
खोटाङ, १ चैत ,, चारैतिर वनजङ्गल बीचमा एकनासले अचल भएर बसेको छ, विशाल पोखरी । जसको मुहान र निकास केही देखिन्न । चारैतिर पहाडै पहाडको बीच भागमा रहेको समथर जमीनमा अवस्थित पोखरीको आयतन बाह्रै महीना एउटै देखिन्छ । जहाँ संसारकै लोपोन्मुख रातो माछा पाइने गरिन्छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र...बाँकी अंश →
गलकोट, १ चैत ,, अरुलाई न्याय प्रदान गर्ने न्यायालय नै भवन पुनःनिर्माण गर्न नसक्दा पीडित भएको छ । विसं २०७२ को भूकम्पबाट क्षति पुगेको उच्च अदालत पोखरा बागलुङ इजालसको हालसम्म कतैबाट पुनःनिर्माणको पहल नगर्दा जनताको समस्या समाधान गर्ने अदालत आफै समस्यामा परेको छ । भूकम्पमा भवन चर्केपछि प्राविधिकले कामकाज गर्न...बाँकी अंश →

काठमाडौँ, १ चैत ,, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइ–१२ विमानले पुनः उडान शुरु गरेको छ । विमानचालक (पाइलट) अभावले डेढमहीनादेखि थन्केर बसेकोे उक्त विमानले आज काठमाडौँ–दाङ दोहोरो उडान भरेको हो । बिरामी बिदामा बस्नुभएका पाइलट निपेन्द्र भट्टराई पुनःकाममा फर्किएपछि उक्त विमानले उडान भर्न शुरु गरेको निगमका सहायक प्रवक्ता नवराज...बाँकी अंश →

जाजरकोट, १ चैत ,, जाजरकोटको दुर्गम बारेकोटमा सञ्चालित घुम्ती शिविरमा ७२ वर्षीया एक ज्येष्ठ महिलादेखि तीन दिने सुत्केरी समेतले नागरिकता लिने अवसर पाएका छन् । बारेकोट गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय जाजरकोट समन्वयमा बुधबारदेखि बारेकोटको लिम्सामा भएको शिविरमा बारेकोट गाउँपालिका–४ गोठगाउँकी ७२ वर्षीया धनसरी सिंहले नेपाली नागरिकताको प्रमाणपत्र पाएकी...बाँकी अंश →

बलेवा, १ चैत ,, विद्युतीय दुर्घटना न्यूनीकरणका लागि बागलुङ बजार क्षेत्रमा नाङ्गो तार विस्थापन गर्ने काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बजार क्षेत्र भित्रका सात किलोमिटर नाङ्गो तारलाई विस्थापन गरी त्यसको ठाउँँमा कालो प्लाास्टिक जडित नयाँ तार जडानको काम गरिरहेको छ । घना बस्ती रहेको बजार क्षेत्रमा...बाँकी अंश →
पाल्पा, १ चैत ,, आगामी चैत्र १० गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षामा(एसइई) पाल्पा जिल्लाबाट ३४ परीक्षार्थी परीक्षा दिने अवसरबाट बञ्चित हुनुपरेको छ । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र अन्य कारणले अयोग्य हुँदा माध्यमिक शिक्षा परीक्षाबाट बञ्चित हुनुपरेको हो । शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाकाअनुसार माध्यमिक शिक्षा परीक्षामा...बाँकी अंश →

काठमाडौँ, १ चैत ,, नेपाली खेलकूद क्षेत्रमा समस्यै समस्या रहेको संसदीय उपसमितिले सार्वजनिक गरेको एक प्रतिवेदनले औँल्याएको छ । प्रतिनधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित युवा तथा खेलकूद उपसमितिले तयार पारेको प्रतिवेदनमा नेपाली खेलकूदको सर्वोच्च निकाय राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा मात्रै दुई दर्जन बढी समस्या रहेको उल्लेख छ । समितिको...बाँकी अंश →
काठमाडौँ, १ चैत ,, नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री तीर्थराम डङ्गोललाई मातृशोक परेको छ । नेपाली काङ्ग्रेस काठमाडौँका पूर्वसभापतिसमेत रहनुभएका नेता डङ्गोलकी आमा नानीमैंजु डङ्गोलको बिहीबार राति ९८ वर्षको उमेरमा आफ्नै निवास कुलेश्वरमा निधन भएको नेपाली काङ्ग्रेस काठमाडौँका नेता गणेश रिजालले जानकारी दिनुभयो । स्व डङ्गोलको आज टेकुस्थित दोभानमा अन्त्येष्टि...बाँकी अंश →

जिरी, चैत १ ,, दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा आज बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङदी गाउँपालिका–३ का हिराप्रसाद मिजारको मृत्यु भएको सशस्त्र प्रहरी बलको लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाको सुरक्षा बेसका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक फुर्गेली...बाँकी अंश →

लमही, १ चैत ,, ले मृर्गौला दान गर्न अनुरोध गर्नुभएको छ । विश्व मिर्गौला दिवसको अवसरमा बिहीबार तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको नसर्ने रोगसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले आफ्नो मृत्युपछि पनि आफन्तको ज्यान बचाउन सकिने भन्दै मृत्युपछि मिर्गौला दान गर्ने प्रतिबद्धता जनाउन अनुरोध गर्नुभयो । “सबैभन्दा पहिला मानिसको मस्तिष्कको मृत्यु हुन्छ, मिर्गौला,...बाँकी अंश →

रोल्पा, १ चैत ,, कुनै पनि राजमार्गले नछोएको रोल्पाको भूगोललाई मदन भण्डारी लोकमार्गले छुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको ध्यानाकर्षणपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय उक्त राजमार्ग रोल्पालाई समेत जोड्ने गरी निर्माण गर्न सहमत भएको हो । सरकारले गत जेठमा एक हजार २०० किलोमिटर लामो उक्त लोकमार्ग घोषणा गर्दा...बाँकी अंश →

दाङ, १ चैत ,, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले संसार देखाउने आँखाको स्वास्थ्यमा ध्यान दिनुपर्ने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका–१ पवननगरको वीरेन्द्र मावि भ्यूडहर, सुनपुरमा भएको निःशुल्क स्वास्थ्य शिविरमा उहाँले आँखा शरीरको महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्नुभयो । मुख्यमन्त्री पोख्रेलले महिलाले अझै पनि पाठेघरको रोग लुकाई राख्ने गरेका...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: