शुक्रबार, १६ चैत २०८०

मस्जिदको लागि पांच एकड़ लिने गल्ती नगरौं

२६ कार्तिक २०७६, मंगलवार १३:१५ मा प्रकाशित

मोहम्मद शाहिद अलि

बाबरी मस्जिदकाे निर्माण सन १५२८-२९ मा भएकाे हाे । अर्थात् पाँच सय बर्ष पुरानाे इतिहास बाेकेकाे इस्लाम धर्मावलम्बीहरूकाे आस्थाकाे केन्द्र बिन्दु थियाे । उक्त मस्जिद बाबर, भारतकाे प्रथम मुग़ल सम्राटद्वारा निर्माण गरिएकाे थियाे । जसलाई राजनीतिक रणनीतिकाे घेरामा पारियाे । र, त्याे रामजन्मभूमि भएकाे दावा सहित यसलाई साम्प्रदायिक मुद्दा बनाइयाे । फलतः याे दशकाैंदेखी चुनावी नारा नै बन्ने गऱ्याे । सन १९९२ मा एक राजनीतिक सभा जसमा भनिन्छ लगभग डेढ़ लाखकाे उपस्थिति थियाे त्याे भिड़ले यसलाई भत्काए (सहिद गरे) । उक्त घटनाले दिल्ली-मुम्बई लगायत ठूला शहरहरूमा दंगा हुन पुग्याे जसमा लगभग २००० मानिस मारिए-सहिद भए ।

बर्षाैंदेखी विवादित यस मस्जिदकाे फ़ैसला अस्ति सुप्रीम काेर्टले उक्त भत्किएकाे मस्जिदमा भारतीय पुरातत्व विभागले गरेकाे सर्वेक्षणको एउटा प्रतिवेदनलाई आधार मान्दै राम मन्दिरकाे पक्षमा फैसला गऱ्याे ।

साथै अदालतले सुन्नी मुस्लिम वक्फ बोर्डलाई मस्जिद बनाउनका लागि पाँच एकड अलग्गै जमिन उपलब्ध गराउन भनेको छ ।

प्रथमत: सुप्रीम काेर्ट उच्च न्यायालय त पक्कै हाे तर, अचूक छैन । पक्कै पनि याे निर्णय मुस्लिम समुदायकाे आस्था माथी प्रहार हाे । जाे राज्य शक्तिकाे शक्तिका आधारमा बहुसंख्यक धर्मवालम्वीहरूकाे पक्षमा गरिएकाे फैसला हाे । जाे न्यायीक कदापी छैन । न्यायीक हुन्थ्याे भने याे निर्णय लिन दशकाैं पक्कै लाग्ने थिएन । तर, हेक्का राख्नु पर्ने कुरा के हाे भने के अब मुस्लिम शासक आए पुनः राम मन्दिर ताेडेर मस्जिद बनाउने ? त्यसाे कदापी गर्नु हुँदैन ।

न्यायीक नभए पनि यस फैसलाकाे स्वागत गराैं । कुनै हिंसा भड्कन नदिउँ । विश्वभर शान्ति क़ायम राखाैं । तर, भिकमा पाएकाे ५ एकड़ ज़मीन लिने गल्ति गर्नु हुँदैन । लड़ाई मस्जिदकाे मात्र हैन पहिचान र, आस्थाकाे पनि थियाे । मुसलमानले नमाज पढ्न मस्जिद नै चाहिन्छ भन्ने छैन । मस्जिद नै बनाउँन परे स्वयं मुस्लिम समुदाय मस्जिद बनाउँन सक्षम छ ।

अल्लाह अज्ज व जल्ल हर भेदलाई जान्दछ । अल्लाहलाई धैर्यता सबैभन्दा धेरै पसन्द छ । हामी शान्ति प्रिय समुदाय हाैं । धैर्यता राखेर हामी इस्लामकाे वास्तविक परिचय दिउँ । हाम्राे आस्था माथी प्रहार भए पनि हाम्राे आस्थालाई ढाल्न सक्ने छैनन् । सबैभन्दा ठूलाे कवज हाम्राे इमान हाे ।

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter