शनिबार, १५ बैशाख २०८१

नयाँ विश्वविद्यालय स्थापनाको लागि अनुमति दिन नहुनेमा सांसदहरुको जोड

७ पुष २०८०, शनिबार २२:२९ मा प्रकाशित

काठमाडौं–सांसदहरुले नयाँ विश्वविद्यालय स्थापनाको लागि अनुमति दिन नहुनेमा जोड दिएका छन् । शुक्रवार प्रतिनिधि सभा अन्तरर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै अधिकाश सांसदहरुले भएका विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरु नभएको र सरकारले भएका विश्व विद्यालयहरुको अवस्था सुधार गर्न नसकेको बेलामा नयाँ विश्वविद्यालय खोल्न अनुमति दिनु उचित नहुनेमा जोड दिएका हुन्।

उनीहरुले सरकारले भएको पुरानो त्रिभुवन विश्वविद्यालयमा भएका बेथिति र कमजोरीहरुलाई सुधार गर्नुको सट्टा थप नयाँ नेपाल विश्वविद्यालय खोल्न अनुमति दिन जरुरी नभएको बताए। सांसदहरुले त्रिभुवन विश्वविद्यालयमा विभिन्न विभागको विषयगत परीक्षाको परीक्षाफल समयमा प्रकाशित नहुने तथा परीक्षा नहुने जस्ता समस्या समाधानको लागि पहल समेत नभएको अवस्थामा नयाँ विश्वविद्यालय किन आवश्यक प¥यो? भन्दै मन्त्रीलाई सांसदहरुले प्रश्न गरे।

उनीहरुले विश्वविद्यालय बनाउने राजनीतिक नेताले नभएर विश्वविद्यालय अनुदान आयोगले भएको भन्दै सरकारले विश्वविद्यालय अनुदान आयोगलाई सरकारले प्रभावकारी बनाउनु आवश्यक रहेको बताए। सांसदहरुले सरकारले विश्व विद्यालय माथि अर्को विश्वविद्यालय थाप्ने काम गर्न नहुने बताए। उनीहरुले सरकारले चलिरहेका विश्वविद्यालय भन्दा नयाँपन दिनसक्ने मात्रै ठिक हुने पनि उल्लेख गरे।

सांसदहरुले नयाँ विश्वविद्यालय खोल्न सरकारले अनुमति दिएपनि विश्वविद्यालयले अध्ययपानको लागि विद्यार्थी कहाँबाट ल्याउनु हुन्छ? भन्दै प्रश्न गरे। बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद डा.चन्द्र भण्डारीले नयाँ विश्वविद्यालय सञ्चालनको लागि विश्वविद्यालयले विद्यार्थीहरु विदेशबाट ल्याउने हो? भन्दै प्रश्न गरे। उनले नेपालका गाउँहरु खाली भएकाले केही वर्षमा स्नातक अध्ययन गर्ने विद्यार्थी नै नहुने अवस्थामा नयाँ विश्वविद्यालयको आवश्यकता नभएको बताए।

उनले नयाँ विश्वविद्यालय सञ्चालन गर्ने स्रोत व्यवस्थापन कसरी गर्ने सबै यकिन हुनुपर्ने बताए। उनले नेपालको शिक्षा प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताए।
विश्वविद्यालय अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुसँग प्रतिष्पर्धा गर्ने बनाउनसके मात्रै नेपाली विद्यार्थीहरु नेपालमा बस्ने उनको भनाइ छ।

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नयाँ विश्वविद्यालय थप गर्न नहुने बताए। उनले अहिले भइरहेका विश्वविद्यालय भन्दा नयाँ पन केही नभए नयाँ विश्वविद्यालयको लागि अनुमति दिएर काम नहुने बताए। उनले संविधानले नै रोजगारमुखी,सक्षम र प्रतिपष्र्धी बनाउने गरी विश्वविद्यालयले काम गर्नुपर्ने भनेको भन्दै त्यो गर्न सक्षम नयाँ विश्वविद्यालय तयार हुनुपर्ने बताए।

पुराना विश्वविद्यालय भन्दा फरक सरकारी व्यवस्थापन बाहिर रहेर विश्वविद्यालय बनाउने प्रश्तावमा फेरि परिवर्तन गरेर सरकारी खर्च व्यवस्थापन जोडेर प्रश्ताव आएको बताए। विश्वविद्यालय नाफारहित बनाउने प्रश्ताव गरेको भन्दै विश्वविद्यालय नाफा रहित कसरी हुन्छ ? भन्दै प्रश्न गरे। नेकपा एमालेकी सांसद विद्या भट्टराईले अहिलेको समाज पार्टीबाट निर्देशित,लिडरबाट शासित र कर्मचारीबाट तल पारिएको अवस्थामा नयाँ विश्वविद्यालयमा प्रवेश गर्छकी गर्दैन ? भन्दै प्रश्न गरे । उनले यस्तो अवस्था प्रवेश गर्दैन भन्ने आधार कति छ? स्पष्ट पार्न आग्रह गरे।

उनले विश्वविद्यालय बनाउने राजनीतिक नेताले नभए विश्वविद्यालय अनुदान आयोगले भएको भन्दै सरकारले विश्वविद्यालय अनुदान आयोगलाई सरकारले प्रभावकारी बनाउनु आवश्यक रहेको बताइन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले विश्वविद्यालयमा भएका समस्याका विषयमा शिक्षा मन्त्री सहमत भए भएका समस्या समाधान गर्नुपर्ने बताइन्।
उनले शिक्षामन्त्रीले भएका समस्या पहल गर्न के काम गर्दैहुनुहुन्छ ? भन्दै प्रश्न गरिन्।

उनले पुराना विश्व विद्यालयका बेथिति स्वीकार गरेर सरकारले नयाँ विश्वविद्यालय खोल्न अनुमति दिने नभइ सुधार गर्न आवश्यक रहेको बताइन्। उनले सरकारले त्रिभुवन विश्वविद्यालयमा भएका समयमा परीक्षा नहुने र परीक्षाफल प्रकाशन हुने समस्या तत्काल हटाउनु पर्ने बताइन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter