
काठमाडौँ, १३ भदौ भाद्र कृष्ण औँशीका दिन आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । बिहीबार बेलुकीदेखि नै मन्दिर क्षेत्रमा भक्तजनको आवागमन शुरु भए पनि बिहान ३ः०० बजेदेखि मन्दिरका चारै ढोका खुला गरिएको पुजारी जगदीशचन्द्र भट्टले जानकारी...बाँकी अंश →

रुपन्देही, १२ भदौ प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सकारात्मक सन्देश प्रवाह गरी उल्लासमय वातावरणमा तीज मनाउन आग्रह गर्नुभएको छ । उहाँले तीजप्रति आस्था राख्ने सबैले खुशियालीपूर्वक तीज मनाउन सक्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । रिपोर्टर्स क्लब प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको तीज विशेष कार्यक्रममा मन्त्री...बाँकी अंश →

दाङ, १२ भदौ नेपाली महिलाको विशेष पर्वका रुपमा रहेको तीज नजिकिँदै गर्दा यहाँका बजारमा सामान किनमेल गर्नेको भीडभाड बढ्न थालेको छ । विशेषगरी छोरी चेली यस पर्वको किनमेलका लागि गएको हप्तादेखि नै व्यस्त छन् । अहिले दाङका विभिन्न बजारमा विशेष गरेर कपडा, चुरा पोते, गरगहनादेखि खाद्यान्नजस्ता सामान किन्ने दिदीबहिनीको सङ्ख्या...बाँकी अंश →

भद्रपुर, १२ भदौ झापा हल्दिबारीका एक युवकले ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गर्न विर्तामोडबाट पैदलयात्रा शुरु गरेका छन् । हल्दिबारी गाउँपालिका–१ का २० वर्षीय नितेश ओलीले विर्तामोडबाट २८३ किलोमिटरको दूरीमा रहेको पाथीभरा देवीको दर्शन गर्न बुधबारबाट यात्रा शुरु गरेका हुन् । उनले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को लक्ष्यलाई सफल...बाँकी अंश →

बाँके, ११ भदौ पश्चिम नेपालका जिल्लामा छाउपडी प्रथा अहिले पनि कायमै छ । यद्यपि विभिन्न समयमा छाउपडीमुक्त गाउँ घोषणा भइरहेका पनि छन् । छाउगोठ भत्काउँदै छाउपडीमुक्त गाउँ घोषणा भएलगत्तै पुनः छाउगोठ बन्ने क्रम पनि रोकिएको पाइँदैन । योसँगै महीनावारी भएर छाउगोठमा सुतेका महिलाले मृत्युवरण गरेका समाचार आउने क्रम पनि उस्तै...बाँकी अंश →

म्याग्दी, ११ भदौ रघुगङ्गा गाउँपालिकाले छोरीलाई मासिक रु १०० पेवा दिने कार्यक्रम ल्याएको छ । बालविवाह न्यूनीकरण, संस्थागत प्रसूति सेवालाई प्रोत्साहन, सहकारीको प्रवद्र्धन, बचत गर्ने बानीको विकास, गर्भमा लिङ्ग पहिचान गरेर भ्रुणहत्या गर्ने र लैङ्गिक विभेदको सामाजिक समस्या घटाउन पेवा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । आठै...बाँकी अंश →

भद्रपुर, १० भदौ अबका केही दिनमा आउने हिन्दू नारीको महान् चाड तीजको चहलपहल शुरु भइसकेको छ । महिलाहरु माइत जाने, दरखाने र महादेवको व्रत बस्ने तयारीमा छन् भने बजारमा तीजको किनमेल उत्कर्षमा छ । घरघरमा तीजको तयारी चले पनि सामूहिकरूपमा तीजको उत्सव मनाउने क्रम भने बाक्लिन थालिसकेको छ । सङ्घसंस्थाले...बाँकी अंश →

ललितपुर, १० भदौ ललितपुर उद्योग वाञ्जिय सङ्घले आगामी असोज २६ गते पदयात्रा गर्ने भएको छ । सो क्षेत्रका एक महानगरपालिका र दुई नगरपालिकाभित्र सङ्घले पदयात्रा आयोजना गरी पर्यटन वर्ष २०२० का लागि प्रचार–प्रसारमा जोड दिने भएको हो । ‘हाम्रो सम्पदा, हामी आफैँ बनाऔँ’ भन्ने नारालाई अघि सार्दै सङ्घले जिल्लाका सम्पदा...बाँकी अंश →

तनहुँ, १० भदौ व्यास नगरपालिका–३ देउराली नगरका महिला चाडपर्व नजिकिँदै गर्दा झिलिङ्गा (चामलको पिठोबाट बनाइने परिकार) बनाउन व्यस्त छन् । चाडपर्वको समयमा झिलिङ्गा बनाउन नभ्याइने भएकाले असार–साउनदेखि नै झिलिङ्गा बनाउन थालिन्छ । विसं २०७१ मा देउराली आमा समूहका पाँच सदस्य मिलेर रु एक लाख २० हजार सङ्कलन गरी झिलिङ्गा उत्पादन...बाँकी अंश →

भक्तपुर, ३१ साउन तलेजुस्थानबाट भक्तपुरका नगरवासीले बिहानै तलेजुको ताहामचा बनाई देश परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजदेखि शुरु भएको छ । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व यहाँ बिहानैदेखि शुरु भएको हो । नेवार समुदायले...बाँकी अंश →

बागलुङ, २८ साउन जेनतेन सोमबार बागलुङ बजारमा लाखे नचाइयो । लाखे नाच्नेमा हुनुहुन्थ्यो, २२ वर्षीय आशिष शाक्य । अहिले पोखरामा बसेर अध्ययनरत उहाँलाई घर आएको बेला लाखे नाच्न जु¥यो । सोमबार पनि दिनभर नाचेर उहाँ सोही साँझ पोखरा फर्कंदै हुनुहुन्थ्यो ।जिल्लास्थित शाक्य कल्याण समाजले आशिष घर आएको मौका छोपेर लाखे...बाँकी अंश →

कास्की, २८ साउन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदायको सांस्कृतिक एवं परम्परागत पर्व ट्होटेंको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ । सोमबार साँझ शुभकामना सन्देश प्रकाशित गरी उहाँले ट्होटेंको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका गुरुङ समुदायलगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व एवं उत्तरोत्तर...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: