सोमबार, १७ बैशाख २०८१

मुख्य खबर

इतिहास भयो यातायात क्षेत्रको एकाधिकार

काठमाडौँ, ७ साउन (रासस) ः सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार कुनै पनि शर्तमा नफर्कने भन्दै मार्ग इजाजत पाएका यातायात व्यवसायीलाई कम्पनीमा दर्ता हुन पुनः आग्रह गरेको छ । केही यातायात व्यवसायीले भने अझै पनि कम्पनी वा फर्ममा दर्ता हुन अस्वीकार गर्दै आएका छन् । यो सरकारको नीतिको ठीक विपरीतको गतिविधि...बाँकी अंश →


जग्गासम्बन्धी सम्पूर्ण जानकारी दिन ‘भूमि सुशासन’ एप

काठमाडौँ, ६ साउन (रासस) ः सरकारले भूमिसम्बन्धी सम्पूर्ण जानकारी दिने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ‘भूमि सुशासन’ नामक एप्स प्रयोगमा ल्याएको हो । यस एपलाई ‘नक्सा’ नामक संस्थाले विकास गरेको हो । एप्समा मन्त्रालयका भूमिसम्बन्धी सेवाको सम्पूर्ण जानकारी उपलब्ध हुनेछ । भूमिसम्बन्धी...बाँकी अंश →


मार्ग इजाजत पाएका सवारीलाई पुस मसान्तसम्म कम्पनीमा दर्ता हुने समय

काठमाडौँ, ६ साउन (रासस) ः भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मार्ग इजाजत (रुट परमिट) पाएका सवारीलाई पुस मसान्तसम्म कम्पनीमा दर्ता हुने समय निर्धारण गरिएको बताउनुभएको छ । गत वर्ष चैत १८ गते जारी भएको यातायात निर्देशिकामा रुट परमिट पाएका सवारीलाई कम्पनीमा दर्ता हुनुपर्ने समय नतोकिएकाले असार ३१ गतेको निर्णयले...बाँकी अंश →


ऊर्जामा महिला सहभागिता अभिवृद्धि गर्न सरकार प्रतिवद्ध

काठमाडौँ, ६ साउन(रासस) ः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ऊर्जामा महिला सहभागिता अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । ऊर्जा र वातावरणको लागि महिला संजाल, नेपाल(वनी)का प्रतिनिधिहरुले बुझाएको ११ सूत्रीय मागपत्र प्रहण गर्दै मन्त्री पुनले राज्यका ऊर्जासम्बन्धी नीति तथा कानूनहरु लैङ्गिकमैत्री बनाउन र ऊर्जा क्षेत्रको समग्र नीति...बाँकी अंश →


तरुण दलद्वारा सरकारलाई ताला साँचोे

काठमाडौँ, ६ साउन (रासस) ः नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलले सरकारले शान्तिपूर्ण प्रदर्शनमा अवरोध गरेको भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ताला साँचो बुझाएको छ । आज राजधानीको माइतीघर मण्डलाबाट काठमाडौँ जिल्ला प्रशासन कार्यालयसम्म विरोध प्रदर्शन गरी तरुण दल काठमाडौँका अध्यक्ष कृष्णजी खड्का नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ताला...बाँकी अंश →


यातायात समिति नवीकरण नहुने

काठमाडौँ, ४ साउन (रासस) ः सरकारले यातायात समिति नवीकरण नगर्ने भएको छ । सरकारले सार्वजनिक यातायातमा सुधार ल्याउन एकाधिकार खारेज गर्ने यसअघिको निर्णयानुसार साउनदेखि विभिन्न नाममा समितिमा दर्ता भएका यातायात व्यवसायी समिति तथा संघको नवीकरण नगर्ने भएको गृह मन्त्रालयले जनाएको छ । गत असार ३१ गते गृह भौतिक पूर्वाधार तथा...बाँकी अंश →


डा केसीलाई भेट्न सभापति देउवा शिक्षण अस्पतालमा

काठमाडौँ, ४ साउन (रासस) ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज शिक्षण अस्पताल महाराजगञ्ज पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । सो अवसरमा उहाँले डा केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएकाले तत्काल वार्तामा बसेर माग सम्बोधन गरी उहाँको जीवनरक्षाका लागि सरकारसँग माग गर्नुभयो । सभापति देउवाले...बाँकी अंश →


इण्टरनेट शुल्क समायोजनका लागि नीतिगत व्यवस्था गरिने

काठमाडौँ, ४ साउन (रासस) ः अन्तर्राष्ट्रिय बजारमा इन्टरनेट ब्यान्डविथको मूल्य घटेको तथ्यलाई ध्यानमा राखेर लागत विश्लेषणसहित उपभोक्तालाई थप आर्थिक भार नपर्ने गरी शुल्क समायोजन गर्न नीतिगत व्यवस्था गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अर्थ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र...बाँकी अंश →


महिला अधिकारकर्मी सम्मानित

काठमाडौँ, ४ साउन (रासस) ः महिला हिंसा अन्त्य र महिला अधिकार सचेतनाका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुभएका सातजना अधिकारकर्मीसहित दुईजना सञ्चारकर्र्मी सम्मानित हुनुभएको छ । राष्ट्रिय महिला आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा फोटो पत्रकार चन्द्रकला क्षेत्री (नयाँ पत्रिका काठमाडौँ), सञ्चारकर्मी हरि गौतम (रुकुम कान्तिपुर) लाई सम्मान गरिएको हो यसैगरी सम्मानित...बाँकी अंश →


जुम्लामा स्वास्थ्य कर्मिहरु माथि भएको दमन छानबिन गर्न केयर मानब अधिकारको माग

मितिः २०७५ साउन ४ गते जुम्ला स्थित कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २० दिन देखि अनसनरत डा.गोविन्द के.सी.लाई काठमाडौ लैजान अनसनस्थल पुगेका प्रहरी र डा.के.सी. समर्थक स्वास्थ्यकर्मी एंव चिकित्सा शिक्षा अध्ययनरत बिद्यार्थीहरु बिच अस्पताल भित्रै झडप भई केही चिकित्सकहरु,एकजना प्रहरी सहित दर्जनौ बिद्यार्थी र नर्सहरु घाईते भएको घटना प्रति केयर मानव...बाँकी अंश →


तराईको समग्र विकासका लागि बृहत योजना बनाउने प्रस्ताव

काठमाडौँ, ३ साउन (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका लागि बृहत योजना बनाउने प्रस्ताव गर्नु भएको छ । राजपाका नेताहरुसँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गर्नु भएको हो । तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्ध, उद्योग स्थापनालगायतका लागि बृहत योजना...बाँकी अंश →


काँग्रेसद्वारा विरोध

काठमाडौँ, ३ (साउन) ः नेपाली काँग्रेसले जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीलाई काठमाडौँ ल्याउने क्रममा भएको झडपको विरोध गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरी चिकित्सा शिक्षा सुधारका लागि कांग्रेसको सरकारले जारी गरेको अध्यादेशभन्दा विपरीत विधेयक ल्याउनेतर्फ सरकार लाग्नुले स्थिति जटिल बन्दै गएको उल्लेख गरी संसद्...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter