आइतबार, २३ बैशाख २०८१

बिचारा कम्युनिष्ट मुसलमान

मुन्ना समसुल हक, दुबई ( यू॰ए॰ई॰)

१७ भाद्र २०७५, आईतवार ०१:०१ मा प्रकाशित

 कम्युनिष्ट मुस्लिम नेताहरू अहिले कुन दुला मा पस्याछन् कुन्नी ? बिदा पनि गुमाए।अस्ति अस्ति ईद मा बिदा हुन सकेन, बक्र ईद मा बिदा हुन्छ भनेर धाक लगाउँथे। नास्तिक केपी ले केकाे विदा दिन्थे र ? अपमानित गरेर पठाए । अनि दुलाे मा लुक्न त बाध्य हुनै प-याे । मुख्यत: सेराज फारूकी, ताज माेहम्मद र शमीम अन्सारीले बक्र ईदमा बिदा दिलाएरै छाड्छाैं भनेर खूब फूर्ति लगाएका थिए । चु…चु… बिचराहरू ! अनि त्याे नेकपा भन्ने पार्टी मा समावेशी काे त गन्ध नि छैन ? प्रचण्ड ले एक जना मुसलमान लाई मुश्किल ले केन्द्रीय सदस्य बनाए । जाकिर हुसैन, अतहर हुसेन फारूकी, शेख चान्द तारा, रजी हैदर, अनिस अन्सारी, जालिम मुखिया राज मोहम्मद,ताज मियाँ,नज़ीर मियाँ,सेराज फ़ारूक़ी,मोहम्मद अली, जस्ता स्थापित मुस्लिम लीडरहरू लाई प्रचण्डले स्थान दिएनन । उनी हरू पनि नुन खाएकाे कुखुरा जस्तै झाेक्रयाएर कतै अाराम गरिरहेका छन । अन्धकारमा छ उनीहरकाे राजनीतिक भविष्य । एमालेकाे मापदण्डले नजीर मियाँ, सेराज फारूकी, महफुज अन्सारी, तैयब हुसेन र माेहम्मद हारून हलुवाईलाई फाइदा भयाे । क्षमता हाेस् न हाेस् बडेमानकाे पार्टीकाे केन्द्रीय सदस्य हुन पुगेका छन् । अझ भर्खरै एमालेमा प्रवेश गरेका कम्युनिष्टकाे क नजानेका, मार्क्सवादकाे मा नजानेका शमीम अन्सारी पार्टीकाे केन्द्रीय सल्लाहकार हुँदै बडेमानकाे नेकपाकाे केन्द्रीय सदस्य हुन पुगे । ४४१ जनाकाे केन्दीय समितिमा मुस्लिम जनसंख्याकाे हिसाबले कम्तिमा १९ जना केन्द्रीय सदस्य हुनु पर्नेमा ठेलठाल नीतिबाट जम्माजम्मी ७ जना । एमाले मा पनि ताज माेहमद मियाँ, जुनैद अन्सारी, राज माेहम्मद अन्सारी, एम.डी. मिकरानी, मुहमदीन अली, गैंडाशेर खान, सबिया परविन, कलिला खान, अनारकली मियाँ, बसरूद्दीन अन्सारी जस्ता स्थापित नेताहरूकाे सांगठनिक भविष्य धरापमा परेकाे छ । उनीहरू ले अब भातृसंगठन वा कुनै विभागमा चित्त्त बुझाउनु बाहेक बिकल्प नै छैन । प्रदेशमा पनि कसैकाे नाम सिफारिश भएकाे सुन्या छैन । बिचराहरू ! तर, शान भने अाज पनि बेग्लेकाे छ । बिचरा नेपाल का कम्युनिष्ट मुसलमान !

(यो कालम को लेखक  आफ्नो लेख को आफै जिम्मेवार हुने छ लेख संग  केयर खबर को सहमति हुन् ज़रुरी छैन)

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter