
पोखरा, ८ साउन ,, नेपाली काङ्ग्रेसलाई व्यक्तिगत स्वार्थपूर्तिको साधन बनाउने क्रम बढेको भन्दै पार्टीमा मूल्य मान्यता स्थापित गर्ने उद्देश्यका साथ ‘नेपाली काङ्ग्रेसभित्रै निष्ठावान काङ्ग्रेसको खोजी’ अभियानलाई अघि बढाइएको छ । अभियानबारे जानकारी दिन पोखरामा आयोजित पत्रकार भेटघाटमा अभियानका संयोजक प्रा डा भूपति ढकाल ‘कमल’ले पार्टीभित्र मौलाउँदै गएको गुट–उपगुटका कारण सङ्गठन...बाँकी अंश →

चिप्लेढुङ्गा, ८ साउन ,, सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको हरितालिका तीज पर्व सुसभ्य तरिकाले मनाउने वातावरणका लागि नारी जागरण अभियान कास्कीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । तीज आउनु महीना दिन अगाडिदेखिनै सामाजिकरूपमा देखिने भड्किलो गतिविधिले तीजको मौलिकता हराउँदै गएको भन्दै प्रमुख जिल्ला अधिकारी चत्रबहादुर बुढासमक्ष ज्ञापनपत्र बुझाएको...बाँकी अंश →

सुर्खेत, ८ साउन ,, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा शिक्षा क्षेत्रका उजुरी बढी परेको प्रतिवेदन सार्वजनिक गरिएको छ । आयोगले मङ्गलबार पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । आयोगका कार्यालय प्रमुख ज्ञानराज सुवेदीले सार्वजनिक गर्नुभएको प्रतिवेदनमा आर्थिक वर्ष २०७५÷७६ मा कूल ९६३ उजुरी परेको र त्यसमध्ये शिक्षा विज्ञान...बाँकी अंश →

काठमाडौँ, ७ साउन ,, धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक करीब छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९२ ले बढेर २७४.४१ बिन्दुमा पुगेको...बाँकी अंश →

काठमाडौँ, ७ साउन ,, एनआइसी क्यापिटल लिमिटेडले स–साना रकमलाई एकीकृत गरी लगानी गर्ने उद्देश्यले रु एक अर्ब २५ करोडको ‘एनआइसी ब्यालेन्स फन्ड’ को घोषणा गरेको छ । एनआइसी एसिया बैंक म्युचुअल फण्डअन्तर्गत लिमिटेडले यही साउन ८ गतेदेखि १२ करोड ५० लाख एकाइ निष्कासन गर्ने भएको छ । त्यसको ८५ प्रतिशत...बाँकी अंश →

तनहुँ, ७ असार ,, गत आर्थिक वर्षमा तनहुँमा रु पाँच अर्ब ८१ करोड २७ लाख दुई हजार ९२७ राजश्व सङ्कलन गरिएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४ दशमलव २७ प्रतिशतले वृद्धि भएको हो । आव २०७४÷७५ मा रु ८२ करोड ९७ लाख ७६ हजार ५८५ राजश्व सङ्कलन गरेको...बाँकी अंश →

काठमाडौँ, ७ साउन ,, आइसिसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनौटअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल कतारसँग पराजित भएको छ । सिङ्गापुरको इण्डियन एसोसिएशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेपालले कतारलाई जीतका लागि १२३ रनको सामान्य लक्ष्य...बाँकी अंश →

काठमाडौँ, ७ साउन ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको प्रक्रिया अब करीब करीब निष्कर्षमा पुगिसकेको बताउनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘४१ आँै पुष्पलाल स्मृति दिवस’मा आयोजित कार्यक्रममा उहाँले एकता प्रक्रिया साउनभित्र सकिने जिकिर गर्नुभयो । “एक दुई वटा औपचारिकता...बाँकी अंश →

चितवन, ७ साउन ,, भरतपुर अस्पतालमा उपचारार्थ थालेसिमियाका बिरामीलाई बेल्जियमस्थित चितवन सहायता कोष (क्याट)ले आर्थिक सहयोग गरेको छ । यसअघि नियमित सहयोग गर्दै आएको उक्त कोषले रु ९० हजार सहयोग गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले उक्त कोषबाट वर्षको दुईपटक सहयोग उपलब्ध हुँदै आए पनि बिरामीका लागि...बाँकी अंश →

भद्रपुर, ७ साउन ,, मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्ष २०७५÷७६ मा दर्ता भएका मुद्दा फछ्र्योटबाट मात्रै रु तीन करोड बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले ५३० मुद्दा फछ्र्योट गर्दा रु तीन करोड ३६ लाख ५८ हजार राजश्व असुली गरेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले जानकारी दिनुभयो ।...बाँकी अंश →

काभे्रपलाञ्चोक, ७ साउन ,, नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले पत्रकार कल्याण कोष स्थापना गरेको छ । विपद्मा परेका पत्रकारलाई सहयोग गर्ने उद्दश्यले रु पाँच लाखको कल्याण कोष स्थापना गरिएको शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार १० वर्षे मुद्धति खातामा राखिएको उक्त रकमको ब्याजबाट विपद्मा परेका पत्रकारलाई सहयोग गरिनेछ...बाँकी अंश →

बाँके, ७ साउन ,, दुई साताअघि एक नेपाली महिला भारतको रुपैडिहामा अफिमसहित समातिइन् । भारतीय सीमा सुरक्षा बल एसएसबी र प्रहरीको संयुक्त टोलीले नेपाली महिलालाई जाँचका क्रममा अफिमसहित पक्राउ ग¥यो । उनी रु पाँच हजारको लोभमा अफिम पु¥याउनकै लागि नेपालगञ्जबाट रुपैडिहा पुगेकी थिइन् । भारतीय प्रहरीका अनुसार, लागुऔषध तस्करीको सूचनामा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: