०५ चैत २०८२

मुख्य खबर

क्यालिफोनियाको डढेलो नियन्त्रण

लस एन्जेलस, १० मङ्सिर ,,  क्यालिफोर्नियाको इतिहासमा नै अत्यन्त विनासकारी मानिएको डढेलो अन्ततः नियन्त्रणमा आएको छ । करिब दुई हप्तापछि अग्नि नियन्त्रकहरुको अथाह प्रयासबाट आइतबार डढेलो नियन्त्रणमा लिइएको अधिकारीहरुले जानकारी दिएका छन् । ‘क्याम्प फायर’ का कारण गत नोभेम्बर ८ बाट शुरु भएको यो डढेलोबाट करिब ८७ व्यक्तिको मृत्यु भएको...बाँकी अंश →


आगलागीमा मृत्यु भएका चारै जनाको शव एउटै खाटमा फेला

भद्रपुर, १० मङ्सिर,,   झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडामा आइतबार राति भएको आगलागीमा मृत्यु भएका चारै जनाको शवको अवशेष एउटै खाटमा फेला परेको छ । आज बिहान शवको अवशेष सङ्कलन गरेर प्रहरीले शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पु¥याएको छ । आइतबार राति लक्ष्मण खनालको घरमा आगलागी हुँदा परिवारका सबै चार जना...बाँकी अंश →


ढोरपाटनमा आगलागीबाट ३० घर जले

गलकोट, ९ मङ्सिर,,   बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । नवी गाउँमा लागेको आगो आज बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी यन्द्र शाहीले बताउनुभयो । ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज...बाँकी अंश →


वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी दर्ता

दमौली, ७ मङ्सिर,,   तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीविरुद्ध इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कारको जाहेरी दर्ता भएको छ । सोही वडाकी एक महिलाले रेग्मीले आफूलाई बलात्कार गरेको भन्दै बिहीबार जाहेरी दर्ता गराउनुभएको हो । उहाँको बिहीबार नै स्वास्थ्य परीक्षण गरिएको छ । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक श्रवणकुमार...बाँकी अंश →


गृहमन्त्री थापाद्वारा एक महीने अभियान शुभारम्भ

भक्तपुर, ६ मङ्सिर ,,   आजदेखि भक्तपुरमा एकमहीने ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’ शुरु भएको छ । भक्तपुरको लोकन्थली मनोहरा पुल बढारेर आज बिहान उक्त अभियान शुभारम्भ गर्दै गृहमन्त्री रामबहादुर थापाले अभियन्ताहरुलाई सफाइका सामग्री हस्तान्तरण गर्नुभयो । पूर्वमन्त्री एवं सांसदद्वय महेश बस्नेत र सांसद प्रेम सुवाल, प्रदेश नं ३ का...बाँकी अंश →


साउदी अरब र यूएईद्वारा द्वन्द्वग्रस्त यमनमा ५० करोड डलर सहयोगको घोषणा

रियाद, साउदी अरब,५  मङ्सिर ,,  यमनी हुथी विद्रोहीविरुद्ध यहाँको सरकारलाई सघाउन सैन्य गठबन्धनलाई नेतृत्व गर्दै आएका साउदी अरब र संयुक्त अरब इमिरेट्सले यमनलाई ५० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । द्वन्द्वका कारण क्षतविक्षत बनेको यमनलाई भोकमरीबाट बचाउन साउदी अरबले २५ अमेरिकी डलर र युएईले २५ अमेरिकी...बाँकी अंश →


दुहबीमा ५० वर्षीय फिदा हुसेनको गोली हानी हत्या

इनरुवा, ५ मङ्सिर ,,   सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिक आज एक जनाको गोली हानी हत्या गरिएको छ । स्थानीयवासी ५० वर्षीय फिदा हुसेनको हत्या भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । जय बाबा इँटाभट्टाका सुपरभाइजर हुसेनलाई कालो रङ्गको लुगा लगाएर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेको...बाँकी अंश →


बाढी पहिरोमा परी १७ को मृत्यु

हनोई, ४ मङ्सिर,,   भियतनामको मध्यभागमा पर्ने न्हा ट्राङ् शहरमा आएको अविरल वर्षा र ‘टोराजी’ नामक अाँँधीका कारण कम्तीमा १७ व्यक्तिको मृत्यु भएको स्थानीय समाचार सञ्चारमाध्यमले मङ्गलबार जानकरी दिएका छन् । उक्त आँधी र त्यसपछिको बाढी र पहिरोमा परी ३१ व्यक्ति घाइते भएका र सयौँ घर ध्वस्त भएको सञ्चारमाध्यमले जानकारी दिएका...बाँकी अंश →


बेनी–जोमसोम सडक दैनिक आठ घण्टा बन्द

म्याग्दी, ४ मङ्सिर ,,   जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक आठ घण्टा बन्द हुन थालेको छ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको बेनीदेखि लेतेसम्ममा सवारीसाधन सञ्चालनका लागि समय तालीका लागू गरेको छ । जिल्ला...बाँकी अंश →


केराको आयात घटाउन भन्सार दर बढाउने सरकारको तयारी

४ मंसिर, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले भारतबाट आइरहेको केराको आयात घटाउनका लागि भन्सार दर बढाउने गृहकार्य भइरहेको बताएका छन् । त्यसका लागि कसरी, कति मात्रामा बढाउने भनेर अर्थमन्त्री डा. युवराज खतिवडासँग निरन्तर छलफल भइरहेको मन्त्री खनालले बताए । दश जिल्लाबाट आएका केरा उत्पादक संघका अध्यक्षहरुको...बाँकी अंश →


कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट

परासी, ४ मङ्सिर ,,   पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै आएको करमा ८० प्रतिशत छुट दिने भएको छ । चालु आर्थिक वर्ष २०७५/७६ का लागि नगरपालिकाले करमा वृद्धि गरेपछि कृषक मारमा परेका थिए । कृषकको गुनासोपछि नगरपालिकाले करमा छुट दिने निर्णय गरेको हो । नगरपालिकामा पाँच हजार ६४५ हेक्टर...बाँकी अंश →


क्यालिफोर्निया डढेलो, मृत्यु हुनेको संख्या ७७ पुग्यो

प्याराडाइज, अमेरिका, ३ मङ्सिर,,   अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उत्तरी क्यालिफोर्निया राज्यमा १० दिन अगाडि शुरु भएको यस डढेलोमा परी ७७ व्यक्तिको मृत्यु भएको काउन्टीका प्रहरी अधिकृत कोरी होनेआले बताउनुभएको छ । यस विपदमा हराइरहेका व्यक्तिहरुको संख्या...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter