०६ चैत २०८२

मुख्य खबर

शोक प्रस्ताव पारित

पोखरा, २१ फागुन ९ ,,  गण्डकी प्रदेशसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्र्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएकामा सर्वसम्मतले शोक प्रस्ताव पारित गरिएको छ । अधिकारी कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का तर्फबाट प्रत्यक्ष निर्वाचित बन्नुभएको थियो । बैठकले हेलिकप्टर दुर्घटनामा मृत्यु हुनुभएका अन्य...बाँकी अंश →


अधिकारीको निधनमा शोक प्रस्ताव पारित

काठमाडौँ, २१ फागुन ,,  प्रतिनिधिसभाको आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट तीन पटक प्रत्यक्ष निर्वाचित सांसद भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उहाँ २०४८, २०५१ र २०५६ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा मोरङ जिल्लाबाट निर्वाचित हुनुभएको थियो । यसैगरी २०६३ को पुनःस्थापित प्रतिनिधिसभामा पनि अधिकारी सांसद...बाँकी अंश →


अधिकारीका अधूरा सपना पूरा गर्ने प्रतिबद्धता

पोखरा, २१ फागुन ,,  हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले थालनी गर्नुभएका विकास अभियानलाई पूर्णता दिन सकिएमा मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने विभिन्न नेताले बताउनुभएको छ । निधनको साताँंै दिन आज स्व अधिकारीकै निवासमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीद्वारा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सङ्गठक र...बाँकी अंश →


संविधान कार्यान्वयनप्रति राप्रपा(संयुक्त)को प्रतिबद्धता

विराटनगर, २१ फागुन ,  राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त) ले सङ्घीयता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । सो पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टी संविधान कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनुभएको हो । अध्यक्ष राणाले सिंहदरबारको अधिकार स्थानीय तहमा दिनु सङ्घीयताको मजबुत पक्ष भएको बताउँदै...बाँकी अंश →


चार आयोगका अध्यक्षको नाम अनुमोदन

काठमाडौँ, २१ फागुन ,,  संसदीय सुनुवाइ समितिले चार आयोगका अध्यक्षका लागि प्रस्तावित नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र थारु आयोगका अध्यक्षका लागि प्रस्तावित नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । संवैधानिक परिषद्ले पूर्वसचिव बालानन्द पौडेललाई राष्ट्रिय...बाँकी अंश →


प्रम झापामा

भद्रपुर, २१ फागुन ,, प्रधानमन्त्री केपी शर्मा ओली सुखानी स्मृति शहीद दिवसमा सहभागी हुन झापा आइपुग्नुभएको छ । काठमाडौँबाट यती एयरलायन्सबाट आउनुभएका प्रधानमन्त्री ओलीलाई मुख्यमन्त्री शेरधन राईलगायतले विमानस्थलमा स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले इलाम, माई नगरपालिकास्थित सुखानी शहीद उद्यानमा आयोजना हुने ४६औँ सुखानी स्मृति दिवसलाई सम्बोधन...बाँकी अंश →


आलेख ः रोजगार संयोजकको नियुक्ति निष्पक्ष, मन्त्रालयको तारिफ

काठमाडौँ, २० फागुन ,,  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत माघ ४ गते ७५३ स्थानीय तहमा रहेर कामकाज गर्न भन्दै रोजगार संयोजकको आवदेन माग ग¥यो । विश्वविद्यालयको विभिन्न तह उत्तीर्ण गरेको प्रमाणपत्र सिरानीमा राखेर निराशा व्यक्त गर्ने शैक्षिक बेरोजगार युवामाझ मन्त्रालयको त्यो सूचनाले प्रकारको तरङ्ग नै सिर्जना ग¥यो ।...बाँकी अंश →


नेपालीको हितमा काम गर्नु आफ्नो पहिलो दायित्वः राजदूत ढकाल

बनेपा, २० फागुन ,,  संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईमा दुःख र समस्यामा परेका नेपालीको हितमा काम गर्नु आफ्नो पहिलो दायित्व भएको बताउनुभएको छ । राजदूतमा नियुक्त भएपछि काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिकाले आज बनेपामा आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “सबै काममा...बाँकी अंश →


४६औँ सुखानी शहीद स्मृति दिवस एकै ठाउँमा

सुरुङ्गा, २० फागुन ,,  छयालीस वर्षअघिको कम्युनिष्ट आन्दोलनमा पाँच जनाले शहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ ले परिचित छ । पञ्चायती व्यवस्थाको दमनविरुद्ध मोर्चाबन्दी गरेको आरोपमा नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई तत्कालीन सरकारले दानाबारीस्थित सुखानी जङ्गलमा लगेर हत्या गरेकोे थियो । घिमिरे, कुइँकेल र...बाँकी अंश →


महायज्ञले राष्ट्रलाई अजय शक्ति प्रदान गर्ने राष्ट्रपतिको विश्वास

वीरगञ्ज, १९ फागुन ,,  राष्ट्रपति विद्यादेवी भण्डारीले महायज्ञहरु पञ्चतत्व, वृक्ष, वनस्पति र प्राणवायुलाई पुष्ट गर्दै प्रकृतिको चक्र र पर्यावरणलाई सन्तुलित गर्नका लागि भूमिका खेल्ने दिशामा लक्षित हुृनुपर्ने बताउनु भएको छ । वीरगञ्जको आदर्शनगरमा आजदेखि शुरु भएको चारदिने गायत्री अश्वमेघ महायज्ञमा पठाउनुभएको शुभकामना सन्देशमा राष्ट्रपतिले महायज्ञले नेपालका तीर्थस्थल, पर्यटकीयस्थल, अप्रकाशित महिमा...बाँकी अंश →


सरकार कार्यमुखीभन्दा प्रचारमुखी : देउवा

जनकपुरधाम, १९ फागुन ,, नेपाली काङ्गे्रसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा कुनै पनि महत्वपूर्ण कार्य गर्न नसकेको बताउनुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले सरकार कार्यमुखीभन्दा पनि प्रचारमुखी भएको आरोप लगाउनुभयो । नेपाली काङ्गे्रसले सशक्त ढङ्गले प्रतिपक्षको भूमिका निर्वाह...बाँकी अंश →


सभापति देउवाद्वारा नेता अधिकारीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, १९ फागुन ,, नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको निधनले आफूलाई दुःखित तुल्याएको बताउनुभएको छ । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत पुराना नेता श्रद्धेय अधिकारीको बिदाइसँगै मुलुकले एक असल र अनुभवी राजनीतिज्ञ गुमाएको र आफूले व्यक्तिगत रुपमा एक सहृदयी मित्र...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter