०५ चैत २०८२

मुख्य खबर

सुनसरीका खुर्सिदको हत्या फैजान फलाही सँग मेल खाने घटना, भारतीय सुरक्षाकर्मीको संलग्नता ?

सुनसरी । बिहीबार दिउँसो हरिनगरा गाउँपालिका, भुटाहा बजारमा गोली हानी हत्या गरिएका खुर्सिद अन्सारी सामान्य व्यक्तिहरूबाट नभर्इ भारतीय प्रतिआतंकवाद सेलको कारवाहीबाट मारिएको हुन सक्ने नेपाल प्रहरीका उच्च अधिकारीले विश्लेषण गरेका छन् । स्थानीयबासीको अाशंका पनि खुर्सिद भारतीय सुरक्षाकर्मीबाटै मारिएको हुन सक्ने भन्ने छ । नेपाल प्रहरीका एक उच्च अधिकारीले खुर्सिदको हत्या...बाँकी अंश →


पाँच लाख ५१ हजार घर निर्माण शुरु

काठमाडौँ, ५ असोज ,,   भूकम्पले क्षति भई पुनःनिर्माण भइरहेका घरको सङ्ख्या पाँच लाख ५१ हजार पुगेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । भूकम्पले क्षति पुगेकामध्ये ३६ प्रतिशत घर सम्पन्न भइसकेको छ । हालसम्म पहिचान भएका लाभग्राही आठ लाख १० हजार ६९० छन् । पहिचान भएका लाभग्राहीमध्ये ९० प्रतिशतले पहिलो किस्ता...बाँकी अंश →


खुर्सिद हत्याको छानबिन गर्न समिति गठन

५ असोज, काठमाडौं । गृह मन्त्रालयले खुर्सिद अन्सारी हत्याबारे छानबिन गर्न समिति बनाएको छ । प्रदेश १ का एसएसपी किशोर दाहालको संयोजकत्वमा गठित समितिमा सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार थम्सु, राष्ट्रिय अनुसन्धानका उप-निर्देशक तुलसी प्रसाईँ, आन्तरिम मामिला तथा कानून मन्त्रालयका उपसचिव रविन्द्र आचार्य र सुनसरीका प्रशासकीय अधिकृत राजन पाण्डे छन् ।...बाँकी अंश →


‘नेपाली श्रमिकको पेशागत र भौतिक सुरक्षामा ध्यान दिन आग्रह’

काठमाडौँ, ५ असोज ,,   सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि साउदी अरबका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइमनले आज शिष्टाचार भेट गर्नुभएको छ । सभामुखको सचिवालय सिंहदरबार भएको भेटमा सभामुख महराले साउदी अरबको ८८ औँ राष्ट्रिय दिवसका शुभकामना व्यक्त गर्दैै आगामी दिनमा नेपाल र साउदी अरबबीचको सम्बन्ध अझै प्रगाढ हुनेमा विश्वास व्यक्त गर्नुभएको...बाँकी अंश →


इन्धन उपलब्ध गराउन आग्रह

काठमाडौँ, ५ असोज ,,  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको वितरणमा केही असहज अवस्था सिर्जना भएको भन्दै सवारीसाधनलाई तोकिएको कोटा मात्र इन्धन उपलब्ध गराउन आग्रह गरेको छ । निगमले नेपाल पेट्रोलियम डिलर्स एशोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एशोसिएशनलाई आज पत्राचार गर्दै तोकिएको कोटाअनुसारको इन्धन उपलब्ध गराउन अनुरोध गरेको हो । निगमका...बाँकी अंश →


जलविद्युत्, कृषि, पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह

काठमाडौँ, ५ असोज ,,   चीन भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सचिव पेङ छिङुहवाले शिष्टाचार भेट गर्नुभएको छ । भेटमा उपराष्ट्रपतिले नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गर्दै सिचुवान प्रान्त र नेपालको सम्बन्ध विशिष्ट रहेको बताउनुभयो । उहाँले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको...बाँकी अंश →


मध्यपहाडी लोकमार्ग दैनिक सात घण्टा अवरुद्ध

कुश्मा, ५ असोज ,,   नेपालको मध्य भागबाट पूर्वपश्चिम जोड्ने उद्देश्यका साथ अघि बढाइएको मध्यपहाडी लोकमार्ग दैनिक सात घण्टा बन्द हुने गरेको छ । यतिबेला लोकमार्गको पोखरा–बागलुङ खण्डमा सडक विस्ताको काम तीव्र गतिमा भएसँगै सडक दैनिक सात घण्टाका दरले बन्द भएको हो । पूर्व–पश्चिम जोड्ने सडक तथा प्रसिद्ध तीर्थाटन एवं पर्यटकीय...बाँकी अंश →


काँग्रेसले सातै प्रदेशमा राय लिने

काठमाडौँ, ५ असोज ,,    नेपाली काँग्रेसको विधान संशोधन मस्यौदा समितिले संशोधित विधानका सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिने भएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै काँग्रेसले पनि त्यसअनुरुप विधान परिमार्जन गर्न सातै प्रदेशबाट राय तथा सुझाव सङ्कलन गर्न लागेको हो । काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेका समितिले...बाँकी अंश →


नेकपाले लगायो प्रदेश इन्चार्ज र अध्यक्षको टुङ्गो

काठमाडौँ, ५ असोज,,   नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सातै प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा आज बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव बमोजिम पार्टी जिम्मेवारी तोकिएको हो । पार्टी...बाँकी अंश →


प्रवेश परीक्षामा सामेल नभएकाले पनि कानून पढ्न पाउने

काठमाडौँ, ५ असोज ,,    त्रिभुवन विश्वविद्यालय कानून सङ्कायले प्रवेश परीक्षामा सामेल नभएका पनि कानून तहको स्नातक तह प्रथम वर्षमा पढ्न पाउने व्यवस्था गरेको छ । पहिले प्रवेश परीक्षामा मात्र पढ्न पाउने व्यवस्थालाई गरेको नेपाल ल क्याम्पसले अहिले प्रवेश परीक्षामा समेत पढ्न पाउने व्यवस्था गरेको हो । सबै विद्यार्थीको पढन...बाँकी अंश →


जर्मनीद्वारा रु सात अर्ब ५० करोड अनुदान सहायता

काठमाडौँ, ५ असोज ,,    जर्मनीले नेपालको सामाजिक, आर्थिक विकासका आयोजना कार्यान्वयन गर्न रु सात अर्ब ५० करोड बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । बिहीबार जर्मनीको बर्लिनमा सम्पन्न नेपाल–जर्मनी विकास सहायतासम्बन्धी वार्तामा जर्मनीले आगामी दुई वर्षका लागि उक्त रकम अनुदानस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो । बर्लिनस्थित नेपाली...बाँकी अंश →


लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नुपर्छ : वरिष्ठ नेता पौडेल

लिस्बन, ५ असोज ,,   नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक सङ्घर्षबाट प्राप्त भएका उपलब्धिहरु लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नु पर्ने बताउनुभएको छ । नेपाली जनसम्पर्क समिति पोर्चुगलले बिहीबार लिस्बनमा आयोजना गरेको नेपालमा सङ्घीयताको कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै नेता पौडेलले काङ्ग्रेस कमजोर भए...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter