सोमबार, २४ बैशाख २०८१

सभापति देउवाद्वारा तीजको शुभकामना

१६ भाद्र २०७६, सोमबार १४:१७ मा प्रकाशित

काठमाडौँ, १६ भदौ  ः नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीजको अवसरमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले एक शुभकामना सन्देशमार्फत हाम्रो देश अनेक धर्म, संस्कृति र पर्वले समृद्ध भएको उल्लेख गर्दै यस्ता पर्व हाम्रा पहिचान र गौरव भएको बताउनुभएको छ । अनेक विमतिका वीचमा पनि हाम्रो समाजमा सौहाद्रता र एकतालाई मजबुत तुल्याउन यस्ता पर्वहरुले योगदान पु¥याउँदै आएको सभापति देउवाले बताउनुभएको छ । तीजमा महिलाहरु माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यस पर्वको विशेष महत्व रहेको उल्लेख गर्दै उहाँले तीजले हाम्रो समाज र सबैको पारिवारिक जीवनमा सुखद् अपनत्व अभिवृद्धि गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter