बिहिबार, १३ बैशाख २०८१

मोहना अंसारीको पाँच नसीहत

अन्जानवश हामी हरेक व्यक्ती, घटना र इशु लाई हिन्दू, मुस्लिम, सिख, इसाइको लेन्सबाट हेर्ने र सोच्ने अभ्यस्त हुँदै गए छौ।

५ बैशाख २०७७, शुक्रबार १६:२१ मा प्रकाशित

कोरोना विपद र सामाजिक सद्भाव।

कोरोना वायरस र लाकडाउनको संकटमा सामाजिक सदभाव कायम राख्नु अत्यन्त महत्वपूर्ण छ। सामाजिक सन्जालमा साम्प्रदायिक पोस्ट, कमेन्ट, टिप्पणी, बहसबाजी बाट बचौ र बचाऔ। सदभाव बिगार्न खोज्ने तत्वलाई प्रोत्साहन न गरौ। हेटस्पीच बाट टाढा रहौ। हाम्रो थोरै प्रयास बाट हामी सामाजिक सदभाव बलियो बनाउनमा योगदान गर्न सक्छौ।

यो कसरी हुन्छ?

१- आँफै बाट शुरुवात गरौ। आफ्नो सोशल मिडियालाई सैनीटाइज गरौ। तपाईं जुन धर्म मान्नु हुन्छ त्यो अत्यन्त राम्रो छ, महान छ। धर्मको शिक्षण् आफ्नो जीवनमा उतार्ने कोशीश गर्नुस्। सामाजिक सन्जाललाई आफ्नो आस्था र सम्प्रदायको प्रचार गर्नुको सट्टा साझा सरोकारका सामाजिक मुद्दा, विचार, विमर्शमा प्रयोग गरौ। सामाजिक सन्जाललाई धार्मिक बहस गर्ने प्लेटफर्म न बनाओ।

२- कसैले धार्मिक, साम्प्रदायिक पोस्ट गरेमा उत्तेजित न हौ, उपेक्षा गरौं। त्यस्तो पोस्टमा कमेन्ट, बहस, लाइक, शेयर गरेर महत्व न बढाऔ। उत्तेजक कुरा गरेर बातावरण बिगार्न खोज्ने तत्व हरेक समुदायमा हुन्छन। उपेक्षा नै उनीहरुलाई निरुत्साहित गर्ने सर्वोत्तम उपाय हो। यद्यपी स्वस्थ्य, शालीन, तर्कपूर्ण, विमर्श, संवाद र विचारको आदानप्रदान गर्न चाहने सँग सन्तुलित र मर्यादित भाषामा संवाद गरौं। अभिव्यक्ती स्वतन्त्रताको सम्मान गरौ।

३- कुनै व्यक्ती, समुह वा संस्थाबाट हुने गल्तीमा सम्पूर्ण समुदायलाई न मुछौ। त्यस्तै प्रकारले, कुनै व्यक्ती, समुह वा संस्थाको अलोचनालाई सम्पूर्ण समुदाय माथि आरोपको रूपमा न बुझौ। कुनै व्यक्ती, समुह वा संस्था माथि प्रश्न उठेको छ भने त्यही समुह बाट अधिकारिक स्पस्टिकरण आउने अवसर दिउ। अनावश्यक रूपले डिफेन्सिव वा अफेन्सिव हुनुको सट्टा सन्तुलित मनन गरौ।

४- अब्दुलले अखिलेशको दाहसन्स्कार गरेको अर्थ छिमेकीले छिमेकीको दाहसन्स्कार गरेको हो। मिडियाले यसलाई “मुस्लिमले गरे हिन्दूको दाह सन्सकार” हेडलाइन बनाउन्छ। अथवा, अखिलेशले अब्दुललाई पौडी खेल्दा डुब्न बाट बचायो भने “हिन्दूले बचायो मुस्लिमको ज्यान” भन्ने हेडलाइन बनाउन्छ। मिडियाले राम्रै उद्देश्यले गर्छ होला। तर, अन्जानवश हामी हरेक व्यक्ती, घटना र इशु लाई हिन्दू, मुस्लिम, सिख, इसाइको लेन्सबाट हेर्ने र सोच्ने अभ्यस्त हुँदै गएका छौ। हरेक कुरामा धार्मिक पहिचानलाई मह्त्व दिने प्र्व्रित्तीले गर्दा कुनै व्यक्ती वा समुहबाट हुने गल्तीमा पनि धर्म र समुदाय इङित हुन जान्छ। तसर्थ, हरेक कुरामा धार्मिक, साम्प्रदायिक पहिचानको अतिवाद बाट बचौ र बचाओ। व्यक्तीलाई व्यक्तीको रूपमा, संस्थालाई संस्थाको रूपमा चिनौ।

५- सम्भव भए सम्म चाडबाड, विवाह्, विपद व्यवस्थापन, राहत वितरण आदी सामुहिक, सामाजिक कार्यलाई धार्मिक, सान्स्कृतिक सौहार्द्र र समझदारी बढाउने अवसरको रूपमा उपयोग गरौ। सामाजिक, सान्स्कृतिक कार्यहरु बढी भन्दा बढी समावेशी ढंगले सन्चालन गरौ।

याद राखौ, हामी बहु-धार्मिक, बहु-जातिय, सहिस्णु समाज हौ। अनेकतामा एकताको यो अनुपम सौन्दर्य अक्षुण्ण राख्नु हाम्रो जिम्मेवारी हो। विपदको समयमा यो एकता झन बलियो बनाउनु पर्छ। एकताको बलले कोरोना वायरस र साम्प्रदायिकता दुवै लाई हराउन सकिन्छ।

#मोहना अंसारी को फेसबुक भित्ता बाट

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter