०५ चैत २०८२

मुख्य खबर

पार्टी एकताको पक्षमा दबाब दिन नेकपाका ५० बढी सांसदले गरे हस्ताक्षर

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका ५० बढी सांसदले पार्टी एकताका पक्षमा दबाब दिन हस्ताक्षर गरेका छन्। पार्टीका दुबै अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल निकट सांसदहरूले शीर्ष नेतालाई दबाब दिन आइतबार दिउँसो हस्ताक्षर र धारणा सार्वजनिक गर्न लागेको सांसद विशाल भट्टराईले जानकारी दिए। नेता...बाँकी अंश →


बुद्धबारे जयशंकरको अभिव्यक्तिमा कांग्रेसको आपत्ति

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुद्धबारे भारतीय विदेश मन्त्रीले दिएको अभिव्यक्तिमा आपत्ति जनाएको छ। आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्‍याउने कार्य आफूहरूका लागि स्वीकार्य नहुने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका हुन्। ‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन्। त्यो भूभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरूद्ध भारतीय विदेश मन्त्रीको...बाँकी अंश →


गौतम बुद्ध महान् भारतीय हुन्: विदेश मन्त्री जयशंकर

भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान् गौतम बुद्ध महान भारतीय  भएको बताएका छन्। कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तर्क्रिया कार्यक्रममा बोल्दै विदेशमन्त्री जयशंकरले संसारले सम्झिने दुई महान् भारतीयमा  गौतम बुद्ध र महात्मा गान्धी रहेको बताएका हुन्। अन्तर्क्रियाका क्रमा प्रश्नकर्ताले उनलाई पूर्वअमेरिकी राष्ट्रपति जिम्मी कार्टरजस्तै राष्ट्रिय स्वार्थलाई भन्दा विश्वव्यापी मान्यतालाई...बाँकी अंश →


अब विगतको जस्तो लकडाउन हुँदैन- उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले विगतको जस्तो लकडाउन अब नहुने स्पष्ट पारेका छन्। रक्षा मन्त्रालयमा केही पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले पूर्व पश्चिम समेट्ने गरी एकै साथ एउटै तरिकाको लकडाउन नहुने बताए। 'अब फेरि लकडाउन हुँदैन। सम्पूर्ण रूपमा लकडाउन गर्ने सरकारको योजना छैन। पहिला निरपेक्ष ढंगले सबै ठाउँमा लकडाउन गरिएको...बाँकी अंश →


म कुनै गुटमा छैन : वामदेव गौतम

नेपाल कम्युनिष्ट पार्टी नेकपा उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नरहेको स्पष्ट पारेका छन्। शुक्रबार उपाध्यक्ष गौतमले एक प्रेस नोट जारी गर्दै आफूले राखेको ६ बुँदे प्रस्ताव त्यसकै उदाहरण रहेको समेत दाबी गरेका छन्। 'अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तर्विरोध हल हुन नसक्दा तीन वटा विचार समूह बनेका छन्।...बाँकी अंश →


प्रचण्डसहित चार नेताले सय बढी पत्रकार बोलाएर भने- पार्टीको निर्णय प्रधानमन्त्रीले मान्नैपर्छ

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको अन्तरसंघर्ष, अन्तरविरोध पदको झिनाझम्टी नभएको बताएका छन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीइतर समूहले बुधबार राजधानीको एक कलेजमा गरेको कार्यक्रममा प्रचण्डले ओलीले आफूहरूलाई दलाल करार गर्न खोजेको र नेताहरूको बीचमा विभाजन पैदा गर्न खोजेको आरोप लगाएका थिए। कार्यक्रममा प्रचण्ड,...बाँकी अंश →


गृहले भन्यो- १४ जिल्लामा निषेधाज्ञा

कोभिड १९ को संक्रमण रोक्न देशका १४ जिल्लामा यतिबेला आंशिक तथा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ। गृहमन्त्रालयका अनुसार १४ मध्य केहीमा जिल्लाभर र केहीमा आंशिक निषेधाज्ञा गरिएकाे छ। सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ। पर्सा, बारा र सर्लाहीमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा...बाँकी अंश →


प्रधानमन्त्रीलाई विज्ञको सुझाव : लकडाउन गरौं, आवश्यक परे कर्फ्यूसमेत लगाऊँ

जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले कोरोना भाइरसको प्रकोप बढ्दै गएकाले लकडाउन गर्न सुझाव दिएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको छलफलमा यस्तो सुझाव आएको हो। 'छलफलमा सहभागी धेरै विज्ञहरूले लकडाउन गर्नुपर्ने धारणा राख्नुभएको छ। लकडाउन नगरेमा थप भयावह हुन सक्ने उहाँहरूको चेतावनी छ,'बैठकका एक सहभागीले भने,'कतिपय विज्ञहरूले त कर्फ्यूसमेत...बाँकी अंश →


लोक सेवाको सिफारिसमा एक नम्बरमा परेकालाई लोप्पा!

साउन १६ गते बसेको बढुवा सिफारिस समितिको बैठकले सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गर्‍यो। रिक्त एक सचिवका लागि तीन जना सहसचिवको नाम सिफारिस गर्ने व्यवस्थाअनुसार लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा मुख्यसचिव र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवले नाम सिफारिस गरेका हुन्। उक्त सिफारिसमा सहसचिवहरू चन्द्रमान...बाँकी अंश →


जनता समाजवादीको पहिलो केन्द्रीय कार्यकारिणी बैठक आज बस्दै

पार्टी एकतापछि जनता समाजवादी पार्टीको पहिलो केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्दैछ। उक्त बैठकमा केन्द्रीय कार्यकारिणी समितिका ५१ जना सहभागी हुनेछन्। नेता केशव झाका अनुसार बैठक आज दिउँसो १ बजेदेखि बालकुमारीस्थित तुलसीलाल प्रतिष्ठानको हलमा बस्नेछ। तुलसीलाल अमात्य नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता हुन्। तत्कालीन समाजवादी पार्टी नेपाल र राजपा नेपालबीच...बाँकी अंश →


प्रधानमन्त्रीले बोलाएको बैठकमा देउवाले दिए सात बुँदे सुझाव

प्रधानमन्त्री केपीशर्मा ओलीले बालुवाटारमा मंगलबार राखेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सात बुँदामा आफ्ना कुरा राखेका छन्। उनले कोरोनाभाइरस महामारीबारे अहिलेसम्म भएका कमीकमजोरी सरकारले समीक्षा गर्नुपर्ने र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता ढाकछोप नगरी छानविन गरेर कारबाही गर्न माग गरेका छन्। कोरोना संक्रमित बढेपछि प्रधानमन्त्रीले दलका नेताहरू...बाँकी अंश →


हामीले २५ जनाभन्दा बढी भेला नहुनु भन्यौं, हाम्रा साथीहरूले ४५० जनाको केन्द्रीय कमिटी बैठक मागे: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेलामा गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरूसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरूले कोरोनाभाइरस संक्रमणको जोखिमलाई गम्भीर ढंगले नलिएको गुनासो गरेका हुन्। उनले आफ्नै पार्टीका नेताहरू मुलुकको संकटप्रति लापरबाह, जनताप्रति उदासिन हुँदै...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter