२० माघ २०८२

राष्ट्रिय

पुर्जा भएको जमीन भारतीयको कब्जामा

भीमदत्तनगर, ४ चैत ,, आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाउनुभएको छैन ।उक्त नगरपालिका–४ का सुनारको करीब एक बिघाभन्दा बढी जग्गा विगत लामो समयदेखि आफ्नो भूमि भएको दाबी गर्दै भारतीय नागरिकले उपभोग गर्दै आएका छन् । “विसं २०५८ मा...बाँकी अंश →


जातीय छुवाछूत अन्त्यका लागि पैदलयात्रा

कञ्चनपुर, ४ चैत ९ ,, जातीय छुवाछूत अन्त्यका लागि होमराज आचार्य र अशोक दर्नालले कञ्चनपुरको भीमदत्तनगर बजारको मदन चोकबाट आइतबारदेखि ‘नेपाल पैदलयात्रा २०७५’ शुरु गर्नुभएको छ ।प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले पैदलयात्राका सहभागीलाई फूलमाला र खादा ओढाइ ब्यानरमा हस्ताक्षर गरेर यात्रा शुभारम्भ गर्नुभयो । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले...बाँकी अंश →


काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ ४ चैत ,, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायत विषयमा निर्णय गर्न आज बोलाइएको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा उक्त विषयबाहेक पार्टीको विधानअनुसार नियमावली निर्माण, सरकारका कामकारवाही, समसामयिक राजनीतिलगायत विषयमा पनि छलफल हुने पार्टी कार्यालयले जनाएको...बाँकी अंश →


समृद्धिको यात्रामा प्रधानमन्त्री ओली

काठमाडौँ, ४ चैत ९ ,,  प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले भर्खरै एक वर्ष पूरा गरेको छ । एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले एक वर्षका उपलब्धिबारे चर्चा गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले नेतृत्व सम्हाल्दा देशको अवस्था अस्तव्यस्त थियो, नयाँ संविधानअनुसार सङ्घीयता कार्यान्वयन गर्नुपर्ने अवस्था थियो...बाँकी अंश →


ईदको विदा कटौतिबारे

गत वर्ष नै वर्तमान सरकारले सार्वजनिक विदाहरूलाई वर्गीकरण गरेर केही विदाहरूलाई राष्ट्रिय सार्वजनिक विदाको वर्गमा राख्यो भने केही विदाहरूलाई सम्बन्धित धर्म, समुदाय, लैङ्गिक समूह र भूगोल विशेषका जनताले मात्र विदा पाउने सार्वजनिक विदाको रूपमा राखेर विदाको नयाँ व्यवस्थापन गर्यो । गत वर्ष विदाको नयाँ व्यवस्थापनको घोषणासँगै राष्ट्रिय सार्वजनिक विदाबाट सम्बन्धित...बाँकी अंश →


१२ सय मेगावाट विद्युत् थप हुँदै

काठमाडौँ, ३ चैत  ,,  आगामी आर्थिक वर्ष २०७६÷७७ को अन्त्यसम्ममा कूल एक हजार २६९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आगामी आवमा हालसम्मकै ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । हाल देशको प्रसारण...बाँकी अंश →


चकलाबन्दी खेती गरी उत्पादन बढाउनुको विकल्प छैनः प्रम

विराटनगर, ३ चैत  ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनबमोजिमबाहेकका कुनै पनि काम गर्न सरकारले छुट नदिने बताउनुभएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित फलफूल तथा तरकारी थोक बजार उद्घाटन गर्दै उहाँले चन्दाका नाममा जनतालाई धम्काउने र त्रास देखाउने गतिविधि लोकतन्त्रमा चल्दैन भन्नुभयो । प्रधानमन्त्री ओलीले बजारको...बाँकी अंश →


सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध होइन ः मन्त्री बाँस्कोटा

काठमाडौँ, ३ चैत ,,  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध नभई डिजिटल माध्यमलाई व्यवस्थित गर्न ल्याउनुपरेको बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाज र प्रविधि पत्रकार मञ्चले आज संयुक्तरुपमा आयोजना गरेको ‘सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’का विषयमा सरोकारवालासँग अन्तक्र्रियामा उहाँले डिजिटल माध्यमलाई व्यवस्थित...बाँकी अंश →


इच्छाकामना मन्दिर पुनःनिर्माण गरिँदै

मुग्लिन, ३ चैत ,,  चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ मा रहेको पवित्र धार्मिकस्थल इच्छाकामना माई मन्दिरको पुनःनिर्माण गरिने भएको छ । अहिले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम शुरु गरिएको गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो । मन्दिर पुनःनिर्माणका लागि प्रदेश सरकारबाट रु ५० लाख मन्दिर पुनःनिर्माणका लागि बजेट...बाँकी अंश →


विद्यालयमा बौद्ध शिक्षा लागू हुने तयारी

जीतपुर, ३ चैत ,,  कपिलवस्तु जिल्लामा आगामी शैक्षिक सत्रदेखि बौद्ध शिक्षा लागू गरिने भएको छ । बुद्धले २९ वर्ष बिताएको ठाउँको रुपमा परिचित प्राचीन कपिलवस्तुमा बौद्ध शिक्षा फैलाउन जिल्लाका आधारभूत तहका पाठ्यक्रममा बौद्ध शिक्षा र कपिलवस्तुसम्बन्धी विषयलाई पाठ्यक्रममा उर्ताने गरी अहिले तयारी अगाडि बढेको छ । बुद्धसँग सम्बन्धित ऐतिहासिक, पुरातात्विक...बाँकी अंश →


सरकारबाट हट्ने सोच छैन– उपप्रम यादव

विराटनगर, ३ चैत  ,, उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा कुनै सोच नबनाएकाले आफ्नो पार्टी सरकारमै बसेर काम गर्नेछ भन्नुभयो । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री यादवले...बाँकी अंश →


इष्टर्न हाइड्रोपावरको शेयर खुला

भोजपुर, ३ चैत ,, पिखुवा खेलामा निर्माण भइरहेको इष्टर्न हाइड्रोपावरको आजदेखि संस्थापक शेयर खुला गरिएको छ । हाइड्रोपावरको मुख्य रुपमा प्रभावित क्षेत्र पर्ने भोजपुर नगरपालिका वडा नम्बर ५, ६,७ र ९ तथा अन्य जिल्लाबासीका लागि शेयर खुला गरिएको इष्टर्न हाइड्रोपावर लिमिटेडले जनाएको छ । प्रभावित ४ वटा वडाका स्थानीयवासीले प्रतिकित्ता...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter