मङ्गलबार, ११ बैशाख २०८१

धर्म / संस्कृति

चाडपर्वले राष्ट्रिय एकता सुदृढ ः मुख्यमन्त्री गुरुङ

कास्की, १६ भदौ  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीको पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आइतबार साँझ शुभकामना सन्देश प्रकाशन गरी उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो । नेपालमा विभिन्न जातजाति तथा...बाँकी अंश →


तीज प्रतियोगिताको उपाधि सगरमाथालाई

नेपालगञ्ज, १६ भदौ  नेपालगञ्जमा भएको यस वर्षको नाचौँ तीज प्रतियोगिताको उपाधि सगरमाथा डान्स क्लब खजुरा बाँके समूहले प्राप्त गरेको छ । उपाधिसँगै क्लबले रु ५० हजार नगदसहित विभिन्न थरिका पुरस्कारसमेत प्राप्त गरेको छ । प्रतियोगिताको आइतबार नेपालगञ्जमा भएको ग्राण्ड फिनालेमा कञ्चनजङ्घा क्लब बाँके दोस्रो र बाँकेकै बनक्रिउ रेजिना समूह तेस्रो...बाँकी अंश →


पशुपतिमा तीजको तयारी पूरा

काठमाडौँ, १५ भदौ  यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको जानकारी दिइयो । पहिलो लाम...बाँकी अंश →


भ्रमण वर्ष सफल पार्न पदयात्रा

गलकोट, १५ भदौ  ‘पर्यटन पूर्वाधारको विकास गरौँ, नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ’ भन्ने मूल नाराका साथ बागलुङमा एकदिने बृहत् पदयात्रा गरिएको छ । बागलुङ जिल्लाको पर्यटन प्रवद्र्धन गरी नेपाल सरकारले अघि सारेको भ्रमण वर्ष २०२० सफल पार्नका लागि बृहत् पदयात्रा गरिएको हो । पर्यटकीय गन्तव्यहरुको पहिचान तथा प्रवद्र्धनका लागि...बाँकी अंश →


थारू समुदाय अटवारी पर्व मनाउँदै

कञ्चनपुर, १५ भदौ  ः दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारू समुदायका दाजुभाइहरुले आज अटवारी पर्व मनाउँदैछन् । कञ्चनपुरसहित थारू समुदायको बसोवास रहेका कैलाली, बाँके बर्दिया, दाङ लगायतका क्षेत्रमा यस पर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ । शुक्लपक्षको आइतबारका दिन दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभरि पानीसमेत नपिई व्रत बसी साँझ...बाँकी अंश →


‘अटवारी’ पर्व उल्लासपूर्वक मनाइँदै

धनगढी, १५ भदौ  पश्चिम नेपालमा बसोबास गर्ने चौधरी–डगौरा समुदायमा ‘अटवारी’ पर्व आजदेखि उल्लासपूर्वक मनाइँदै छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रुपमा लिइने ‘अटवारी’ पर्व खासगरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने चौधरी–डगौरा समुदायमा परम्परागतरुपमा मनाइने गरिन्छ । चौधरी डगौरा समुदायले आइतबारको दिनलाई ‘अटवार’ नामले...बाँकी अंश →


मुक्तिनाथमा बढ्दै लगानी

मुक्तिनाथ (मुस्ताङ), १४ भदौ  झण्डै चार दशक अघि २०३८ सालमा तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दीकी उमादेवी भट्टराई मुक्तिनाथको दर्शनका क्रममा त्यहाँस्थित रानीपौवामा बस्नुभयो । “हामी दशैँको बेला पारी गएका थियौँ”, आफ्नो अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “ठाउँ ठाउँबाट आएका तीर्थयात्रीले रानीपौवा खचाखच भरिन्थ्यो ।” उक्त समयमा तीर्थयात्री अधिकांशले खाने कुराका साथै ओढ्ने...बाँकी अंश →


अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो

जलेश्वर, १३ भदौ  कुशे औँशीअर्थात् बुबाको मुख हेर्ने दिनमा आज बिहानैदेखि महोत्तरीको लोहारपट्टि नगरपालिकाको बगडा गाउँमा अवस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ । बुबाआमालाई आफ्ना सर्वस्व मान्ने र बुबाआमाकै सेवालाई महान धर्म मान्नेको आस्थाको केन्द्र मानिएको सो स्थानमा आज बुबाको मुख हेर्ने दिनमा भक्तजनको घुइँचो लागेको स्थानीय...बाँकी अंश →


गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौँ, १३ भदौ  भाद्र कृष्ण औँशीका दिन आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । बिहीबार बेलुकीदेखि नै मन्दिर क्षेत्रमा भक्तजनको आवागमन शुरु भए पनि बिहान ३ः०० बजेदेखि मन्दिरका चारै ढोका खुला गरिएको पुजारी जगदीशचन्द्र भट्टले जानकारी...बाँकी अंश →


उल्लासमय वातावरणमा तीज मनाऔँ ः सामाजिक विकासमन्त्री बराल

रुपन्देही, १२ भदौ  प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सकारात्मक सन्देश प्रवाह गरी उल्लासमय वातावरणमा तीज मनाउन आग्रह गर्नुभएको छ । उहाँले तीजप्रति आस्था राख्ने सबैले खुशियालीपूर्वक तीज मनाउन सक्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । रिपोर्टर्स क्लब प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको तीज विशेष कार्यक्रममा मन्त्री...बाँकी अंश →


तीजलाई महङ्गो र भड्किलो नबनाऔँ

दाङ, १२ भदौ  नेपाली महिलाको विशेष पर्वका रुपमा रहेको तीज नजिकिँदै गर्दा यहाँका बजारमा सामान किनमेल गर्नेको भीडभाड बढ्न थालेको छ । विशेषगरी छोरी चेली यस पर्वको किनमेलका लागि गएको हप्तादेखि नै व्यस्त छन् । अहिले दाङका विभिन्न बजारमा विशेष गरेर कपडा, चुरा पोते, गरगहनादेखि खाद्यान्नजस्ता सामान किन्ने दिदीबहिनीको सङ्ख्या...बाँकी अंश →


पाथीभरा देवीको दर्शन गर्न पैदलयात्रा

भद्रपुर, १२ भदौ  झापा हल्दिबारीका एक युवकले ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गर्न विर्तामोडबाट पैदलयात्रा शुरु गरेका छन् । हल्दिबारी गाउँपालिका–१ का २० वर्षीय नितेश ओलीले विर्तामोडबाट २८३ किलोमिटरको दूरीमा रहेको पाथीभरा देवीको दर्शन गर्न बुधबारबाट यात्रा शुरु गरेका हुन् । उनले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को लक्ष्यलाई सफल...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter