३० मंसिर २०८२

gandaki province

तीज र चौँठचन्द्र पर्व एकसाथ

पोखरा, १६ भदौ    पतिको दीर्घायुका लागि हरितालिका तीज पर्व र तराईका मैथिल समुदायले आज चौँठचन्द्र पर्व मनाइरहेका छन् । तिथिको समयमा थपघट भएका कारण भाद्र शुक्ल तृतीया तिथिमा मनाइने हरितालिका तीज र भाद्रशुक्ल चतुर्थी तिथिमा मनाइने चौँठचन्द्र पर्व आज एकै दिनमा पर्न गएको हो । धार्मिक एवम् सांस्कृतिक पर्वका...बाँकी अंश →


पुस्तकालयमा पाठक अभाव

धु्रवसागर शर्मा गलेश्वर, १६ भदौ  ः म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित म्याग्दी पुस्तकालय चिटिक्क र सफा छ । विभिन्न विधाका करीब १२ हजारको हाराहारीमा पुस्तकहरु छन् । दु्रत गतिको इन्टरनेटसहित डिजिटल प्रविधि (ई–लाइब्रेरी)का लागि तीनवटा कम्प्युटरसमेत छन् । पाठकलाई शुद्ध खानेपानीसहित शान्त वातावरणमा अध्ययन गर्ने टेबुल, कुर्चीको व्यवस्था छ । ज्ञानको...बाँकी अंश →


पुस्तकालय भवन निर्माण

म्याग्दी, १६ भदौ  म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा रहेको भीम माविमा पुस्तकालय भवन निर्माण भएको छ । पहार ट्रस नेपालको अनुदान र समुदायको श्रमदान गरी कूल रु १९ लाख लागतमा एककोठे भवन निर्माण भएको हो । संस्थाले रु १६ लाख अनुदान उपलब्ध गराएको भवन निर्माणका लागि स्थानीयवासीबाट रु तीन लाख बराबरको...बाँकी अंश →


दश दिनदेखि किशोरी सम्पर्कविहीन

वालिङ, १६ भदौ  यहाँकी एक किशोरी १० दिनदेखि काठमाडौँबाट सम्पर्कविहीन भएकी छन् । स्याङ्जाको चापाकोट–९ घर भई काठमाडौँ बसुन्धारामा बस्दै आएकी १८ वर्षीया रेजिना डोटेल भदौ ७ गतेदेखि सम्पर्कविहीन भएकी आमा सरस्वती डोटेलले बताउनुभयो । भदौ ७ गते पुल्चोक इञ्जिनीयरिङ कलेजमा प्रवेश परीक्षाको तयारी कक्षा लिन बसुन्धारास्थित कोठाबाट निस्किएपछि अहिलेसम्म...बाँकी अंश →


चाडपर्वले राष्ट्रिय एकता सुदृढ ः मुख्यमन्त्री गुरुङ

कास्की, १६ भदौ  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीको पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आइतबार साँझ शुभकामना सन्देश प्रकाशन गरी उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो । नेपालमा विभिन्न जातजाति तथा...बाँकी अंश →


भ्रमण वर्ष सफल पार्न पदयात्रा

गलकोट, १५ भदौ  ‘पर्यटन पूर्वाधारको विकास गरौँ, नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ’ भन्ने मूल नाराका साथ बागलुङमा एकदिने बृहत् पदयात्रा गरिएको छ । बागलुङ जिल्लाको पर्यटन प्रवद्र्धन गरी नेपाल सरकारले अघि सारेको भ्रमण वर्ष २०२० सफल पार्नका लागि बृहत् पदयात्रा गरिएको हो । पर्यटकीय गन्तव्यहरुको पहिचान तथा प्रवद्र्धनका लागि...बाँकी अंश →


गाउँगाउँमा विकासको मूल फुटेको छ : मन्त्री विश्वकर्मा

कास्की, १५ भदौ  युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तीनै तहका सरकारबीच विकास निर्माणका कार्यमा आपसी सहकार्य र समन्वय भइरहेको बताउनुभएको छ । पोखरा महानगरपालिका–१९ घार्मीमा लामाचौर स्वास्थ्य चौकी भवनको शिलान्यास कार्यक्रममा आज उहाँले देशमा सडक, खानेपानी, विद्यालय, स्वास्थ्यचौकीलगायत विकासका पूर्वाधारले प्राथमिकता पाएको बताउनुभयो । जनप्रतिनिधि निर्वाचित भएर आएसँगै सङ्घ, प्रदेश...बाँकी अंश →


तामा र स्लेट खानी उत्खनन र संरक्षणको पर्खाइमा

गलेश्वर, १५ भदौ  ः हिमाली जिल्ला म्याग्दी विभिन्न ठाउँमा रहेका तामा र स्लेट खानी संरक्षण र उत्खननको पर्खाइमा रहेको छ । पश्चिम र उत्तरी म्याग्दीका विभिन्न ठाउँमा रहेका खानीहरु वर्षौंदेखि अलपत्र अवस्थामा रहेका छन् । तामा, स्लेट (घर छाउने ढुङ्गा), शिलाजित, खरी, चुनढुङ्गाका खानी वर्षाैंदेखि उत्खनन हुन नसकेका अवस्थामा छन्...बाँकी अंश →


विद्यालयमा बाढी पसेपछि पठनपाठन अवरुद्ध

कावासोती, १५ भदौ  स्थानीय एक विद्यालयमा खोलाको बाढी पसेपछि त्यहाँको पठनपाठन अवरुद्ध भएको छ । नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्र बुलिङटार गाउँपालिका–१, ढाडबँेसीमा रहेको जनजागृति माविमा खोलाको बाढी पसेपछि पठनपाठन अवरुद्ध भएको हो । आज बिहान ३ बजे अविरल वर्षापछि गोवन्दीखोलाको बाढी पसेर विद्यालयलामा क्षति पु¥याएकाले पठनपाठन अवरुद्ध भएको विद्यालय...बाँकी अंश →


राससकर्मी सम्मानित

गलेश्वर, १५ भदौ  म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले राष्ट्रिय समाचार समिति राससका तीन जना म्याग्दी संवाददातालाई सम्मान गरेको छ । शनिबार म्याग्दीको सदरमुकाम बेनी बजारमा सम्पन्न संस्थाको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा रासस गलेश्वर (म्याग्दी) संवाददाता धु्रवसागर शर्मा, बेनी (म्याग्दी) संवाददाता कमल खत्री र (म्याग्दी) का सन्तोष गौतमसहित...बाँकी अंश →


स्वास्थ्य शिविरबाट ८०० लाभान्वित

दमौली, १५ भदौ  तनहँुको व्यास नगरपालिका–११ शेरामा शनिबार आयोजित स्वास्थ्य शिविरबाट ८०० सर्वसाधारण लाभान्वित भएका छन् । समुदायबाट सञ्चालित तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आयोजना र काठमाडौँस्थित ओम अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट मुटु, मधुमेह, हाडजोर्नी, नाक, कान, घाँटी, बालबालिका र महिलासम्बन्धी रोगको उपचार सेवाबाट ८०० सर्वसाधारण लाभान्वित...बाँकी अंश →


दशकपछि बन्यो पुल

म्याग्दी, १४ भदौ    मङ्गला र मालिका गाउँपालिकाको सिमाना दुखुखोलामा करीब एक दशकपछि मोटर चल्ने पुल निर्माण भएको छ । बेनी–दरवाङ सडक अन्तर्गत दुखु खोलामा सो पुल निर्माण गर्न नौ वर्ष लागेको हो । गलत डिजाइन र व्यवसायीको ढिलासुस्तीका कारण पुल नबन्दा जोखिम लिएर खोला वारपार गर्नुपर्ने बाध्यता थियो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter