक्ता...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: