२० माघ २०८२

राष्ट्रिय

एसियन गेम्स ,, नेपालको पदकविहीन यात्रा कायमै

काठमाडौँ, १२ भदौ,,    इन्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको ११ दिनसम्म आइपुग्दा नेपाल अझै पदकविहीन कै अवस्थामा छ । एशियाडमा पदक जितेको इतिहास रहेको कराँते, बक्सिङ र तेक्वान्दोमा नेपाल यसपाली पदकविहीन हुँदा अन्य खेलमा पदक जित्ने आशा झनै कम हुँदै गएको छ । विगतका एशियाली खेलकूदमा नेपालले तेक्वान्दोबाट...बाँकी अंश →


प्रधानमन्त्रीले आज संसद्मा सम्बोधन गर्ने

काठमाडौँ, १२ भदौ ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्नु हुनेछ । प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को चाँैथो शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्नु हुनेछ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको उहाँका प्रेस...बाँकी अंश →


भ्रष्टारसम्बन्धी कडा कानून ल्याउनुपर्छ ,, नेता नेपाल

काठमाडौँ, ११ भदौ ,,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले विकास निर्माणको काममा चरम लापरवाही हँुदै गएको बताउनुभएको छ । नेपालीपन राष्ट्रिय साप्ताहिकको तेस्रो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले विकास निर्माणमा ठेकेदारले चरम लापरवाही गर्ने गरेको बताउँदै कडा कानून नहुँदा गलत गर्नेहरु ठाडो शिर बनाएर...बाँकी अंश →


खाद्यको पहुँचबाट वञ्चित गराएमा १० वर्षसम्म कैद हुन सक्छ

काठमाडौँ, ११ भदौ ,,   किसानले अब आफ्नो पहिचान र सम्मान पाउने भएका छन् । ‘खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारसम्बन्धी विधेयक’ मा प्रत्येक किसानले आफ्नो पहिचान र सम्मान पाउने व्यवस्था पहिलो पटक गरेको हो । विधेयकको दफा १३ मा भनिएको छ, “किसानको वर्गीकरण गरी परिचयपत्र जारी गर्ने र वर्गीकरणका आधारमा सरकारबाट...बाँकी अंश →


बिम्स्टेकका लागि चिटिक्क राजधानी

काठमाडौँ, ११ भदौ ,,   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्यद्वारबाट निस्कनासाथ तीनकुनेतर्फ लाग्दा दुई वटा स्वागतद्वार भेटिन्छन् । पहिलोमा नेपालको कलात्मक एवं पुरातात्विक महत्वका मन्दिरको तस्वीर सहितको कलात्मक आकर्षक द्वार बनाइएको छ । उक्त द्वारमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखको तस्वीर...बाँकी अंश →


निजी शिक्षालयलाई आफ्नो बन्दोबस्त गर्न आग्रह

काठमाडौँ, ११ भदौ ,,   नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटीका सदस्य योगेशकुमार भट्टराईले अब शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था नखोलिने बताउनुभएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले “निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था बनेको विधेयक, २०७५” का सम्बन्धमा आयोजित छलफल कार्यक्रममा प्रतिनिधिसभाका सदस्यसमेत रहनुभएका भट्टराईले समाजवादोन्मुख संविधानले शिक्षा र स्वास्थ्यलाई...बाँकी अंश →


बिम्स्टेक ग्रीड,, विद्युत् आदानप्रदानको ढोका खुल्दै

काठमाडौँ, ११ भदौ,,   बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा विद्युत् व्यापार तथा आदानप्रदानका लागि मार्ग प्रशस्त गर्ने गरी समझदारी गरिने भएको छ । विद्युत् व्यापार तथा सहजीकरणका लागि ‘बिम्स्टेक ग्रीड’ निर्माण गर्ने र त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने तयारी भएको हो ।...बाँकी अंश →


‘२०३० सम्ममा समृद्धिको संकेत पाइने’

काठमाडौँ, ११ भदौ ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय नलाग्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकसँगको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले सरकारले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न लामो समय नलिने स्पष्ट गर्दै भन्नुभयो, “संयुक्त राष्ट «संघले राखेको दिगो विकास...बाँकी अंश →


काँग्रेसद्वारा नगर प्रमुख र उपप्रमुखसँग अन्तरसंवाद

काठमाडौँ, ११ भदौ, ,,   नेपाली काँग्रेसले पार्टीका तर्फबाट नगरपालिकामा विजयी नगरप्रमुख र प्रमुखसँग स्थानीय सरकारले लगाएको कर, पार्टीको घोषणा पत्र कार्यान्वयनलगायत विषयमा अन्तरसंवाद शुरु गरेको छ । पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा मुलुकभरबाट सहभागी नगर प्रमुख र उपप्रमुखलाई पार्टीका शीर्ष नेताका साथै विभिन्न...बाँकी अंश →


बिम्स्टेक – सुरक्षा पूर्वअभ्यास

काठमाडौँ, ११ भदौ ,,   बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा नेपाल आउने पाहुनालाई आवश्यक सुरक्षासहित आवास स्थलसम्म पु¥याउन आज पूर्वअभ्यास गरिएको छ । यही भदौ १४ र १५ गते काठमाडौँमा हुने सम्मेलनमा भाग लिन आउने विदेशी विशिष्ट तथा अति विशिष्ट पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि पाहुना...बाँकी अंश →


नेकपाः कानून र सुकुम्वासी सङ्गठनमा सहमति

काठमाडौँ, ११ भदौ ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसङ्गठनको नाम ‘नेपाल कानून व्यवसायी सङ्गठन’ राख्ने सहमति भएको छ । प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन र गणतान्त्रिक तथा प्रगतिशील कानून व्यवसायी सङ्गठनको एकतापछि बन्ने सङ्गठनको नाम फेरिएको एकता कार्यदलका सदस्य रघुजी पन्तले जानकारी दिनुभयो । नयाँ सङ्गठनका संयोजकमा रुद्र नेपाल...बाँकी अंश →


राष्ट्रपतिलाई रक्षाबन्धन

काठमाडौँ, १० भदौ ,,    राष्ट्रपति विद्यादेवी भण्डारीलाई रक्षाबन्धनका अवसरमा पुरोहित खेमचन्द्र ढकालले आज बिहान १०ः३० बजेको शुभमुहूर्तमा रक्षाबन्धन लगाइदिनुभएको छ । शीतलनिवासमा आयोजित समारोहमा पुरोहित ढकालले राष्ट्रपति कार्यालयका पदाधिकारी तथा कर्मचारीहरुलाई पनि रक्षाबन्धन लगाइदिनुभयो । आजै ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले पनि राष्ट्रपतिलाई रक्षाबन्धन लगाइदिएको राष्ट्रपतिका सहस्वकीय सचिव शिव भट्टराईले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter