
काठमाडौँ, २० भदौ ,, बङ्गलादेशको ऊर्जा सप्ताहमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभयो । बङ्गलादेशमा रहँदा उहाँले ऊर्जा सप्ताहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसअवसरमा मन्त्री पुनले नेपाल र बङ्गलादेशबीच ऊर्जा आदानप्रदानसम्बन्धी द्विपक्षीय विषयमा समेत छलफल गर्नुहुनेछ । यस्तै...बाँकी अंश →

काठमाडौँ, २० भदौ ,, नेपाल निजामती कर्मचारी युनियन(सङ्घ) ले हिजो यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा वक्ताले अहिले संशोधनका लागि प्रस्तुत गरिएको कर्मचारीसम्बन्धी ऐनले समग्र कर्मचारीको हित नगर्ने धारणा राख्नु भएको छ । उहाँहरुले उक्त विधेयक फिर्ता गर्नुपर्ने माग पनि गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर...बाँकी अंश →

काठमाडौँ, २० भदौ ,, उच्चशिक्षा सुधार परियोजना कार्यान्वयन परिषद्ले त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभागहरुलाई स्वायत्त बनाउन सुझाव दिएको छ । त्रिवि स्वायत्ततासम्बन्धी नियम, २०६२ (संशोधन) लाई संशोधन गर्न गठित संशोधन प्रस्ताव मस्यौदा समितिले त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियासमक्ष आज संशोधन प्रस्तावको मस्यौदा पेश गरेको हो । संशोधन प्रस्ताव मस्यौदा तयारी...बाँकी अंश →

काठमाडौँ, १९ भदौ ,, नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्राटोकल’लाई अन्तिम रुप दिन दुबै देशका अधिकारीको तेस्रो बैठक बुधबारदेखि राजधानीमा प्रारम्भ हुँदैछ । दुई दिनसम्म जारी रहने उक्त बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैजुले गर्नुहुनेछ भने नौ सदस्यीय चिनियाँ पक्षको नेतृत्व त्यहाँको यातायात...बाँकी अंश →

काठमाडौँ, १९ भदौ ,, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना प्रविधि विभागसँगको सहकार्यमा स्थानीय तहलाई निःशुल्क रुपमा मोबाइल एप्स उपलब्ध गराउने भएको छ । स्थानीय तहका सम्पूर्ण सूचना तथा जानकारी जनस्तरमा छिटो र छरितो ढङ्गले सम्प्रेषण गर्न, विभिन्न सुविधासम्बन्धी जानकारी प्रदान गर्न र गुनासो तथा समस्याको उचित व्यवस्थापन गर्न...बाँकी अंश →

काठमाडौँ, १९ भदौ,, नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीले नेपाल र नेपाली जनताप्रति प्रतिबद्ध भएर काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “कर्मचारीले पार्टीप्रति होइन, मुलुक र मुलुकवासीप्रति प्रतिबद्ध भएर काम गर्नुपर्छ भन्ने मान्यता काङ्ग्रेसको छ...बाँकी अंश →

काठमाडौँ, १९ भदौ ,, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्र्रसाद अधिकारीले विमानस्थलबाट साँभm ५ः३० देखि राति ९ः०० बजेसम्म आन्तरिक उडान गर्न लागिएको जानकारी दिनुभएको हो । नेपाल पर्वतारोहण सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय विमानस्थल...बाँकी अंश →

काठमाडौँ, १९ भदौ,, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको भारी वृद्धिका कारण नेपाल आयल निगमको मासिक घाटा ह्वात्तै बढ्ने भएको छ । गत महिना निगमको मासिक घाटा रु १४ करोड ४२ लाख रहेको थियो । इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त पछिल्लो मूल्यसूचीअनुसार निगमको मासिक घाटा रु ६४ करोड पुग्ने...बाँकी अंश →

काठमाडौँ, १९ भदौ ,, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले शहरी विकास मन्त्रालयलाई कार्यक्रम र योजनामा भएको खर्चको यथार्थ विवरण १५ दिनभित्र समितिसमक्ष उपलब्ध गराउन निर्देशन दिएको छ । समितिको आजको बैठकले मन्त्रालतअन्तर्गतका कार्यक्रममा भएको सम्पूर्ण खर्चको यथार्थ विवरण, खर्चअनुरुप कार्य सम्पादन हुन नसक्नुका कारण, लगानीअनुरुपको प्रतिफल नदेखिँदा अनियमितताको आशङ्का नगर्नुपर्ने...बाँकी अंश →
काठमाडौँ, १९ भदौ ,, प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) दक्षिण एशिया र दक्षिण पूर्वी एशियाजस्ता संगठन जोड्ने पुल भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनमा भाग लिन आउनुभएका बिम्स्टेक राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग औपचारिकरुपमा गहन छलफल...बाँकी अंश →
काठमाडौँ, १९ भदौ ,, प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन दूरगामी निर्णय गर्दै कूशलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो । बिम्स्टेक सम्मेलन काठमाडौँमा यही भदौ १४ र १५ गते १८ बुँदे घोषणपत्र जारी गर्दै सम्पन्न भएको थियो ।...बाँकी अंश →

बुटवल, १९ भदौ ,, रुपन्देहीमा थारु कल्याणकारी सभाको नयाँ नेतृत्व चयन भएको छ । दुई दिनसम्म सैनामैनामा सञ्चालन भएको नवौँ अधिवेशनले सतिषकुमार चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । सदस्यमा चन्द्रमान चौधरी, बुद्धिराम चौधरी, करमचन्द चौधरी, सरिता चौधरी, केशव चौधरी, सत्यनारायण चौधरी, लक्ष्मी चौधरी, रामप्यारे चौधरी, प्रेमकुमारी थारु र...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: