बिहिबार, १५ चैत २०८०

धर्म र रोग

नूर मोहम्मद मिया

७ बैशाख २०७७, आईतवार १९:५२ मा प्रकाशित

धर्म एक आस्था हो । धर्म भन्नाले दैवि शक्तिमा गरिने विश्वास र त्यस्ता शक्तिहरू सँग सम्बन्धित नैतिक आचरण, व्यवहरार, मूल्य तथा मान्यतामा आधारीत हुनछन् । मानव सँस्कृतीको विकाश सँगै धर्मको अर्थ समाज र ब्यक्ति अनुसार फरक फरक पाइन्छ । संसारमा मानिसहरू बिभिन्न किशिमका धर्महरू पालना गर्दछन् । त्यस मध्ये हामी इस्लाम धर्मलाई मान्दछौ ।

इस्लाम धर्मको मतलब हो शान्ति ! इस्लाम धर्मले कुनैपनी हिंसा भेदभाब र अरुलाई हानी गर्ने कार्यलाई स्वीकृती दिदैन । हरेक धर्ममा समाजमा,समुदायमा राम्रा नराम्रा मानिसहरू हुनछन् । केही मानिसहरूले नराम्रो काम गरे भन्दैमा पुरा धर्म,समाज र समुदायलाइ लाल्छना लगाउनु अन्यापूर्ण हुनेछ । धर्मले मानिसलाइ जिवन जिउने तरिका सिकाउछ,सत्यको मार्गमा हिंड्न सिकाउछ । धर्मको नाममा राजनिती नगरौ ।

रोग भन्नाले सजीव प्राणीहरू शरीरमा देखिने असामान्य अवस्थालाई बुझाउँछ । विभिन्न दृश्य तथा अदृश्य किराहरू र किटाणुहरूको आक्रमणबाट सजीव वस्तुहरूलाई हानी गर्नेलाइ रोग भनिन्छ । रोगले न धर्म न जात न गरीव न धनी न बच्चा न जवान न बुढो भन्छ । आज पुरा विश्व कोरोना भाइरस (कोभिड-१९) को रोगले गर्सीत छ । यो रोगले हाम्रो देश नेपाल पनी अछुतो हुन सकेन । हामी सबै नेपालीहरू यो रोगबाट चिन्तीत छौ । यो रोगलाई हामिले एकजुट भएर सामना गर्नू पर्ने छ ।

यस्तो बेलामा कोरोना भाइरस (कोभिड-१९) भन्दा पनि खतरनाक रोग यानि धर्मको रोग लगाएर राजनिती गर्ने प्रयास भएको छ । हामी सचेत नेपाली नागरीकहरू कोरोना भाइरस (कोभिड-१९) र धर्म रोग बाट सचेत हुनुपर्ने जरूरी छ । तपाई हामी मिलेर यि दुबै रोगलाई परास्त गर्नूपर्ने छ ।

जय देश ! जय एकता ! जय नेपाल !

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter