
२५ वैशाख, काठमाडौं । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ ।...बाँकी अंश →

बैशाख २५, वीरगञ्ज– भारतसँग सिमाना जोडिएको बाराको सुवर्ण गाउँपालिकाको कबहीगोठ पछगछिया भएर भारतबाट मानिसहरु नेपालमा छिर्न खोजेपछि सीमा तनावग्रस्त बनेको छ। गाउँपालिकाको वडा नम्बर ३ स्थित कवहीगोठ पछगछिया नाका भएर दुई जना भारतीयहरुले आफ्नो खेत भएको भन्दै नेपालतर्फ छिर्न खोजेपछि सशस्त्र प्रहरीले उनीहरुलाई रोक्न खोज्दा स्थिति तनावग्रस्त भएको हो। सशस्त्र...बाँकी अंश →

काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउनुभन्दा पहिले स्वास्थ्य पूर्वाधार चुस्त राख्न सांसदहरुले सरकारसँग माग गरेका छन् । कोरोना भाइरसका कारण लाखौ नेपाल स्वदेश फर्किन चाहेको अवस्थामा स्वास्थ्य पूर्वाधार चुस्त राखेर स्वदेश फर्काउने व्यवस्था गर्न सांसदहरुले माग गरेका हुन् । संसद अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा सांसदहरुले भारतीय सीमा क्षेत्रमा...बाँकी अंश →
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा जब नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भयो लगत्तै सचिवालय सदस्य माधवकुमार नेपालले विधिसम्मत रुपमा पार्टी सञ्चालन गरिनुपर्ने माग गरे माधव नेपालको सो मागमा अधिकांश सचिवालय सदस्यले समर्थन जनाए । सो क्रममा उनीहरुले प्रधानमन्त्रीले मनपरी रुपमा पार्टी सञ्चालन गर्न खोजेको भन्दै आपत्ति मात्रै...बाँकी अंश →

काठमाडौं । लकडाउन जेठ ५ गतेसम्म लम्बिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि भोलि बिहीबार सकिँदैछ । लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । अन्तराष्ट्रिय तथा राष्ट्रीय हवाई उडान र...बाँकी अंश →

सरकारले लकडाउनका बीच विकास निर्माण र उद्योगहरु खुला गर्न दिने भएको छ ।मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउन लम्ब्याए पनि विकास निर्माणका काम र उद्योगहरु भने सर्शत खुला गर्ने निर्णय गरेको छ यी उद्योग सञ्चालन गर्न दिने १) खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु २) दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग ३)...बाँकी अंश →

काठमाडौं- कोरोना संकरमणको त्रास जारी रहँदा सरकारले अन्तर्राष्ट्रीय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई पनि गर्ने निर्णय गरेको हो । बैठकले लकडाउन जेठ...बाँकी अंश →

काठमाडौं – बहराइनमा थप ८८ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको छ । योसँगै बहराइनमा कोरोना सङ्क्रमित नेपालीको संख्या २४५ पुगेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । बहराइनमा अहिलेसम्म १ हजार ९ सय ५० जनामा कोरोना सङ्क्रमण भएको छ भने ८ जनाको कोरोनाका कारण ज्यान गएको छ । कोरोना लागेका...बाँकी अंश →

काठमाडौं- कोशी अस्पताल (कोभिड– १९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ३१ जनामध्ये ६ जना घर फर्कने भएका छन् । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा ६ जनालाई बुधबार बिहान डिस्चार्ज गरिने जानकारी दिए । उनले गत वैशाख ५ र ६ गते उदयपुरको...बाँकी अंश →

काठमाडौं । सरकारले कोरोनाभाइरस संक्रमण रोक्न र शून्यमा झार्न सबै शक्ति परिचालन गर्ने भएको छ ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिए । ‘कोही पनि व्यक्ति र नागरिक हाम्रो मुलुकमा कोरोनाबाट...बाँकी अंश →
करोना भाइरस लाई एउटा विशेष समुदाय संग जोडेर समाजिक सद्भाव र धार्मिक सहिष्णुता माथी प्रहार गर्ने जघन्य अपराध हो। नेपाल र नेपाली बीचको एकता अखंडता र एक आपसको भाईचारा लाई जोगाइ राखने यो हामी सम्पूर्ण नेपाली को दायित्व हो। केही बिकाउ दलाल मीडिया को भरमा हामी हाम्रो एकतालाई जोखिम मा...बाँकी अंश →

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले यसवर्षको एसईई परीक्षा लिन सम्भव नदेखिएको भन्दै विद्यार्थीहरुले गरेका आन्तरिक मूल्यांकनलाई आधार मानेर प्रमाणपत्र दिन प्रस्ताव गरेको छ । कोरानाभाइरसको त्रासका कारण गत चैत ६ गतेदेखि हुने तय भएको परीक्षा हालसम्म पनि हुन नसकेपछि प्याब्सनले यस्तो प्रस्ताव गरेको हो । ‘परीक्षा लिन सम्भव...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: