०५ चैत २०८२

मुख्य खबर

रौतहटमा भारतबाट फर्केका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि, संख्या ८१७ पुग्यो

वीरगञ्ज – रौतहटमा बुधबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। रौतहटको विभिन्न स्थानीय तहमा कोरोना संक्रमण पुष्टि भएका मध्ये २८ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र बाँकी ७ जनाको हेटौँडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए । जिल्लाको चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा...बाँकी अंश →


तत्कालै २५ हजारलाई स्वदेश फर्काउने तयारीमा छौँ – परराष्ट्र मन्त्री ज्ञवाली

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सरकारले तत्कालका लागि २५ हजार नेपालीलाई स्वदेश फर्काउने तयारी गरेको बताएका छन्। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले सरकारले प्राथमिकताको आधारमा पहिलो चरणमा २५ हजार नेपालीलाई फर्काउन लागेको जानकारी दिए। ‘अहिले सबै आउन चाहेकालाई फर्काउन संभव छैन। हामीले नेपालीहरु भएका...बाँकी अंश →


नरैनापुरमा एक प्रहरीलाई कोरोना देखिएपछि चौकी सिल, सरकारसँग सहयोग माग्यो गाउँपालिकाले

बाँकेको नरैनापुर गाउँपालिकामा एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रहरी चौकी सिल गरिएको छ। नरैनापुर गाउँपालिकाको कालाफाँटा चौकीमा कार्यरत २३ वर्षीय प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएलगत्तै शनिबार बेलुकी नै चौकी सिल गरिएको हो। संक्रमित प्रहरी जवानको घर गुल्मी हो। जिल्ला प्रहरी प्रवक्ता डिएसपी शिवबहादुर सिंहका अनुसार संक्रमित...बाँकी अंश →


अब पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्रको फोटो अंकित नोट चलनचल्तीबाट हटाइने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले पूर्वराजाहरुको फोटो अंकित नोट चलनचल्तीमा नल्याउने निर्णय गरेको छ। राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै पूर्वराजाको तस्बिर अंकित नोट भए चलन चलतीका लागि बजारमा नपठाउन निर्देशन दिएको हो। नेपालमा राजतन्त्र अन्त्य हुने बेलासम्म छापिने नेटाहरुमा तत्कालीन राजाको फोटो छाप्ने चलन थियो।...बाँकी अंश →


थप १९ जनामा संक्रमण, संक्रमित संख्या ६०३ पुग्यो, संक्रमणमुक्त ८७

काठमाडौँ- नेपालमा आइतबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ६०३ पुगेको छ। काठमाडौँमा एकसहित १९ जनामा संक्रमण देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका १, बाराका १, पर्साका ३, रौतहटका १,सर्लाहीका १, रुपन्देहीका ६,काठमाडौँ सोह्रखुट्टेका १, नुवाकोटका...बाँकी अंश →


कोरोना निको भएर घर फर्किए कपिलवस्तुका १० जना

१० जेठ, बुटवल । बुटबलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालबाट १० जना निको भएर घर फर्किएका छन् । उनीहरू सबै कपिलवस्तुका हुन् । दुई साताअघि अस्पताल भर्ना भएका उनीहरुको पछिल्लो २४ घण्टामा दुई पटक गरिएको पीसीआर परीक्षणको रिपोर्ट लगातार नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो । धागो कारखानाको...बाँकी अंश →


भ्रष्टाचार आरोपमा सेनाका कर्नेल बर्खास्त, झन्डै २ करोड जरिवाना

नेपाली सेनाका महासेनानी (कर्नेल) भूपालमान अधिकारी भ्रष्टाचार अभियोगमा दोषी ठहर भएका छन्। सैनिक आवासीय महाविद्यालय भक्तपुरमा सम्पर्क अधिकृत रहँदा आर्थिक अनियमितता गरेको आरोपमा उनी दोषी ठहर भएका हुन्। कर्नेल अधिकारीलाई दुई महिना कैद र भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय भएको नेपाली सेनाले जनाएको छ। सैनिक...बाँकी अंश →


सीमा विवाद तत्काल दुई पक्षीय वार्ताबाट समाधान खोज्छौं: सरकारका प्रवक्ता

सरकारले भारतसँगको सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गर्ने योजना नरहेको बताएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सोधिएको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता अर्थ र सञ्चार मन्त्री युवराज खतिवडाले सुरूमा दुई पक्षीय वार्ताबाट समस्या समाधानको प्रयास गरिने बताए। ‘हामीले नक्सा जारी गरेका छौं। त्योसँग सम्बन्धित विवाद हुने...बाँकी अंश →


राष्ट्रपति, प्रधानमन्त्रीसहित कांग्रेस सभापति देउवालाई नयाँ नक्सा हस्तान्तरण

नेपाल सरकारले बिहीबार सार्वजनिक गरेको नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा राष्ट्रपति, प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्सा हस्तान्तरण गरेकी हुन्। त्यसैगरी मन्त्री अर्यालले प्रतिनिधिसभाका सभामुख...बाँकी अंश →


नेपालगञ्ज: मुस्कुराउँदै घर हिँडे २१ कोरोना विजेताहरु

नेपालगञ्ज – बैशाख १९ गते एकाएक नेपालगञ्ज तरंगित भयो । भुइँचालोमा घर हल्लिएको जसरी यहाँका बासिन्दाको मन हल्लियो । विश्वमै आतंक मच्याएको कोरोनाका संक्रमित भेटिएपछि नेपालगञ्जमा तरंग आउनु स्वभाविक नै थियो । ६० वर्षीय पुरुषमा कोरोना देखिँदा नेपालगञ्ज मात्रै हो र ? छिमेकीहरु पनि हल्लिए । संक्रमितलाई आइसोलेसनमा लगियो ।...बाँकी अंश →


भारतीय मिडिया मनीषा बिरुद्ध, सामाजिक सञ्जालमा मनीषाको वाहवाही

काठमाडौँ- नेपालले जारी गरेको नयाँ नक्साको समर्थन गरेपछि केही भारतीय सञ्चारमाध्यम अभिनेत्री मनिषा कोइरालाविरुद्ध खनिएका छन्। नेपालका सामाजिक मिडियामा भने उनको पक्षमा बोल्नेहरुको संख्या बढिरहेको छ। मे १८ मा नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको भूभाग नेपालको रहेको नक्सा सार्वजनिक गरेपछि अभिनेत्री मनिषा कोइरालाले सरकारको यो निर्णयको समर्थन गरेकी...बाँकी अंश →


नेपालको नयाँ नक्सा भारतद्वारा अस्वीकार, भन्यो- वार्ता जरुरी

नेपालले बुधबार जारी गरेको नेपालको नक्साप्रति आपत्ति जनाउँदै भारतले आफ्नो भूभाग समेटेर नेपालले नक्सा जारी गरेको दाबी गरेको छ। भारतीय विदेश मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले जारी गरेको नक्सा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नरहेको बताए। श्रीवास्तवले भने, ‘सीमा विवाद कूटनीतिक संवादद्वारा समाधान गर्ने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter