१२ चैत २०८१

गण्डकी प्रदेश

ढोरपाटनमा व्यापक हिमपात, जनजीवन प्रभावित

ढोरपाटन (बागलुङ), ११ फागुन : बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न सकेका छैनन् । हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना...बाँकी अंश →


राजा आऊ देश बचाउ भन्दै पोखरामा प्रदर्शन

  पोखरा, मंसिर १० देशमा अब राजतन्त्रको विकल्प छैन् भन्दै बुधबार पोखरामा राजाबादीहरुले प्रदर्शन गरेका छन् । राष्ट्रिय झण्डासहित उपस्थित उनीहरुले पोखराका विभिन्न ठाँउमा मोटरसाइकल र्याली गरेका हुन् । पोखराको अमरसिंहचोकबाट शुरु भएको र्याली पृथ्वीचोक, मुस्ताङचोक, लेकसाइड, जिरोकिलोमिटर , सभागृहचोक, न्यूरोडहुँदै मानव अधिकार चोकमा पुगेर कोण सभामा परिणत भएको थियो...बाँकी अंश →


युरोपियन नागरिक लिएर फर्कियो कतार एयरलाइन्सको विमान

काठमाडौं । नेपालमा अलपत्र परेका युरोपियन नागरिकलाई लिएर कतार एयरलाइन्सको विमान उडेको छ । लकडाउनका कारण नेपालमा फसेका जर्मन, फ्रान्स तथा युरोपका अन्य मुलुकका यात्रुलाई लिएर कतार एयरलाइन्सको विमान उडेको हो । शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको उक्त विमान  ३०५ जना पर्यटक लिएर फर्किएको जनाइएको छ । जर्मन...बाँकी अंश →


बाग्लुङमा कुलपूजाका लागि रिजर्भ गरिएको जीप खस्यो, १४ को मृत्यु

बाग्लुङको भीमगिठेमा एक रिजर्भ जीप दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। जीप गुल्मीको इस्माबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै थियो। इस्मा गाउँपालिका ४ दोहोलीबाट कुलपूजाका लागि बाग्लुङ गएका कार्की खलकहरू चढेको जीप दुर्घटना परेको वडाध्यक्ष गनुप्रसाद आचार्यले जानकारी दिए। मंगलबार बिहान १० बजेतिर भोलि हुने कुलपूजाका लागि रिजर्भ गरेर ल्याइएको...बाँकी अंश →


चीनसँग व्यापारः बङ्गुरको मासु चीनतर्फ निर्यात गर्न नेपाल इच्छुक

बङ्गुरको मासु चीनतर्फ निर्यात गरी नेपालले ठूलो फाइदा लिन सकिन्छ । यसका लागि पोखरामा पिग औद्योगिक पार्क निर्माण भएको छ । विश्व अर्थतन्त्रको आकर्षण कृषिमा भन्दा औद्योगिकीकरणतर्फउन्मुख छ । नेपाल जस्ता विकासोन्मुख राष्ट्र भने कृषिमा निर्भर छन् । तीव्र औद्योगिकीकरणतर्फ लम्किरहेका चीन जस्ता राष्ट्रमा कृषि उत्पादन निर्यात गरी लाभ बटुल्ने...बाँकी अंश →


नारायणी नदीमा जलयात्रा शुरु

–टेकराज पोखरेल नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा नेपालकै सबैभन्दा लामो जलयात्रा सञ्चालन गरिएको छ । चितवन, तनहुँ र नवलपुर जिल्लाको सिमानामा बग्ने यस नदीमा सञ्चालन गरिएको जलयात्राको लम्बाइ ४५.५ किलोमिटर रहेको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा स्टेशन राखेर भरतपुर महानगरपालिका वडा नं...बाँकी अंश →


घरवास तालीम

चिप्लेढुङ्गा, १ असोज  घरवास (होमस्ट) ले उपलब्ध गराउने खाना प्राङ्गारिक नभएको बजारीया खानेकुरा नै दिने गरेको, आतिथ्यता पनि नभएको भन्ने गुनासा सुनिएपछि र लायन्स क्लब अफ पोखरा हेरिटेजले होमस्टेसम्बन्धी निःशुल्क तालीम दिन थालेको छ । कास्कीको पुम्दीभुम्दीस्थित कालावाङ घडेरी होमस्टेका २५ सदस्यलाई होमस्टेमा आतिथ्य सत्कारदेखि स्थानीय कृषि उत्पादन, प्राङ्गारिक खानामा...बाँकी अंश →


वन्यजन्तुको आक्रमणमा मृत्यु भएका र क्षति पुगेकालाई राहत

तनहुँ, १ असोज  डिभिजन वन कार्यालयले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका तथा घाइतेलाई रु ४४ लाख १९ हजार ७०४ राहत रकम वितरण गरेको छ । चितुवाको आक्रमणबाट जिल्लामा चारको मृत्यु र भालुको आक्रमणबाट सात घाइते भएका थिए । सोही क्षेत्रमा चितुवाको आक्रमणबाट तीन गाई, १२ बाख्रा, एक भेडा र एक सुँगुरको...बाँकी अंश →


उद्योग एवं कलकारखानामा विश्वकर्मा पूजा

पोखरा, १ असोज  निर्माण एवं वास्तु विद्याका आराध्यदेवका रूपमा आज बिहानैदेखि पोखरा र आसपासस्थित उद्योग तथा कलकारखानामा भगवान् विश्वकर्माको पूजा गरिएको छ । प्रत्येक वर्षको आश्विन सङ्क्रान्तिका दिन उद्योग तथा कलकारखानामा रहेका मेशिनरी समानको पूजा गर्नाले अपेक्षित लाभ हुने विश्वासका साथ विश्वकर्मा पूजा गर्ने प्रचलन छ । यस दिन उद्योग...बाँकी अंश →


जेष्ठ नागरिक मञ्चलाई जग्गा दान

गलकोट, १ असोज  आफ्ना स्व पिताको सम्झनामा बागलुङको ढोरपाटन नगरपालिकाका एक व्यक्तिले ज्येष्ठ नागरिक मञ्च बुर्तिवाङको भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । ढोरपाटन नगरपालिका–२ घर भई बुर्तिवाङ बजारमा दुग्ध व्यवसाय सञ्चालन गर्दै आउनुभएका व्यवसायी कृष्ण खनालले आफ्ना स्व पिता घनलाल खनालको सम्झनामा निःशुल्क जग्गा उपलब्ध गराउनुभएको हो...बाँकी अंश →


खानेपानीको सङ्कट टर्दै

बागलुङ, १ असोज  ‘एक घर, एक धारा’ योजनाले गलकोट नगरपालिका–११ रिघाफेदीमा खानेपानीको सङ्कट टार्ने भएको छ । फेदी छरछरे खानेपानी आयोजनामार्फत रिघाफेदीका ५५ घरधुरीमा स्वच्छ खानेपानी पु¥याउन लागिएको हो । आयोजनाको ७० प्रतिशत काम पूरा भएको उपभोक्ता समितिका अध्यक्ष चित्रबहादुर राना कुमालले बताउनुभयो । “यो वर्ष आयोजना पूरा हुन्छ”, उहाँले...बाँकी अंश →


ट्याक्सीे बगायो

पर्वत, ३१ भदौ  कुस्मा नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले आज बिहान ४ः४५ बजे ध १ ज ६६० नम्बरको ट्याक्सी बगाएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामबहादुर भट्ट क्षेत्रीका अनुसार बिरामी बोकेको उक्त ट्याक्सी म्याग्दीको बेनीबाट बिरामी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter