सोमबार, २४ बैशाख २०८१

नेपालमा ईद र सरकारको बिभेदकारी सार्वजनिक बिदा

अहमद हुसैन रजवी

२३ जेष्ठ २०७६, बिहीबार १६:४० मा प्रकाशित

ईदुल-फित्र शब्द अरबी भाषा बाट अएको हो।ईदुल-फित्र दुई वटा शब्द ईद र फित्र बाट बनेको हो।ईद को अर्थ पर्व/खुसी र फित्र को अर्थ उपवास तोडनु हुन्छ । ईदुल-फित्रको शाब्दिक अर्थ उपवास तोडने पर्व हुन्छ। ईदुल-फित्रलाई छोटकरीमा ईद भनिन्छ। अरबी पात्रो अनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईदु -फित्र मनाउने कार्यक्रम तय हुन्छ ।अरबी पात्रो हिजरी सम्वत अनुसार दशौँ महिनाको पहिलो दिन ईदुल-फित्र मनाईन्छ। पर्वमा इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ कुरानमा उल्लेख छ। यसरी दान गरिएको नगद वा जिन्सी गरिबलाई बाँडिन्छ। जसलाई जकात भनिन्छ। ईदुल-फित्रमा प्रत्येक व्यक्तिले आफ्नो इच्छ अनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सदका र फितर भनिन्छ। आज मुस्लीम समूदायले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर ईदुल-फित्र पर्व मनाउने चलन छ। ईदका अवसरमा विशेष नमाज पाठ गरेपछि आफूभन्दा ठूलाबडा कहाँ गएर शुभकामना लिने र दिने पर्चलन छ। शुभकामना लिन आउने आफन्तलाई सेवइ, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन रहेको छ। विश्वभरका र नेपालका १४ लाख मुस्लिम धर्माबलम्बीहरुले एकआपसमा शुभकामना आदान प्रदान गर्दै बुधबार आफ्नो महान चाड ईदु -फित्र मनाएकाछन्। सरकारले ईदु -फित्रका अवसरमा बुधबार देशभर सार्वजनिक बिदा दिएको छ।देशमा गणतन्त्र र धर्मनिरपेक्षता स्थापित भएपछि सरकारले ईद र बक्रईदकाे राष्ट्रिय सार्वजनिक बिदा दिंदै अाएकाे थियाे। त्याे विदा मुस्लिम मात्रकाे लागि दिइएकाे बिदा थिएन । त्याे एउटा राष्ट्रिय प्रकृतिकाे बिदा थियाे । ईद नेपालकाे राष्ट्रिय चाडकाे रूपमा स्थापित भएकाे थियाे । तर, गत वर्ष सरकारले बिदाहरूलाई व्यवस्थापन गर्ने बहानामा धरै बिदालाई उसकाे अाकारबाट खुम्च्याउने निर्णय गर्दा ईद र बक्रईदकाे विदालाई समुदाय वा धर्म विशेषले मनाउने विदाकाे रूपमा व्याख्या गरेर मुसलमान मात्रले विदा लिन पाउने गरी हुने सार्वजनिक विदाकाे रूपमा व्याख्या गरेर एक दसकदेखि स्थापित राष्ट्रिय प्रकृतिकाे विदालाई समुदाय मात्रले लिने सार्वजनिक विदाकाे वर्गमा राखेर खुम्च्यायाे । अझ पछिल्लाे समयमा दिइएकाे मुहम्मद दिवसकाे विदालाई त खारेज नै गरिदियाे । सरकारकाे यस निर्णयकाे गत वर्षदेखि नै समुदायले बिराेध गर्दै अाइरहेकाे थियाे । देशभर कालाे पट्टि बाँधेर ईद र बक्रईदकाे नमाज पढ्ने गर्ने काम पनि भयाे । समुदायले सरकारलाई सयाैं ज्ञापनपत्र बुझाएकाे छ । माेरङ, बाँके लगायतका केही जिल्लाहरूमा समुदायले सरकारकाे बिरूध्दमा प्रदर्शनहरू पनि गरे । मुस्लिम नेता, मुस्लिम गठबन्धन र अन्य संघ-संस्थाहरूले पटक पटक प्रधानमन्त्री, ठूला पार्टीका शीर्ष नेता, गृहमन्त्रीलगायत अन्य मन्त्रीहरूलाई ज्ञापनपत्र बुझाउने, दवाव दिने र विदाकाे महत्व र प्रकृतिबारे कन्विन्स गर्ने लगायतका कामहरू गरे । यसले सरकारमा रहेका प्रधानमन्त्री, मन्त्री र नेताहरू ईद अादि विदाकाे बारेमा सकारात्मक हुँदै गए। दुई महिनाअघि सरकारले एकपटक क्याबिनेटमा छलफल पनि गर्यो । कुनै कारणले निर्णय हुन सकेन । फेरि देशभर चर्काे बिराेधहरू भए । यस बीचमा मुस्लिम अायाेग, मुस्लिम इत्तेहाद माेर्चा, नेपाल संघीय समाजवादी पार्टी, मुस्लिम संघ लगायतका संघ-संस्था र निकाय र शहरी विकास मन्त्री माेहम्मद इश्तियाक राई र सांसद कलिला खान लगायतकाे सक्रियताले प्रयास परिणाममुखी बन्याे । सरकारले ईदकाे विदालाई गत साताकाे मन्त्री परिषद्काे बैठकले देशभर विदा हुने सार्वजनिक विदाकाे रूपमा घाेषणा गर्याे । सरकारले अाफ्नाे निर्णय सच्याउनु स्वागतयाेग्य छ । तर दुर्भाग संबिधान बिपरित वर्तमान सरकार मुस्लिम समुदाय को महान धार्मिक पर्व ईदुल- फित्र को शुभअवसर मा सार्वजनिक बिदा भएता पनि परीक्षा हुनु कति को उचित हो ,म अहमद हुसैन रजवी र ईस्लाम धर्मावलम्बीहरूले नेपाल सरकार सँग उत्तर चाहन्छौँ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter