शनिबार, ०८ बैशाख २०८१

विश्वबन्धुत्वको सन्देश दिन पन्ध्र सय नेपाली साउदी अरेबिया ज़ादै

शमशाद आदिल

५ श्रावण २०७६, आईतवार १२:२७ मा प्रकाशित

विश्वबन्धुत्वको सन्देश दिन संसार भरी बाट इस्लाम धर्मावलम्बीहरू साउदी अरेबिया को मक्का मदीना भेला हुदै छन।
इस्लाम धर्मावलम्बीहरूको पाँच आस्था मध्ये ‛ हज’ जीवनमा एकपटक सामर्थ्य भएकाहरू माथि अनिवार्य छ । एकेश्वरवादी मुस्लिमहरू यस वर्ष करीब चालीस लाख महिला पुरुषहरू साउदी अरबको यात्रामा रहेको अनुमाम छ ।


अरबी पात्रोको जिल्हिज्जा महिनाको ९ तारीखमा अरफ़ात भन्ने ठुलो मैदानमा भेला भई अल्लाहको प्रार्थना गर्नेगर्दछन ।
मक्का को परिक्रमा गर्नु, जमजम पानी खानू, सम्पूर्ण मानवको अन्तिम ईशदूत हजरत मोहम्मद को दर्शन अनुरूप मस्जिदे नबवीमा नमाज पढ़ने, मदीनामा केही दिन बसाई गर्ने , सफ़ह र मर्वह नामक पहाड़ बीच दौडने , खजुर नामक फलहरू खाने गरिन्छ ।

ईशदूत मोहम्मद ले आफ्ना अनुयायीहरुलाई अरफ़ात मैदानमा मा जीवनको अन्तिम उपदेश दिदै भनेका थिए “ हे आस्थावान एकेश्वरवादीहरू सुन , तिमिहरू एकजुट भएर अगाडि बढ़, सबै जना एक अमा बुवा को सन्तान हौउ , काला र गोरा बीच केहि पनि भेदभाव न गर , अल्लाहको सामु इशभय बढ़ी भएका व्यक्तिहरू ठुलो सम्मान छ “।
संसारको विभिन्न कुना काप्चा बाट जम्मा हुने अनेकौँ भाषा भाषी, हजयात्रीहरू करीब पैतालीस दिन सम्म सँगै मिलेर सम्पूर्ण कार्यमा संलग्न हुन्छन । साना ठुला बीच भेदभाव हुदैन । काला गोरा को फरक हुदैन। वास्तवमा भन्ने हो भन्ने इस्लाम धर्ममा भेदभाव हुदैन । जसको अध्यन गर्न इशग्रन्थ क़ुरआन र शान्तिदूत मोहम्मदको जीवनीलाई नियाल्नु पर्छ।

नेपाल सरकार गृहमन्त्रालय अन्तर्गत हज समितिको अनुसार पहिलो चरणमा बाह्र सय जना जादै छन भने दोस्रो चरणमा तीन सय जना थप जाने कार्ययोजना रहेको छ ।
हज एउटा जीवनको पवित्र कार्य हो ।जसमा अंतर्राष्ट्रीय स्तरमा गोलबद्ध भई संसारको वास्तविक्ता बुझ्ने , आफुलाई अनुशासित,परिश्रमी र धैर्यवान वनाउने अभ्यास पनि हो । मानिसहरू लोभलालच मुक्त भई मित्रवत भावना राखि हज गर्ने गर्दछन ।
ईशदूत हजरत मोहम्मद माथि अल्लाहको शान्ति होई बख्सियोस, सबै हजयात्रीहरूको हज अल्लाहले कबूल गरुन।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter