मङ्गलबार, ११ बैशाख २०८१

कोभिड-१९,मुस्लिम आयोग र मस्जिद मदर्साको अनुगमन

१९ बैशाख २०७७, शुक्रबार १९:४४ मा प्रकाशित

कोभिड-१९ को संक्रमणले विश्व आक्रान्त छ,मतमतान्तरलाइ थाती राख्दै ब्यक्तिगत र संस्थागत रुपमा यसको बिरुद्धमा लाग्न जरुरी छ।केही सुझबुझको कमि र स्वार्थी पत्रकारको कारणबाट कोरोना र तब्लिगी जमाअतको सन्दर्भमा केही अफवाह र भ्रम सृजना भए,गराएता पनि यसले सामान्य रुपधारण गरिसकेको छ।

नेपालको संविधान २०७२को धारा २६४ ले नेपालमा मुस्लिम समुदायको ईतिहास,संस्कृतिको पहिचान,हकहित संरक्षण र सम्बर्द्धन तथा सशक्तीकरणको लागि संबैधानिक मुस्लिम आयोगको ब्यवस्था हुनु सुखद कुरा हो।मुस्लीम आयोग एेन २०७४(संसोधन एेन २०७५)ले आयोगको काम कर्तव्य र अधिकार पनि स्पष्ट गरिसकेको छ तर आयोगले पूर्णता नपाउनु दुखद पक्ष त छदैछ तर आयोग आफ्नो काम कर्तब्य प्रती अलमलमा वा दिशाहिन वा राजनैतिक छाया वा कुन कारणले हो, गति लिन नसकेर सानातिना कुराहरुमा अल्मल्लिरहेको भान हुन्छ।
मुस्लिम आयोगले मुस्लिमहरुको समग्र स्थितिको अध्ययन गरि उनिहरुको हकहित संरक्षण,सम्बर्द्धन र सशक्तीकरणको लागि नितिगत, कानुनि,सस्थागत सुधारका बिषयमा तथा आवस्यक नीति,योजना तर्जुमा र प्रभावकारि कार्वान्वयनका लागि सरकारलाइ सुझाब र सिफारिस गर्ने,नीति तथा कार्यक्रमको सुझाब र सिफारिस बमोजिम कार्यान्वयनको समिक्षा,अनुगमन र मुल्यांकन गर्ने तथा मुस्लिम समुदायको अधिकार उल्लंघन गर्ने ब्यक्ती वा संस्थाको बिरुद्द उजुरी संकलन गरि सो उपर छानबिन वा तह्किकात गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने आदि काम कर्तव्य र अधिकार पाएको मुस्लिम आयोग आफ्नो काम प्रती सचेत छ?छ भने मुस्लिम हकहितको लागि कतिवटा कुनकुन योजना,कार्यक्रम र सशक्तीकरणको नितिगत,कानुनी, सस्थागत सुधार,हकहित, संरक्षण र सम्बर्द्धनका लागि सुझाब र सिफारिस सरकार समक्ष पेश गर्यो?पेश गरेका सुझाब र सिफारिसको कार्यान्वयन भए नभएको समिक्षा,अनुगमन र मुल्यांकनको फेहरिस्ता नेपाली मुस्लिम समुदायलाई दिन सक्छ?सक्दैन भने आफ्नो उपस्थिति देखाउनकै लागि एउटा जल्सा,कन्फ्रेन्स,इज्तेमामा प्रस्तुत भएर फोटो खिचाउदैमा आफ्नो कर्तव्य पूरा भएको ठान्दछ भने मेरो भन्नू केही छैन।

आयोगबाट भैरहेको मस्जिद मदर्साको अनुगमनले पनि केही प्रश्न उब्जाएको छ।
के आयोगले मस्जिद मदर्साका सन्दर्भमा कुनै निति,कार्यक्रम,योजना सरकार समक्ष पेश गरेको थियो?त्यो नीति योजना कार्यक्रम सरकारबाट लागू गराइ कार्यान्वयनको अवस्थामा थियो? र त्यस्को अनुगमन गर्नका लागि खटाइएको हो?होइन भने आफ्नो भूमिका शून्य भएको ठाउमा के को अनुगमन?

मस्जिद मदर्सामा कोरोना सन्क्रमित लुकाएर राखिन्छ , लकडाउनको पालना हुदैन समिति हरु केही जान्दैन भन्ने मान्यतामा अनुगमन गर्न खोजिएको हो ? होइन भने आयोगले सरकारलाई हाम्रा मस्जिद बिशुद्द प्राथना गर्ने ठाउँ हो र यहाँ एक/दुई धर्मगुरु,एक मुवज्जिन,अन्य एक/दुई कामदार हुन्छ्न र मदर्सा इस्लामी शिक्षा दिने ठाउँ हो र अहिले नेपालका सबै मदर्सा लकडाउन सङगै बन्द छ्न यहाँ कुनै पनि अवाञ्छित क्रियाकलाप हुदैनन,हामिले प्रत्येक मस्जिद मदर्साका समितिहरुलाइ लकडाउनको पुर्णपालना गर्न TOR समेत दिएका छौ, मस्जिदमा उल्लेखित ४/५जना बाहेक अरु भिडभाड नगर्न,घरमा नमाज पढन, धर्मगुरुहरुबाट आदेश लिइ निर्देशन गरेका छौ(धार्मिक कुराहरुमा आदेश गर्ने आयोगको अधिकार छैन ,धर्मगुरुहरुको हवाला दिनुपर्छ भन्ने मेरो बुझाइ हो) र हाम्रा समितिहरु सक्षम छन । आवश्यक ता अनुसार स्थानीय सरकार तथा प्रशासन संग समन्वय गर्न भनेकाछौ भन्ने अडान लिनसक्नुपर्थ्यो।
यति ठूलो हैसियत भएको संबैधानिक आयोग आफै यी सदियौ देखि दुख गरेर, घरघर,बस्तिबस्ती,देशबिदेश घुमेर इस्लामी आर्थिक ब्यवस्था अनुसारका जकात,सद्का तथा अन्य मनकारिहरुको सहयोग संकलन गरि सन्चालन भएका मदर्सा र बिशुद्द नमाज पढ्ने मात्र कामको लागि बिशुद्द धनबाट चन्दा लिइ बनाइएका मस्जिदहरुको समितिहरुको बिश्वास नभएको र मस्जिद मदर्साहरुमा मानिस(मुसलमान,मुसलमानले मुसलमानलाई)लुकेका/लुकाइएका, लकडाउनको उल्लंघन गरेको आशंका उब्जिने ,मस्जिद मदर्सा समितिलाई कमजोर बनाइ गलत सन्देश जाने किसिमले,अनुगमनको नाममा कतिपय त मस्जिद मदर्साले समेत नचिनेका बिशुद्ध राजनैतिक कार्यकर्तालाइ लुरुलुरु हिडाएर, मस्जिद मदर्सामा डुलाएर आफ्नो उपस्थिति देखाउने माध्यम बनाउनु अघि आयोगले राम्रो सोचबिचार गर्नु पर्दथ्यो ।कथमकदाचित सुचनाको कमि,अज्ञानता र सुझबुझको कारणले कोहि कतै अल्झिएर बसेको पाइएको भए वा पाइएमा आयोगका लागि त्यो अभिषाप हुन्छ कि हुदैन?त्यसतर्फ आयोग सचेत छ?यसरी एक्कासी कुनै योजना,निति ,कार्यक्रम बिनाको अनुगमन गर्न संबैधानिक आयोगले ब्यक्तिहरुलाइ खटाउछ र खटिने आफ्नो इज्जत र सान बढेको महसुस गरि आज अनुगमन गर्दा यो पाइयो र त्यो पाइयो/लकडाउनको पालना गर्न सिकाइयो भनेर फोटो खिचाउदै हिड्ने र अनुगमनमा नपरेका र हिड्न नपाउनेले अब मेरो जिन्दगिको यात्रा नै सकियो भनेर अत्तालिएका हर्कतहरु प्रदर्शन गर्छौ भने नेपाली मुसलमानहरुले ब्यक्तिगत र सस्थागत रुपमा आफ्नो अवस्था र हैसियतको राम्रो विश्लेषण गर्नु जरुरी छ।
लेखक
रहम तुल्ला मियाँ
वडा अध्यक्ष गो.न.पा.-२
सचिब,नेपाल मुस्लिम सङघ र्राष्ट्रिय समिति

 

(लेखको सर्वाधिकार लेखकमा निहित छ ।)

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter