बिहिबार, ०६ बैशाख २०८१

रौतहटमा भारतबाट फर्केका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि, संख्या ८१७ पुग्यो

१४ जेष्ठ २०७७, बुधबार १६:२६ मा प्रकाशित

वीरगञ्ज – रौतहटमा बुधबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

रौतहटको विभिन्न स्थानीय तहमा कोरोना संक्रमण पुष्टि भएका मध्ये २८ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र बाँकी ७ जनाको हेटौँडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।

जिल्लाको चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा ७, गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाही गोनाही नगरपालिकामा २, र कटहरिया नगरपालिकामा रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका सबैजना भारतबाट आएका हुन् । यो सँगै रौतहटमा मात्रै कोरोना संक्रमितहरुको संख्या १ सय ४ पुगेको छ । हिजो मंगलबार रौतहटमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्लामा पछिल्लो समय कोरोना भाइरसको संक्रमण देखिएका अधिकांश व्यक्तिहरु भारतबाटै फर्केको पाइएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter