२९ मंसिर २०८२

गण्डकी प्रदेश

पुल निर्माण

कावासोती, भदौ ३०  नवलपरासी पूर्व नवलपुरको विनयीखोलामा रु नौ करोडको लागतमा पुल निर्माण गरिएको छ । विनयीत्रिवेणी गाउँपालिका–४, अन्तर्गत पर्ने विनयीखोलामा नेपाल सरकारको केन्द्रीय बजेटबाट पुल निर्माण गरिएको हो । दुम्किबासबाट पाल्पाको रामपुर हुँदै स्याङ्जासम्म जोड्ने सडकअन्तर्गत विनयीखोलामा पुल बनेपछि सर्दीसहित नवलपुरका पहाडी क्षेत्र र पाल्पाका बासिन्दालाई आवतजावत सहज हुने...बाँकी अंश →


बढ्दै सम्बन्धविच्छेद

बागलुङ, ३० भदौ  आर्थिक वर्ष ०७३÷०७४ मा बागलुङ जिल्ला अदालतमा सम्बन्धविच्छेदका जम्मा १२७ मुद्दा दर्ता भए । आव ०७४÷०७५ मा अघिल्लोमा भन्दा १२ मुद्दा बढे । गत आवमा भने मुद्दाको सङ्ख्या ह्वात्तै बढेर १९३ पुग्यो । यो आँकडाले जिल्लामा सम्बन्धविच्छदेका घटना बढ्दै गएको देखाउँछ । अदालतका अनुसार चालू आवमा पनि...बाँकी अंश →


स्याउ टिप्दै मनाङ एग्रो

मनाङ, ३० भदौ  स्याउ जोनको मान्यता पाएको हिमाली जिल्ला मनाङमा धमाधम स्याउ टिप्ने समय आएको छ । नेपालकै ठूलो स्याउ फार्मका रूपमा परिचित मनाङ एग्रोमा यतिबेला स्याउ टिप्ने काम भइरहेको छ । सेप्टेम्बर महीनाको शुरुदेखि स्याउ टिप्न थाल्ने भए पनि अहिले अलि ढिलो भएको हो । स्याउको रङ र स्वाद...बाँकी अंश →


संसदीय टोलीद्वारा म्याग्दी कारागारको अनुगमन

गलेश्वर, ३० भदौ  गण्डकी प्रदेशको संसदीय टोलीले बेनी नगरपालिका–२ खबरास्थित जिल्ला कारागार शाखाको अनुगमन गरेको छ । २५ पुरुष र सात महिला गरी कूल ३२ जनाको क्षमता रहेको म्याग्दी कारागारमा हाल ९३ पुरुष र सात महिला गरी १०० कैदीबन्दी रहेका छन् । प्रदेश मामिला समितिका दीपक थापाको संयोजकत्वमा आइतबार चिन्ताबहादुर...बाँकी अंश →


भारतीय बस दुर्घटनामा २७ यात्रु घाइते

दमौली, ३० भदौ  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये १२ जनालाई...बाँकी अंश →


चाडपर्व लक्षित बजार अनुगमन प्रभावकारी बनाइने

पोखरा, ३० भदौ  गण्डकी प्रदेश सरकारले नजिकिँदै गरेका दशँै तिहारलगायतका चार्डपर्व लक्षित गरी बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ । सरकारका तर्पmबाट आइतबार यहाँ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं भौतिक विकास तथा पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले चाडपर्वका समयमा हुनसक्ने कालोबजारी, मिसावटलगायतका गतिविधि नियन्त्रण गर्न बजार अनुगमन गर्ने...बाँकी अंश →


खेलकूदमा लामो समय पदाधिकारी रिक्त रहन दिँदैनौँ ः मन्त्री विश्वकर्मा

कास्की, २९ भदौ  युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जिल्ला खेलकूद विकास समितिहरुमा लामो समय पदाधिकारी रिक्त रहने अवस्था आउन नदिइने बताउनुभएको छ । खेलकूद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले साविक क्षेत्रीय खेलकूद विकास समिति र जिल्लामा पदावधि सकिएर रिक्त पदमा संसद्को चालू अधिवेशनबाट खेलकूद ऐन...बाँकी अंश →


स्थानीयवासीद्वारा वडा कार्यालयलाई जग्गा प्रदान

वालिङ, २९ भदौ  यहाँका स्थानीयले वडा कार्यालय भवन निर्माणका लागि तीन रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । स्याङ्जाको भिरकोट नगरपालिका–७ को वडा कार्यालय भवन निर्माणका लागि वडा नं ७ निवासी रमेशबहादुर गोदार र वडा नं ६ निवासी बाबुराम केसीले करीब डेढ÷डेढ रोपनी जग्गा उपलब्ध गराउनुभएको वडाध्यक्ष शेषकान्त अर्यालले बताउनुभयो...बाँकी अंश →


विदेशमा पढेर एग्रो फार्ममा रमाउँदै

गलेश्वर, २९ भदौ  न्युजिल्याण्डबाट व्यवस्थापन विषयमा मास्टर्स गरेका मुकुन्द रिजाल (शर्मा) र काठमाडौँको व्यापार–व्यवसाय छोडेर गाउँ फर्किएका उनकै दाइ दीर्घप्रसाद रिजाल (शर्मा) ले रु ५३ लाखको लगानीमा गाउँमा नै एग्रो फार्म सञ्चालन गरेका छन् । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा रिजाल एग्रो फार्म सञ्चालन गरेर कुखुरापालन र आग्र्यानिक कृषिमा रमाइरहेका यी...बाँकी अंश →


सोह्र श्राद्धका लागि मुक्तिनाथमा चहलपहल

पोखरा, २९ भदौ  आश्विन कृष्णपक्ष ९पितृपक्ष०का अवसरमा हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ जाने तीर्थयात्रीहरूका कारण पोखरादेखि मुक्तिनाथसम्म चहलपहल बढेको छ ।प्रत्येक वर्ष पितृपक्षका अवसरमा मुस्ताङको कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृको उद्धार हुने विश्वासका कारण देशका विभिन्न भागका दर्शनार्थी मुक्तिनाथ पुग्ने गरेका हुन् । मुक्तिनाथ जाने प्रमुख नाका...बाँकी अंश →


सागका लागि आर्चरीको खेलाडी छनोट शुरु

कास्की, २९ भदौ  आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा आर्चरीका लागि खेलाडी छनोट पोखरामा शुरु भएको छ । पोखरा रङ्गशालाको आर्चरी मैदानमा शनिबारदेखि ‘रिकर्भ’ ‘क्याटेगोरी’ का लागि खेलाडी छनोट प्रक्रिया शुरु गरिएको नेपाल आर्चरी सङ्घका अध्यक्ष दीपकराज गुरुङले बताउनुभयो ।...बाँकी अंश →


गल्याङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा अर्याल विजयी

वालिङ, २९ भदौ  गल्याङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रगतिशील समूहका यज्ञप्रसाद अर्याल विजयी हुनुभएको छ । गएराति सम्पन्न मतगणनाबाट प्रगतिशील समूहका अर्याल २२५ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समूहका ध्रुव श्रेष्ठले २१५ मत प्राप्त गर्नुभएको थियो । नेकपा निकट रहेको प्रगतिशील समूह र नेपाली...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter