शनिबार, १४ जेठ २०७९

प्रधानमन्त्रीको भारत भ्रमणका बहुआयामिक परिणाम

देवेश झा

२२ चैत्र २०७८, मंगलवार ११:३० मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो नेतृत्वमा गठबन्धन सरकार गठन भएपछिको पहिलो औपचारिक भारत भ्रमण सम्पन्न गरेर फर्किनु भएको छ। दिल्ली प्रवासमा रहँदा प्रधानमन्त्रीको भेटघाट र दैनिक कार्यक्रम काठमाडौंका लागि चासोको विषय बन्नु स्वाभाविक थियो र बन्यो पनि। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदाको स्वागत, भारतीय जनता पार्टीको कार्यालय भ्रमण र यहाँसम्म कि हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्रीसँग भेट हुँदा देउवाको तर्फबाट टिपोट गर्न कोही नदेखिएको विषय पनि चर्चित बने।

विगत लामो समयदेखि शिथिल कूटनीतिक सम्बन्धलाई ऊर्जा प्रदान गराउन तीन दिनको यस औपचारिक भ्रमणबाट प्राप्त उपलब्धिबारे फरक–फरक दृष्टिकोण सार्वजनिक हुने क्रम जारी रहेको देखिन्छ।

कतिपय राजनीतिक दल र नेताका लागि प्रधानमन्त्री देउवाको भ्रमणलाई विवादास्पद बनाउने प्रयास भइरहेको छ। जबकी टेबलमा बसेर समाधान खोज्नुपर्ने मान्यता अनुरुप कूटनीतिक परिपक्वता देखाउदै प्रधानमन्त्री देउवाले सीमालगायत नेपाल-भारतबीच रहेका यावत् मुद्दा उठाएका छन्।

भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्द्धन श्रृंगलाले सीमा समस्या समाधान वार्ताबाट खोज्न भारत तयार रहेको उल्लेख गरेका छन्। यसले विगतमा नक्सा प्रकाशनपछि अवरुद्ध वार्ताको ढोका खोलिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष सीमा समस्या समाधान संयुक्त संयन्त्रबाट गर्ने प्रस्ताव देउवाले राखेको जानकारी संयुक्त पत्रकार सम्मेलनमार्फत गराउँदा भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्द्धन श्रृंगलाले सीमा समस्या समाधान वार्ताबाट खोज्न भारत तयार रहेको उल्लेख गरेका छन्। यसले विगतमा नक्सा प्रकाशनपछि अवरुद्ध वार्ताको ढोका खोलिएको छ।

त्यस्तै रेल सेवा सञ्चालन, सोलु करिडोर, रुपे कार्ड सञ्चालन, पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अगाडि बढाउने सहमति र भारतीय व्यापारीलाई नेपालमा लगानी गर्न कन्भिन्स गरेर देउवाले लगानीकर्तालाई विश्वस्त पारेका छन्।

सौहार्दपूर्ण द्विपक्षीय वार्ता र दुई देशबीचका सबै विवादित विषयमा गहन सम्वाद गर्न समकक्षी नरेन्द्र मोदीलाई तयार पारेर देउवा आफ्नो भ्रमणलाई अर्थपूर्ण बनाउन सफल भएका छन्। जसबाट प्रभावित मोदीले नेपाल भारत सम्बन्ध निर्माणमा देउवाको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरेका छन्।

रेल सेवा सञ्चालन, सोलु करिडोर, रुपे कार्ड सञ्चालन, पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अगाडि बढाउने सहमति र भारतीय व्यापारीलाई नेपालमा लगानी गर्न कन्भिन्स गरेर देउवाले लगानीकर्तालाई विश्वस्त पारेका छन्।

यसै क्रममा प्रधानमन्त्री देउवा दिल्लीस्थित भारतीय जनता पार्टीको मुख्यालय हेर्न पनि भ्याएका थिए। भाजपा अध्यक्ष जेपी नड्डा को मैत्रीपूर्ण आमन्त्रणलाई स्वीकार गर्दै मन्त्रीसहित उनी केही बेरका लागि सत्तारुढ दलको केन्द्रीय कार्यालय पुगेका थिए। नेपालको राजनीतिमा भारतीय काङ्ग्रेस पार्टी र केही वामपन्थी नेता संगको व्यक्तिगत सम्बन्धबाट सिर्जित सीमित व्यवहारलाई फराकिलो बनाउन गरिएको सो प्रयास निस्सन्देह सराहनीय छन् र यसले दूरगामी कूटनीतिक प्रभावसमेत पार्नेछन्।

काठमाडौंलाई तरङ्गित बनाउने टिप्पणीकर्ताले यसबारे प्रोटोकल सम्बन्धित चर्चा उठाउन खोजेको देखिन्छ। समकालीन विश्व कूटनीतिक प्रक्रियामा नेता बीचको मित्रवत व्यवहार अत्यन्त महत्वपूर्ण हुने गरेको पाइन्छ। कानुनी, प्राविधिक र राजनीतिक जटिलताबाट दुई देशमा उत्पन्न हुने कठिन समस्याको समाधानका लागि यी व्यक्तिगत पहल निर्णायक बन्ने गरेको तथ्यगत छ।

काठमाडौंलाई तरङ्गित बनाउने टिप्पणीकर्ताले यसबारे प्रोटोकल सम्बन्धित चर्चा उठाउन खोजेको देखिन्छ। समकालीन विश्व कूटनीतिक प्रक्रियामा नेता बीचको मित्रवत व्यवहार अत्यन्त महत्वपूर्ण हुने गरेको पाइन्छ।

नेपालको राजनीतिक इतिहासमा यस्ता घटनाक्रम धेरै पटक दोहोरिएका छन्। युद्ध लडे पनि नेपालका तत्कालीन राणा शासकले ब्रिटिशसँग मित्रको सम्बन्ध जारी राखेर आफ्नो हितलाई सम्वर्द्धन गरे। पञ्चायत कालखण्डमा तत्कालीन राजदरबारलाई भारतीय काँग्रेस पार्टीको राम्रो समर्थन प्राप्त थियो। नेपाल र भारतबीच उठान हुनेगरेको कतिपय मुद्दालाई राजा वीरेन्द्र र तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले व्यक्तिगत पहलद्वारा निराकरण गर्ने गरेको तथ्य अझैपनि पूर्वप्रशासकको अनुभवमा सुरक्षित छ।

यसैगरी २०४६ सालको राजनीतिक आन्दोलनलाई तत्कालीन भारतीय समाजवादी नेताबाट समर्थन प्राप्त भएको थियो। चन्द्रशेखर, सुब्रह्मण्यम स्वामी, हरकिशन सिंह सुरजीत लगायतका भारतीय नेताले उनको निजी सम्बन्धका कारण नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सक्रिय सहभागिता जनाउन गणेशमान सिंहको निवासमा आयोजित नेपाली काँग्रेसको कार्यक्रममा उपस्थित भए।

नेपाल र भारतबीच उठान हुनेगरेको कतिपय मुद्दालाई राजा वीरेन्द्र र तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले व्यक्तिगत पहलद्वारा निराकरण गर्ने गरेको तथ्य अझैपनि पूर्वप्रशासकको अनुभवमा सुरक्षित छ।

सत्तारुढ दल तथा नेता बीचको सम्बन्ध प्रति राजनीतिक क्षेत्रबाट अत्यन्त सावधानीपूर्वक र विचार पुर्याएर मात्र टिप्पणी गर्नु उचित हुनेछ। पञ्चायत शासनको तीस वर्षीय लामो कालखण्डसम्म प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष बीपी कोइरालाको व्यक्तिगत निकटता भारतका समाजवादी नेतासँग रह्यो। स्वनिर्वासनको क्रममा प्रवासमा रहँदा जयप्रकाश नारायण, राम मनोहर लोहियालगायत संगको मित्रवत सम्बन्धका कारण कोइरालालाई तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसँग अपेक्षित सामीप्य प्राप्त हुन नसकेर पनि सम्भवत नेपालमा राजनीतिक परिवर्तनलाई ढिलाई भए होला।

वर्तमान भारतीय राजनीतिक परिदृश्यमा भारतीय जनता पार्टीलाई निर्णायक भूमिका प्राप्त छ। उक्त दल एवम् तीनका नेतासँगको सम्बन्धबाट पनि नेपालको संवेदनशील मुद्दालाई सम्बोधन गराउन सक्ने बुद्धिचातुर्य देखाएर प्रधानमन्त्री देउवाले आफू कुशल कूटनीतिक जानकार रहेको प्रमाणित गरेका छन्। नक्सा प्रकरणबाट प्रदर्शित अराजक र परिणाम बिहीन कटुतापूर्ण अभिव्यक्तिबाट अहिलेसम्म के नै प्राप्त भएको थियो र ?

भारतीय राजनीतिमा भारतीय जनता पार्टी र त्यसका नेतासँगको सम्बन्धबाट पनि नेपालको संवेदनशील मुद्दालाई सम्बोधन गराउन सक्ने चातुर्य देखाएर प्रधानमन्त्री देउवाले कूटनीतिक कौशल देखाएका छन् ।

भ्रमणको तेस्रो दिन प्रधानमन्त्री देउवा आइतबार बिहान नेपाली प्रतिनिधिमण्डलसहित बनारस पुगेका थिए। जहाँ देउवाद्वारा काशी विश्वनाथ मन्दिर, बनारस हिन्दु विश्वविद्यालय र बीपी कोइराला भाडामा बसेको घरको पनि अवलोकन गर्ने कार्यक्रम थियो। यसैगरी उत्तर प्रदेशमा निर्मित पशुपतिनाथ मन्दिरको उद्‌घाटन कार्यक्रम राखिएको थियो। शेरबहादुर देउवाले पत्नी आरजुसहित बाबा विश्वनाथ मन्दिरको दर्शन र विधिविधानअनुसार पूजापाठ गरेका छन्। जसमा पलेँटी कसेर बसेका मन्त्री र होम गर्न उभिएकी पम्फा भुसाललाई देखिनु रोचक बनेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पशुपतिनाथ र मुक्तिनाथको दर्शन र पूजापाठ गरेका थिए। अहिले प्रधानमन्त्री देउवाले पनि मोदीको संसदीय क्षेत्रमा पुगेर त्यहाँ रहेको बाबा विश्वनाथको दर्शन र पूजा गर्नु सुखद संयोग भएको छ। काशी भ्रमणका क्रममा देउवाले नेपालका मन्दिरसँग सम्बद्ध वृद्धाश्रमलाई जीर्णोद्धारको लागि शिलान्यास गरेका छन्।

नेपालका लागि काशी भनेको परम तीर्थ स्थान हो। साथै यसको राजनीतिक महत्त्व पनि उक्तिकै छ। काशीमा नेपालको नेतृत्व तहबाट दुई सय ३८ पछि कुनै पनि योजनाको शिलान्यास भएको हो। यसअघि सन् १७८४ मा राजा रणबहादुर शाहले बनारसमा पशुपतिनाथ मन्दिर र धर्मशालाको शिलान्यास गरेका थिए। जुन सन् १७८७ मा तयार भएर रणबहादुर शाहबाट नै उद्घाटन पनि भएको थियो। अर्थात् २ सय ३८ वर्षअघि रचित इतिहासलाई देउवाले दोहोर्याउने अवसर पाएका छन्।

नेपाल भारतबीचको सम्बन्ध औपचारिक मात्र नभई सामाजिक, सांस्कृतिक, धार्मिक र पारिवारिक स्तरसम्म छ । देउवा भ्रमणलाई राजनीतिक, कूटनीतिक, आर्थिक र धार्मिक गतिविधिमा केन्द्रित गरेर बहुआयामिक बनाएका छन् ।

बनारसस्थित एयरपोर्टमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधामन्त्री देउवा, पत्नी आरजु र मन्त्रीलाई स्वागत गरेका थिए। त्यहाँबाट उनीहरू कालभैरव मन्दिर पुगेर पूजापाठ गरेपछि बाबा विश्वनाथ धाम पुगेका थिए। मन्दिरमा पनि देउवाको स्वागतमा ‘ॐ नमः शिवाय’ धुन बजाइएको थियो।

नेपालमा भारतबारे प्रायजसो दुई प्रकारका दृष्टिकोण रहेको पाइन्छ। कतिपयको बुझाइमा यी दुई देशबीच औपचारिक र असल छिमेकीसँग जस्तै सम्बन्ध हुनुपर्दछ। जसअनुसार यसलाई कुनै प्रकारको विशेष आवरण दिनु आवश्यक छैन। जबकी धेरैलाई नेपाल भारतबीचको सम्बन्ध औपचारिक मात्र नभई सामाजिक, सांस्कृतिक, धार्मिक र पारिवारिक स्तरसम्म रहेको लाग्छ र यही यथार्थलाई स्वीकार गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले यसपटकको औपचारिक भारत भ्रमणलाई राजनीतिक, कूटनीतिक, आर्थिक र धार्मिक गतिविधिमा केन्द्रित गरेर बहुआयामिक बनाउन सफल भएका छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter