
काठमाडौँ, २ असोज ,, नेपालको संविधानले पिछडिएका वर्ग, समुदाय र क्षेत्रका लागि गरेको विशेष व्यवस्था व्यवहारमा कार्यान्वयन भए संविधान त्यस्ता वर्ग र समुदायका लागि वरदान नै सावित हुनेछ । संविधानको भाग ३ मा धारा १६ देखि ४८ सम्म मौलिक हक र कर्तव्यको व्यवस्था छ । अधिकांश मौलिक हकमा संविधानले ती...बाँकी अंश →

काठमाडौं २ असोज । नेपाल अर्बुद रोग निवारण संस्थाले यो वर्षको उत्कृष्ट पत्रकारिता पदक नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीलाई दिएको छ । गोपाल बराइली निशान अनलाईन न्युजका सम्पादक पनि हुन । संस्थाको ३६ औं बार्षिकोत्सवको अवसरमा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव र संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (इश्वर)...बाँकी अंश →

काठमाडौँ, २ असोज ,, संविधान जारी पछिका तीन वर्षको अवधिमा शिक्षा क्षेत्रमा नयाँ कानूनी, नीतिगत र संरचनात्मक परिवर्तनको आधार तय हुन थालेको छ । सङ्घीय संसद्बाट ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक, २०७५’ पारितसँगै शिक्षाको मौलिक हक कार्यान्वयन गर्ने कानूनी आधार तय भएको छ भने केन्द्र, प्रदेश र स्थानीय तहबीच...बाँकी अंश →

काठमाडौँ, २ असोज ,, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रदेश सरकार सामाजिक विकासमन्त्रीले बालश्रम, बालविवाह, मानव बेचबिखन तथा ओसारपसार, दाइजो, बोक्सीको आरोप, छाउपडी प्रथालगायत लैङ्गिक हिंसा तथा सामाजिक कुरीति अन्त्य गर्न सामूहिक प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सातै प्रदेशका सामाजिक विकासमन्त्रीसँग सोमबार...बाँकी अंश →

काठमाडौँ, २ असोज ,, विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहको २१औँ स्मृति दिवसका अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको शालिकमा माल्यार्पण गरिएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा...बाँकी अंश →

काठमाडौँ, १ असोज ,, गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटना न्यूनीकरणका लागि गृह मन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभएको छ । आज राष्ट्रिय मानवअधिकार आयोगमा आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीसँगको छलफलमा गृहमन्त्रीले महिला हिंसा र बलात्कारका घटनालाई सरकारले गम्भीररुपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मदिरा, लागुपदार्थ...बाँकी अंश →

काठमाडौँ, १ असोज,, मोबाइल हरायो, बिग्रियो भनेर अब चिन्ता गर्नु नपर्ने भएको छ । मोबाइल सुरक्षालाई विशेष ध्यान दिँदै प्रिमियर इन्स्योरेन्सले मोबाइल बीमा योजना शुरु गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा ‘मेरो सुरक्षा प्रालि’ र प्रिमियर इन्स्योरेन्सबीचमा मोबाइल बैंकिङसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मेरो सुरक्षाले दिँदै आएको...बाँकी अंश →

काठमाडौँ, १ असोज ,, राष्ट्रिय सुरक्षा परिषद्ले राष्ट्रिय सुरक्षा नीति २०७३ संशोधन÷परिमार्जनको प्रस्ताव तयार गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज परिषद्मा बसेको बैठकले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा विभिन्न निकायका प्रतिनिधि र विज्ञसम्मिलित समिति गठन गर्ने...बाँकी अंश →

काठमडौँ, १ असोज ,, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा हुने वैदेशिक लगानीको सम्पूर्ण सुरक्षा सरकारले लिने बताउनुभएको छ । नेपाल अटोमोबाइल एशोसिएशन (नासा) तथा विश्व अटोमाइल सङ्गठन (एफआइए)द्वारा आज यहाँ आयोजित दुईदिने ‘विश्व अटोमोबाइल सम्मेलन’ शुभारम्भका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री महासेठले नेपालको विकासमा...बाँकी अंश →

काठमाडौँ, १ असोज ,, प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गर्नुभएको छ । घटनाको अनुसन्धान छिटो गरी दोषीमाथि कारवाहीको माग गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका निर्मलाका बुबाआमासहित प्रदेश नं ७ का...बाँकी अंश →

असोज १, २०७५ भारतीय सेना प्रमुख विपीन रावतले नेपाल र भुटानलाई भारतसँग नझुकी सुख नरहेको बताएका छन्। भारतको पुनेमा सेप्टेम्बर १० देखि सुरु भएको बिम्स्टेक सैन्य अभ्यासको समापनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै सेना प्रमुख रावतले यस्तो अभिव्यक्ति दिएका हुन्। रावतले भौगोलिक बनावटका कारण नेपाल र भूटानले भारतको विकल्प खोज्न नसक्ने...बाँकी अंश →

काठमाडौँ, १ असोज ,, बद्लिँदो अवस्थामा मानवीय सेवाका गतिविधिलाई अझै प्रभावकारीरुपमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न नेपाल रेडक्रस सोसाइटीको साझेदारी बैठक यहाँ शुरु भएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ र अन्तर्राष्ट्रिय समितिसहितको दुईदिने बैठकमा नेपाल सरकार, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयसहित विभिन्न २० देशका रेडक्रस तथा रेडक्रिसेण्टका...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: