शुक्रबार, ०४ जेठ २०८१

शमीम अन्सारी नै मुस्लिम आयाेगकाे अध्यक्ष हुने : पूर्वमन्त्री जाकिर हुसैन

१३ फाल्गुन २०७५, सोमबार १६:४० मा प्रकाशित
काठमाडौँ , फागुन १३ ,, पूर्व राज्यमन्त्री माेहम्मद जाकिर हुसैनले शमीम मियाँ अन्सारी नै मुस्लिम अायाेगकाे अध्यक्ष हुने बताएका छन् । केयर खबरसँगकाे टेलिफाेनिक कुराकानीमा हुसैनले शमीम अन्सारीमाथिका उजुरीहरू लाञ्छनाकाे रूपमा परिणत हुने बताएका छन् । उनले केही गुटगत र नकारात्मक प्रवृत्तिका व्यक्तिहरूले मिडियाहरूलाई फाेन गरेर उनकाे बारेमा दुई हप्तादेखि निराधार समाचारहरू लेखाउने र नेकपाका नेताहरूलाई अन्सारीमाथि विभिन्न किसिमका निरर्थक अाराेप लगाई द्विग्भ्रमित गर्न खाेजेकाे अाराेप समेत लगाएका छन् । यद्यपि उनले तयस्ता व्यक्तिहरूकाे नाम लिन चाहेनन् । अाज बिहान पूर्व मन्त्री हुसैनले सामाजिक सञ्जालमा लेखेका छन्, ” संवैधानिक परिषद्ले मुस्लिम अायाेगकाे अध्यक्षमा नियुक्त गर्न शमीम मियाँ अन्सारीकाे नाम सिफारिश गरी संसदीय सुनवाइ समितिमा पठायाे । सुनवाइ समितिमा प्रक्रियागत रूपमा शमीम अन्सारीबिरूध्द चारवटा उजुरी परे । उनकाे नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली रहेकाे र उनी नेकपाकाे केन्द्रीय सदस्य रहेकाे लगायतका उजुरीहरूले दुई सातादेखि सञ्चार माध्यमहरूमा ठाउँ पाइरहेकाे छ । शुरूमा उनलाई भारतीय नागरिककाे रूपमा चित्रित गरियाे । पछि कान्तिपुर दैनिकले काठमाडाैं जिल्ला प्रशासन कार्यालयबाट २०५५ मा बंशजकाे अाधारमा नागरिकता लिएकाे प्रमाणसमेतकाे समाचार छापेपछि उनीमाथिकाे नक्कली नागरिकता र भारतीय नागरिक भएकाे हव्वाले सञ्चार माध्यमहरूमा स्थान पाउन छाेडेर नागरिकताकाे रेकर्ड अनुसार उनकाे उमेर ३८ वर्ष मात्र पुगेकाेले उनी अायाेगकाे पदाधिकारी हुन अयाेग्य भएकाे कुराले सर्वत्र स्थान पायाे । सुनवाइ समितिमा उनकाे स्नातक मात्रकाे शैक्षिक प्रमाणपत्र रहेकाेले त्यसले पनि समाचारहरूमा ठाउँ पायाे ।” उनले लेखेका छन, “शमीम मियाँ अन्सारीले २०५५ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडाैंबाट बंशजकाे अाधारमा नेपाली नागरिकता पाएका थिए । जि.प्र.का. काठमाडाैंकाे अभिलेखमा र त्यस बेला उनले प्राप्त गरेकाे नागरिकता प्रमाणपत्रमा पनि उनकाे उमेर २०३०/६/२४ गते नै उल्लेख छ । अन्सारीसँग त्यस बेला प्राप्त गरेकाे नागरिकताकाे फाेटाेकपी उपलब्ध छ । जिप्रकाकाे अभिलेख हेर्न सकिन्छ । नागरिकता पाएकाे केही दिनपछि उनले काठमाडाैंबाट नै सवारी चालक अनुमति पत्र प्राप्त गरेका थिए । अनुमतिपत्र (लाइसेन्स) मा पनि जन्म मिति २०३०/०६/२४ नै छ । र, लाइसेन्सकाे रेकर्डमा समेत यही मिति कायम छ । उनकाे तीनै तहका शैक्षिक प्रमाणपत्रहरूमा उनकाे जन्म मिति २०३०/०६/२४ नै छ ।” उनले अन्सारीकाे जन्म मितिकाे भ्रमकाे बारेमा २०५५ सालमा प्राप्त गरेकाे नागरिकता प्रमाणपत्र हराएपछि शमीम अनसारीले २०६६ सालमा प्रतिलिपि निकालेका थिए । यसमा पनि जन्म मिति २०३०/०६/२४ नै छ । प्रतिलिपि निकालेकाे बखतमा जिप्रकाकाे रेकर्डमा जन्म मिति २०३७/०६/२४ देखिन गएकाे छ । याे मानवीय त्रुटि हाे । यसमा नागरिकतावाहक शमीम अन्सारीकाे केही दाेष छैन । यसकाे जवाफ त गृह प्रशासनले दिने हाे, शमीम अन्सारीले हाेइन – हुसैनले तर्क दिएका छन् । “शमीम अन्सारीले छिमेकी मुलुक भारतकाे बिहार राज्यमा एस.एल.सी. देखि स्नातकसम्मकाे शिक्षा प्राप्त गरेका शैक्षिक प्रमाणपत्रहरू नेपालका सम्बन्धित निकायबाट प्रमाणिकरण गराई संवैधानिक परिषदमा समयमै बुझाएका थिए । परिषदले सुनवाइ समितिमा स्नातककाे मात्र शैक्षिक प्रमाणपत्र पठाएकाे रहेछ । पछि, परिषदले बाँकी शैक्षिक प्रमाणपत्रहरू पनि समितिमा पठाइसकेकाे बुझिएकाे छ।” हुसैनले शमीमकाे शैक्षिक प्रमाणपत्रकाे बारेमा यसाे भनेका छन् । हुसैनका अनसार शमीम अन्सारी नेकपाका केन्द्रीय सदस्य रहेकाे र प्रतिनिधिसभाकाे समानुपातिक तर्फकाे बन्दसूचिमा उम्मेदवारकाे हैसियतमा उनकाे नाम रहेकाे विषयले समाचार माध्यममा स्थान पाउनु स्वभाविक छ । नियुक्ति हुँदाकाे बखतमा उनले राजीनामा दिन सक्थे। यद्यपि उनले पार्टी कार्यालयमा यी दुवै विषयमा राजीनामा पेश गरिसकेका छन् ।
शमीम अन्सारी नै मुस्लिम अायाेगकाे अध्यक्ष हुने : पूर्वमन्त्री जाकिर हुसैन पूर्व राज्यमन्त्री माेहम्मद जाकिर हुसैनले शमीम मियाँ अन्सारी नै मुस्लिम अायाेगकाे अध्यक्ष हुने बताएका छन् । केयर खबरसँगकाे टेलिफाेनिक कुराकानीमा हुसैनले शमीम अन्सारीमाथिका उजुरीहरू लाञ्छनाकाे रूपमा परिणत हुने बताएका छन् । उनले केही गुटगत र नकारात्मक प्रवृत्तिका व्यक्तिहरूले मिडियाहरूलाई फाेन गरेर उनकाे बारेमा दुई हप्तादेखि निराधार समाचारहरू लेखाउने र नेकपाका नेताहरूलाई अन्सारीमाथि विभिन्न किसिमका निरर्थक अाराेप लगाई द्विग्भ्रमित गर्न खाेजेकाे अाराेप समेत लगाएका छन् । यद्यपि उनले तयस्ता व्यक्तिहरूकाे नाम लिन चाहेनन् । अाज बिहान पूर्व मन्त्री हुसैनले सामाजिक सञ्जालमा लेखेका छन्, ” संवैधानिक परिषद्ले मुस्लिम अायाेगकाे अध्यक्षमा नियुक्त गर्न शमीम मियाँ अन्सारीकाे नाम सिफारिश गरी संसदीय सुनवाइ समितिमा पठायाे । सुनवाइ समितिमा प्रक्रियागत रूपमा शमीम अन्सारीबिरूध्द चारवटा उजुरी परे । उनकाे नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली रहेकाे र उनी नेकपाकाे केन्द्रीय सदस्य रहेकाे लगायतका उजुरीहरूले दुई सातादेखि सञ्चार माध्यमहरूमा ठाउँ पाइरहेकाे छ । शुरूमा उनलाई भारतीय नागरिककाे रूपमा चित्रित गरियाे । पछि कान्तिपुर दैनिकले काठमाडाैं जिल्ला प्रशासन कार्यालयबाट २०५५ मा बंशजकाे अाधारमा नागरिकता लिएकाे प्रमाणसमेतकाे समाचार छापेपछि उनीमाथिकाे नक्कली नागरिकता र भारतीय नागरिक भएकाे हव्वाले सञ्चार माध्यमहरूमा स्थान पाउन छाेडेर नागरिकताकाे रेकर्ड अनुसार उनकाे उमेर ३८ वर्ष मात्र पुगेकाेले उनी अायाेगकाे पदाधिकारी हुन अयाेग्य भएकाे कुराले सर्वत्र स्थान पायाे । सुनवाइ समितिमा उनकाे स्नातक मात्रकाे शैक्षिक प्रमाणपत्र रहेकाेले त्यसले पनि समाचारहरूमा ठाउँ पायाे ।” उनले लेखेका छन, “शमीम मियाँ अन्सारीले २०५५ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडाैंबाट बंशजकाे अाधारमा नेपाली नागरिकता पाएका थिए । जि.प्र.का. काठमाडाैंकाे अभिलेखमा र त्यस बेला उनले प्राप्त गरेकाे नागरिकता प्रमाणपत्रमा पनि उनकाे उमेर २०३०/६/२४ गते नै उल्लेख छ । अन्सारीसँग त्यस बेला प्राप्त गरेकाे नागरिकताकाे फाेटाेकपी उपलब्ध छ । जिप्रकाकाे अभिलेख हेर्न सकिन्छ । नागरिकता पाएकाे केही दिनपछि उनले काठमाडाैंबाट नै सवारी चालक अनुमति पत्र प्राप्त गरेका थिए । अनुमतिपत्र (लाइसेन्स) मा पनि जन्म मिति २०३०/०६/२४ नै छ । र, लाइसेन्सकाे रेकर्डमा समेत यही मिति कायम छ । उनकाे तीनै तहका शैक्षिक प्रमाणपत्रहरूमा उनकाे जन्म मिति २०३०/०६/२४ नै छ ।” उनले अन्सारीकाे जन्म मितिकाे भ्रमकाे बारेमा २०५५ सालमा प्राप्त गरेकाे नागरिकता प्रमाणपत्र हराएपछि शमीम अन्सारीले २०६६ सालमा प्रतिलिपि निकालेका थिए । यसमा पनि जन्म मिति २०३०/०६/२४ नै छ । प्रतिलिपि निकालेकाे बखतमा जिप्रकाकाे रेकर्डमा जन्म मिति २०३७/०६/२४ देखिन गएकाे छ । याे मानवीय त्रुटि हाे । यसमा नागरिकतावाहक शमीम अन्सारीकाे केही दाेष छैन । यसकाे जवाफ त गृह प्रशासनले दिने हाे, शमीम अन्सारीले हाेइन – हुसैनले तर्क दिएका छन् । “शमीम अन्सारीले छिमेकी मुलुक भारतकाे बिहार राज्यमा एस.एल.सी. देखि स्नातकसम्मकाे शिक्षा प्राप्त गरेका शैक्षिक प्रमाणपत्रहरू नेपालका सम्बन्धित निकायबाट प्रमाणिकरण गराई संवैधानिक परिषदमा समयमै बुझाएका थिए । परिषदले सुनवाइ समितिमा स्नातककाे मात्र शैक्षिक प्रमाणपत्र पठाएकाे रहेछ । पछि, परिषदले बाँकी शैक्षिक प्रमाणपत्रहरू पनि समितिमा पठाइसकेकाे बुझिएकाे छ।” हुसैनले शमीमकाे शैक्षिक प्रमाणपत्रकाे बारेमा यसाे भनेका छन् । हुसैनका अनुसार शमीम अन्सारी नेकपाका केन्द्रीय सदस्य रहेकाे र प्रतिनिधिसभाकाे समानुपातिक तर्फकाे बन्दसूचिमा उम्मेदवारकाे हैसियतमा उनकाे नाम रहेकाे विषयले समाचार माध्यममा स्थान पाउनु स्वभाविक छ । नियुक्ति हुँदाकाे बखतमा उनले राजीनामा दिन सक्थे। यद्यपि उनले पार्टी कार्यालयमा यी दुवै विषयमा राजीनामा पेश गरिसकेका छन् ।
“मुस्लिम अान्दाेलनबाट स्थापित एक इनर्जेटिक नेताकाे नेकपाले मूल्याङ्कन गरिरहँदा मुस्लिम समुदायका व्यक्तिहरूले नै उनलाई सिध्याउन खाेज्नु दु:ख लाग्दाे कुरा हाे” भन्दै मन्त्री हुसैनले केयर खबरसँग दु:ख व्यक्त गरेका छ

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter