सोमबार, ०७ जेठ २०८१

नेपालमा राजनीतिक भएकै छैन,जालझेल मात्र भएको छ

२३ माघ २०७५, बुधबार २१:५४ मा प्रकाशित

पुरानो सोच मानसिकता राखेर राजनीतिक गर्यो भने राजनीतिक सधैं यथास्थितिमा नै रहिरहन्छ्न।पुरानो नेताहरूले हामी जस्ता युवाहरुलाई झोला बोकाउने काम मात्र गर्यो तर अब पुरानो नेताहरूको दिन गएको छ अबको पालो युवाको हो।त्यसैले अब पुरानो नेताहरूको झोला बोक्ने होईन,पार्टी र राष्ट्रको जिम्मेवारी बोक्ने हो युवा।राष्ट्र निर्माणमा युवाको अमुल्य सहभागिता देखिए पनि नेपाली राजनीतिक पृष्ठभुमि हेर्दा हरेक भातृ संघसंगठन र राजनीतिक दलले आफ्नो संगठन वा आफ्नो ब्यक्ति स्वार्थको लागि हतियार को रूपमा युवाहरूलाई विभिन्न राजनीतिक आन्दोलनमा प्रयोग गर्दै आएको देखिन्छन् ।

एक पटक नुहाएको पानीले फेरि नुहाएर सफा हुन नसके जस्तै जति पटक जस्तो संविधान आए पनि पुरानै नेताहरूबाट केहि पनि हुन् सक्दैन,उमेर मात्र होईन यितको बिचार पनि पुरानै हो।नयाँ आएका पार्टीहरु पनि पुरानै बिचारका हुन् ।यी सबैको बिचार सांसद भएर मन्त्री /प्रधानमन्त्री बन्नुपर्छ भन्ने हो।नेपाललाई चाहिएको सांसदहरु मन्त्री प्रधानमन्त्री बन्न नपाउने ब्यबस्था हो।नेपाललाई चाहिएको जनताले आफ्नो सरकार आफै बनाउन पाउने।बिदेशीले ढाल्न नसक्ने सरकार बनाउन पाउने ब्यबस्था हो।त्यो ब्यबस्था सांसद को बहुमत होइन ,जनताको मतदाताको जम्मा मत मध्ये 51 प्रतिशत मत पाउनेले मात्र सरकार बनाउन पाउने ब्यबस्था हो।

 

बिदेशिले नै चाहियो भने जनताको मतबाट होईन ,बिदेशी कै इशारामा सांसदको भोट बाट सरकार ढाल्ने,महँगो चुनाव गराएर अप्राकृतिक मुल्य वृद्धि गराउने ।त्यसैले बहुमत छदाछदै पनि बिदेशीको डरले सरकार लाई अझै बढी सांसदहरु लाई मन्त्री बनाएर सरकारमा सामेल गराउनु पर्ने बाध्यता हुन्छ।

नेपालमा राजनीतिक भएकै छैन।जालझेल मात्र भएको छ।तपाईंको भोट्ले होइन ,सांसद को भोट ले मात्र सरकार चलाउने ब्यक्ति छानिन्छ।सरकार बन्छ।तर सोझै जनताको अर्थात् मतदाताको जम्मा मत संख्या 51 प्रतिशत ल्याउने मात्र सरकार बनाउने पाउने ब्यबस्था हुने हो भने जनता ले बिदेशीले यसलाई भोट् हाल्नुस भन्न सक्छ
,सक्दैन ।त्यसैले बिदेशी हस्तक्षेप चल्दैन।तर नेपालका राजनीतिक दल र नेताहरू लाई ती ब्यबस्था चाहिदैन।किनकि यिनिहरु बिदेशी का गुलाम हुन् ।यिनिहरु लाई दोहोर्‍याएर सांसद ,मन्त्री र प्रधानमन्त्री बन्नु छ।यिनिहरु पटक पटक नुहाई सकेका फ़ोहोर पानीहरु हुन।यिनिहरु लाई प्रयोग गरेर नेपाली राजनीतिक र समाज शुद्ध हुन सक्दैनन् ।
नेपाललाई चाहिएको राजनीतिक ब्यबस्था :-
1.के तपाईं जिवित सबै नेताको स्रोत नखुलेको सम्पत्ति जफत गरि राष्ट्रिकरण होस् भन्ने चाह्नु हुन्छ?यसको गर्दा उनिहरुले जनता बाट लुटेको रकमले झन्डै 4 बर्ष को बजेट बन्ने रहेछ।
2.के तपाईं चुनाव जितेर गए पछि गर्छु भनेको काम नगर्ने लाई मैले दिएको भोट् फिर्ता लिन्छु भनेर उनिहरु लाई फिर्ता बोलाउन पाउने राईट टु रिजेक्ट (Right to reject )चाहनु हुन्छ।यसो गर्दा जनप्रतिनिधि जिम्मेवार बन्छ्न।अहिले एक पटक जितेपछि जिल्ला न फर्किने पद भनेकै सांसद हो।
3.के तपाई सदाका लागि नेपाल बाट नेपाली अनुहारका बिदेशीहरुको समाप्ति भएको नेपाल हेर्न चाहनुहुन्छ।
4.के तपाई पार्टीले tourist , बदमाश ,हत्यारा /अपराधी ,बन जङ्गल फडानी गर्ने ठूलो तस्कर,अदालतले जन्म कैदको फैसला सुनाईएको त्यस्ता गुन्डा ,फटहालाई चुनावमा उम्मेदवारको लागि टिकट दिदा उम्मेदवार बहिष्कार गर्न पाउने राईट टु रिजेक्ट(right to reject )चाहनुहुन्छ?यसो गर्दा हामिले जनप्रतिनिधि छ्नौटमा सहभागिता पाउछौ।अहिले प्रतिनिधि हामी ले छानेको होइन ,टिकट दिनेले छानेको र जनताले भोट् हाल दिएको मात्रै हो,उम्मेदवार उठएको होइन ।
5.के तपाई हाम्रा मन्त्री /प्रधानमन्त्रीले कुन -कुन बिदेशीहरु संग के- के गोप्य राष्ट्रघाती सहमति र कुराकानी गर्द्छ्न एक -एक कल डिटेल( call details) हेर्न वा सुन्न चाहनु हुन्छ।यसो गर्दा उनिहरुले बिदेशीसंग राष्ट्रघाती सम्झौता गर्दैन।
6.के तपाई संघीयताको नाममा जनताको ढाड सेक्ने कर प्रणाली अन्त्य गर्न चाहनुहुन्छ?यसो गर्दा धनी बाट धेरै कर लिएर गरिबका लागि खर्च हुन्छ?बिनोद चौधरी जस्ताले लिएको कयौं बैंक को ऋण सरकार ले मिन्हा दिन्छ तर भैंसी किनेको किसानको ऋण भैंसी भिर बाट लडेर मर्दा पनि मिन्हा हुदैन (काम नगर्नेहरु झन झन धनी धनी र गरिब झन् गरीब हुदै जाने ब्यबस्था नष्ट गर्न चाहनुहुन्छ ।
7.के तपाई कुनै काम नगर्ने, आफू पैसा न कमाउने तर समाज मा सबैभन्दा महँगो ,घर,गाडी ,अस्पताल मा शेयर हुने र आफ्नो पेट पाल्नकै लागि राजनीतिक गर्ने र राजनीतिक बाहेक कुनै ब्यबसाय नगर्नेहरुले राजनीतिक लाई पेशा बनाएका कारण देश लुटेका हुन।नेताहरू को साचो हैसियत पता लगाउन र सधैं मरिमरी काम गर्ने जनता चाहिँ बिरामि हुँदा अस्पताल को समान्य उपचार समेत नपाई मर्ने अवस्था तर नेताहरुलाई आछ्यु आयो त भारत ,टाउको दुख्यो त थाइल्यान्ड बैंकक र पेट दुखयो त डाईरेक्ट (direct) अमेरिका जानेको कारण सहित पनि प्रमाण पत्ता लगाई तिनको पत्ता साफ गर्न चाहनुहुन्छ ।
8.के तपाईं समाबेशिता र आरक्षणको नाममा ठूला ठालुहरुको स्वास्नी /छोरी/साली/सासू/भतिजि मात्र समानुपातिक माननीय /मन्त्री /सांसद हुने ब्यबस्था हटाउन चाहनुहुन्छ।यसो गर्दा मधेसी महिलाको प्रतिनिधित्व रौतहटकि कुनै झा गर्ने छैन।राज्य लक्ष्मी गोल्छ गर्ने छैन।मधेसी को नाममा बिनोद चौधरी प्रतिनिधित्व गर्ने छैन।
9.के तपाई विरुद्ध कुनै पनि गम्भीर अपराध वा अन्याय भएको छ तर गरिबिको कारण न्यान समेत पाउनु भएको छैन भने निशुल्क न्यान चाहनुहुन्छ
10.के तपाईं युवाहरूको स्वरोजगारिका लागि सरकार को मुख नताकी नयाँ युनिक उपायहरु बारे जान चाहनुहुन्छ ।
यदि हो भने यसका लागि नेपालमा मात्र होइन बिश्वमै कहिँ नभएको अभियान नेपालमा चलाउनु पर्छ।मेचीमहाकाली जनता बिच अन्तर क्रिया गर्दै जानुपर्छ।संसारमा एउटा् मान्छे जस्तो शक्तिशाली केही र कोहि छैन।हामिमा त्यो शक्ति छ्न।यो ब्यबस्था लाई अन्त्य गर्न लागौं र जागौ।यदि गर्न सकेनौं भने हामी र युवाहरू लचार पुस्तामा गनिने छौँ ।परिवर्तन सम्भव छ,हाम्रै पालामा ।

मो.रेहताज आलम
प्रदेश न:-2 जिल्ला रौतहट नेपाल

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter