२१ माघ २०८२

राष्ट्रिय

चालकमा उच्च रक्तचापको समस्या, दुर्घटनाका कारण हुनसक्छ

बलेवा, २१ फागुन ,,  अधिकांश सवारी चालकमा उच्च रक्तचापको समस्या देखिएको छ । सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडकमै गरिएको स्वास्थ्य परीक्षणमा उनीहरुमा उच्च रक्तचापको समस्या देखिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयले लामो दूरीका सवारीसाधनका चालकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको थियो ।...बाँकी अंश →


सरकार मिडिया व्यवस्थित गर्न चाहन्छ ः मुख्यमन्त्री शाही

सुर्खेत, २१ फागुन ,,  कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले मिडियालाई व्यवस्थित गर्दै लैजाने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट नेतृत्वको पाँच सदस्यीय मिसन टोलीसँग आज भएको भेटघाटमा उहाँले भन्नुभयो, “सरकारी, सामुदायिक र निजीलगायत सबै मिडियालाई व्यवस्थित गर्न जरुरी छ ।” मुख्यमन्त्री शाहीले सरकारले आफ्नै मिडिया सञ्चालन गरेर...बाँकी अंश →


अझै शहीद घोषणा भएनन् झापा विद्रोहका प्रधान

भद्रपुर, २१ फागुन  ,,  झापा विद्रोहमा लागेको आरोपमा पञ्चायती शासकद्वारा २०३० कात्तिक ५ गते इलामको शान्तिपुरमा हत्या गरिएका राम प्रधानलाई राज्यको तर्फबाट शहीदको सम्मान अझसम्म दिइएको छैन । सुखानीको जङ्गलमा गोली हानी हत्या गरिएका झापा विद्रोहका पाँच योद्धालाई २०७२ सालमा सरकारले शहीद घोषणा गरे पनि सोही विद्रोहका बेला हत्या गरिएका...बाँकी अंश →


महायज्ञमा चार करोड ८४ लाख सङ्कलन

चितवन, २१ फागुन ,,  माघको अन्तिम साता तनहुँको देवघाटधाममा आयोजना गरिएको देवघाटधाम विराट ज्ञानमहायज्ञमा रु चार करोड ८४ लाख सङ्कलन भएको छ । महेश सन्न्यास आश्रम तथा महेश संस्कृत गुरुकुलको रजत वर्षको अवसर पारेर महायज्ञको आयोजना गरिएको थियो । महायज्ञका महासचिव एवं संस्कृत गुरुकुलका प्राचार्य डा गुरुप्रसाद सुवेदीका अनुसार महायज्ञबाट...बाँकी अंश →


सार्वजनिक शौचालय निर्माणका लागि स्थान पहिचान

काठमाडौँ, २१ फागुन ,,  काठमाडौँ महानगरले सार्वजनिक यातायातका साधनले यात्रु चढाउने र ओराल्ने ६९ स्थानमा सार्वजनिक शौचालय निर्माणको लागि स्थान पहिचान गरेको छ । कामपाका सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख धु्रव काफ्लेका अनुसार मानिसको आवतजावत र किनमेल बढी हुने स्थानमा शौचालय निर्माण गर्ने तयारी रहेको छ । हालसम्म पहिचान भएका...बाँकी अंश →


स्पेशल ओलम्पिक टोलीको बिदाइ

काठमाडौँ, २१ फागुन ,,  संयुक्त अरब इमिरेट्स (युएई)मा हुने ‘स्पेशल ओलम्पिक वल्र्ड समर गेम्स’मा सहभागी हुने नेपाली टोलीको आज बिहान यहाँ आयोजित कार्यक्रममा बिदाइ गरिएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले टोलीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गरी देशको गौरव अभिवृद्धि...बाँकी अंश →


पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन

नवलपरासी, २१ फागुन ( ,,  नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदी सहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भाव्यता अध्ययन गरेको छ ।...बाँकी अंश →


समृद्धिमा युवावर्गको महत्वपूर्ण भूमिका– उपसभामुख शर्मा

पोखरा, २१ फागुन ,,, गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले समाजका विकृति विसङ्गतिको अन्त्य गर्दै मुलुकलाई समृद्ध बनाउन युवावर्गको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । शिवरात्रि पर्वको अवसरमा अरुणोदय युथ क्लब पोखरा–७ द्वारा सोमबार आयोजित छैटौँ महाशिवरात्रि घारीपाटन साँझको उद्घाटन कार्यक्रममा उहाँले शिवरात्रि कुलत, हिंसा र अहङ्काररहित पर्वको रूपमा मनाउनुपर्नेमा जोड...बाँकी अंश →


ब्यारेकभित्रै जवानद्वारा आत्महत्या

कञ्चनपुर, २१ फागुन , ,  कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् । ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव...बाँकी अंश →


आलेख ः रोजगार संयोजकको नियुक्ति निष्पक्ष, मन्त्रालयको तारिफ

काठमाडौँ, २० फागुन ,,  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत माघ ४ गते ७५३ स्थानीय तहमा रहेर कामकाज गर्न भन्दै रोजगार संयोजकको आवदेन माग ग¥यो । विश्वविद्यालयको विभिन्न तह उत्तीर्ण गरेको प्रमाणपत्र सिरानीमा राखेर निराशा व्यक्त गर्ने शैक्षिक बेरोजगार युवामाझ मन्त्रालयको त्यो सूचनाले प्रकारको तरङ्ग नै सिर्जना ग¥यो ।...बाँकी अंश →


नेपालीको हितमा काम गर्नु आफ्नो पहिलो दायित्वः राजदूत ढकाल

बनेपा, २० फागुन ,,  संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईमा दुःख र समस्यामा परेका नेपालीको हितमा काम गर्नु आफ्नो पहिलो दायित्व भएको बताउनुभएको छ । राजदूतमा नियुक्त भएपछि काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिकाले आज बनेपामा आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “सबै काममा...बाँकी अंश →


हलेसीमा दर्शनार्थीको भीड

खोटाङ, २० फागुन ,, त्रिधार्मिकस्थल खोटाङको हलेसीमा पूजाआजा गर्ने र मेला भर्नेको बाक्लो भीड लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको त्रिवेणीस्थल हलेसीमा शिवरात्रिका अवसरमा लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीको बिहानैदेखि भीड लागेको हो । मेलामा नेपाललगायत छिमेकी राष्ट्र भारत, चीन, भूटान, बङ्गलादेश, कोरियालगायत मुलुकका हजारौँ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter