शुक्रबार, ०७ बैशाख २०८१

समाज परिवर्तनमा महिलाको भूमिका

१६ चैत्र २०७८, बुधबार १०:४६ मा प्रकाशित

रमिता सिंजाली /

महिला अथवा नारी ति शक्ति हुन् जो मातृत्वासल्यले भरिपूर्ण हुन्छिन् । दयाका खानी हुन्छिन् । आनो सम्पूर्ण खुसी हुन्छ । चाहानालाई त्यागेर अरुको लागि बाच्न सक्छिन् । अनेक दुःख कष्ट सहेर पनि आनो घर परिवारको खुशीमा आनन्दित हुन्छिन् । आनो भूमिका निर्वाह गर्दै सामाजमा आइपर्ने हरेक काम पनि आनो साथीभाई इष्टमित्र सबैका लागि गर्नुपर्ने कर्तव्य पनि पुरा गर्छिन । यी सबै जिम्मेवारी पुरा गर्ने क्रममा महिलाले आनो सन्तानहरुलार्य पहिलेदेखि नै असल ज्ञानका कुराहरु सिकाउने उनीहरुलाई आत्मनिर्भर हुन सक्ने ज्ञान दिने, सत्यबाटो लाग्ने प्रेरणा दिने ।
अहिलेको अवस्था हेर्दा बच्चाहरुको स्थति भयावह छ । सानै देखि मोवाइलफोन, कम्प्युटर टेलिभिजनमा समाएर बसेका हुन्छन् । समाजबाट टाढिदैन गएका छन् । उनीहरूको माग पुरा गर्दै गएका छन् । अलिकति ध्यान पिएर महिलाहरुले आनो बच्चाहरुलाई सक्षम हुने वातावरण बनाएर समाजमा घुलमिल हुन सिकाउनु पर्दछ । अरुको दुःखमा साथ दिन सिकाउनु किननी बच्चाको पहिलो पाठशाला घर त्यसमा पनि आमा वा नारी हुनुपर्दछ । सभ्य संसकार आनै घरबाट शुरु हुनुपर्दछ । आफूले जानेको कुरा छिमेकीमा पनि सिकाउनु । समयलाई सही प्रयोग गरी आर्थिक पार्जनमा ल्याउन सक्नु पर्दछ । अनि समाजमा पनि राम्रो प्रभाव पर्छ ।

अहिले महिलाले गर्न सकेको काम कुन चाही छ र ? हरेक क्षेत्र वा ठाउँमा महिलाको पहुच पुग्न जरुरी छ । महिलाले गरेको घरेलु कामबाट पनि अर्थोपार्जन हुन्छ । कुनै बेला सति प्रथा पनि समाजमा कायम थियो । समाजमा सचेत मानिसले गर्दा नै यसको अन्त्य भएको हो । समाजमा रहेको कुरीति, छोरी बुहारी बिच भेदभाव, छोरा छोरी बिचको भेदभाव , हटाउन पनि महिलाले महत्पूर्ण भूमिका खेल्दछ । अन्त्यमा महिलाको मुक्तिको लागि महिलाले नै जागृत भएर अगाडी बढ्नु जरुरी छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter