
काठमाडौँ, २४ भदौ यँया पुन्हीका अवसरमा काठमाडौँको हनुमानढोकाको कालभैरव अगाडि परम्परानुसार विधिपूर्वक लिङ्गो ठड्याइएको छ । नेपाल भाषामा यसलाई योसिँ स्वाय्गु भनिन्छ । अ यँलाथ्व अर्थात् आज भाद्रशुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थानसँगै विधिवत्रुपमा इन्द्रजात्रा ९यँया० शुरु भएको हो । यँलाथ्व अष्टमीका दिन भोटाहिटीबाट ‘योसिँ’ ९लिङ्गो० तानेर तलेजु मन्दिर अगाडि सिंध्वाकामा ल्याइएको...बाँकी अंश →

बाँके, २४ भदौ मोहर्रमको आज अन्तिम दिन, ताजिया विसर्जन गरेर मोहर्रम पर्वको बिदाइ गरिँदैछ । मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बाँकेमा रु एक करोडभन्दा बढीका ताजिया राखिएको अनुमान गरिएको छ । मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिकरुपमा आज घर नजिकै रहेका कर्बलाहरुमा विर्सजन गरेर मनाउने गर्छन् । बाँकेमा...बाँकी अंश →

कपिलवस्तु, २४ भदौ मुस्लिम र हिन्दू समुदायले आज सामूहिकरुपमा मोहर्रम पर्व मनाउँदैछन् । मुस्लिम पात्रोअनुसार हिजरी संवत् १४४१ को मोहर्रम महीनाको आज १० तारिखका दिन यो पर्व धुमधामका साथ मनाइँदै छ । मुस्लिमको पर्व भए पनि सदियौँदेखि यहाँका हिन्दूले समेत सँगसँगै मनाउने एकमात्र पर्व नै मोहर्रम भएकाले यो पर्व दुवै...बाँकी अंश →

चिप्लेढुङ्गा, २३ भदौ विश्व फिजियोथेरापी दिवसको अवसरमा आइतबार पोखरामा निःशुल्क फिजियोथेरापी शिविर गरिएको छ । नेपाल फिजियोथेरापी एशोसिएशन गण्डकीले स्कूल अफ हेल्थ एण्ड एलाइट्स साइन्सेसको सहयोगमा मानवअधिकार चोकमा शिविर गरेको हो । शिविर एक सय ४८ लाई सेवा उपलब्ध गराइएको एशोसिएशनका उपाध्यक्ष डाक्टर अजितकुमार पाण्डेले जानकारी दिनुभयो । शिविर...बाँकी अंश →

हेटौँडा, २२ भदौ लोपोन्मुख जाति समुदायको रूपमा रहेको चेपाङ समुदायको महान् चाड छोनाम न्वागी आज चेपाङ जातिको उद्गमस्थल मकवानपुरमा धुमधामसँग मनाइँदैछ । यस पर्वका अवसरमा यहाँको एक चेपाङ बाहुल्य स्थानीय तहमा स्थानीय सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चेपाङ जातिको उद्गम क्षेत्र मानिएको मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङको सबैभन्दा...बाँकी अंश →

दमौली, २२ भदौ तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित निकै पुरानो ऐतिहासिक एवं धार्मिकस्थल अकलादेवी मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । समितिको आन्तरिक कोषको रकमबाट गत जेठ १८ गतेदेखि शुरु भएको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको हो । आगामी महीनाको फूलपातीको दिन उद्घाटन गर्ने गरी मन्दिरको काम तीव्र रुपमा भइरहेको मन्दिर...बाँकी अंश →

काठमाडौँ, २० भदौ भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका अवसरमा आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । कागेश्वरीमा आज आई पूजाआजा एवं दर्शन गरेमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास छ । श्रावण शुक्ल पूर्णिमामा गोसाइँकुण्ड दर्शन गरी आएका भक्तजनले...बाँकी अंश →

नेपालगन्ज, २० भदौ नेपालगन्जको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको जग्गा दुरुपयोगका सम्बन्धमा केन्द्रीयस्तरको एक टोलीले छानबिन शुरु गरेको छ । सरकारले गठन गरेको सार्वजनिक, सरकारी र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले सो मन्दिरको ८४ बिघा जग्गाबारे छानबिन शुरु गरेको हो । त्यसका साथै मन्दिरका नाममा रहेका अन्य जग्गा पनि छानबिन गरिने...बाँकी अंश →

काठमाडौँ, १८ भदौ हिन्दूधर्मका गुरुहरुले सबै धर्मको सार समानता र भातृभाव रहेको बताउनुभएको छ । उहाँहरुले सनातनदेखि चल्दै आएको हिन्दूधर्म तथा परम्पराको संरक्षणका लागि सरकार तथा जनस्तरबाट पहल हुनुपर्नेमा जोड दिनुभयो । विश्व हिन्दू युवा सङ्घ अन्तर्राष्ट्रिय समितिले आज आयोजना गरेको गौहत्या एवं बागमती गङ्गा आरतीमाथिको हस्तक्षेपका विरुद्धको पत्रकार सम्मेलनमा...बाँकी अंश →

काठमाडौँ, १७ भदौ म्यान्मामा रहेका नेपालीभाषी महिलाले नाचगान र मन्दिरमा पूजा गरी तीज पर्व मनाएका छन् । यान्गुनस्थित नेपाली दूतावासले तीजका अवसरमा नेपालीभाषी महिलालाई दूतावासमा निम्त्याएर दर खाने कार्यक्रम पनि राखेको थियो । कार्यक्रममा चार सयभन्दा बढी नेपालीभाषी म्यान्माली महिलाको सहभागिता थियो । नेपालमा रेकर्ड गरिएका नेपाली गीतबाहेक त्यहाँ रेकर्ड...बाँकी अंश →

डोटी, १७ भदौ नाकै अगाडि ठिङ्ग उभिएजस्तो देखिने अपी र शैपाल हिमालको सेताम्मे चुचुरा । कर्णाली र सेती नदीको दोभानबाट सुसेल्दै आउने सिरसिरे बतास । नाङगो आँखाले सहजै देख्न सकिने तराईको समथर भूमि र टाउको तन्काएर हेर्दा भारतको उत्तरप्रदेशको भू–भाग । राइसल्ला र खर्सुका ठूल–ठूला जङ्गल । भुत्केसर, सत्तु जस्ता अमूल्य जडीबुटी...बाँकी अंश →

काठमाडौँ, १६ भदौ ः नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीजको अवसरमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले एक शुभकामना सन्देशमार्फत हाम्रो देश अनेक धर्म, संस्कृति र पर्वले समृद्ध भएको उल्लेख गर्दै यस्ता पर्व हाम्रा पहिचान...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: