आइतबार, २३ बैशाख २०८१

ईद पर्वलाई केन्द्र भन्दा बढ़ी प्रदेशिय सरकार द्वारा सम्मान

५ भाद्र २०७५, मंगलवार ११:५९ मा प्रकाशित

कम्युनिस्ट सरकारको एक नम्बर र दुई नम्बर  प्रदेशको भन्दा सानो हृदय हुनू  नयां संबिधान गणतन्त्र धर्मनिरपेक्षता जस्तो पवित्र शब्दको खुल्ला अपमान गर्नु हो !
कुनैपनि धार्मिक समुदाय संग धार्मिक सम्मान न्यायको मामिलामा बिभेद गर्नुले देशको समृद्धि आउने वाला छैन बरू नकारात्मक सोच यस कम्युनिस्ट सरकार प्रति जन्मिनेछ ।
गणतन्त्र धर्म निरपेक्ष नयां संबिधान नंया नेपाल र हजारौ राजाहरूलाई सिंहासनमा बस्न लायक सम्मान दिलाउने सबै वर्ग जातजाति का नेपाली हरूको बलिदानी कुर्बानी संघर्षको उपलब्धि हो, यस बाट स्थापित भएको नयां संविधान गणतन्त्र धर्म निरपेक्ष लाई सबै समुदाय लाई अनुभूति दिलाउने जिम्मेवारी गणतन्त्र सरकार को हो,यस्तो न हुनू ,जहानियां शासन र हालको गणतन्त्र नयां नेपाल मा कुनै फर्क महसूस गराउन्दैन असमानता बिभेद हटाउन सबैको बराबर सम्मान हकअधिकार लागि ल्याईएको गणतन्त्र मा समेत पुरानै शैलि कायम राखे र यस्तै बिभेद कायम राख्ने हो भने हजारौ राजा पाल्नु भन्दा एक राजा पाल्नु देशहीतको लागि उत्कृष्ट हुनेछ कम्तिमा खरबौ को राष्ट्रीय ढुकूटी बचाउन मा राष्ट्रको लागि मदत पुग्नेछ !
दुई नम्बर प्रदेशले मुस्लिम समुदायको दोस्रो ठुलो महानपर्व बक्रईदको दुई नम्बर प्रदेश भित्र लागू हुनेगरि राष्ट्रीय बिदाको घोषणा गरेकोछ जो स्वागत योग्य रहेकोछ
यस घोषणाको लागि दुई नम्बर प्रदेशको सरकारको यस निर्णय लाई हृदय देखि स्वागत गर्दछू ,सबैले गर्नेछन
नया संबिधान नयां नेपाल गणतन्त्र धर्म निरपेक्ष जस्तो महान शब्दको सम्मान दुई नम्बर प्रदेशले गरेको मात्र महसूस भएकोछ सबैमा एकता सदभाव सबैको बराबर कदर धर्म जातवर्गको उच्च सम्मान प्रदेश नम्बर दुईले गर्दैआएकोछ
सबै समुदाय लाई नयां नेपालको अनुभूति मेरो बिचारले दुई नम्बर प्रदेश भित्र गर्न पाई रहेकाछन जो सबैको लागि गर्वको कुरा हो, देशको लागि वास्तव मा नमूना प्रदेशको रूपमा हेर्ने हो भने जहा कुनै बिभेद छैन सबैको कदर गरिएकोछ त्यो दुई नम्बर प्रदेश हो रहेका असामनता हरू समेत मेटाउन्दै देशकै नमूना प्रदेश बनेकोछ अन्य प्रदेश हरू तथा केन्द्रीय सरकारले समेत दुई नम्बर प्रदेश बाट सबक लिनुपर्छ र बिगतमा दिदै आइएको राष्ट्रीय बिदा ईद बकरीद मोहम्मद डे को कायम गरि यस समुदाय लगायत का समुदाय हरूको कटौती गरिएको राष्ट्रीय बिदा पुन कायम गरि नयां संविधान धर्मनिपेक्छ गणतन्त्र राष्ट्रको इज्जत बचाउन र कदर सम्मान गर्न र यस नया नेपाल गणतन्त्रको उपेक्षित पिछडिएका वर्ग हरूलाई यसको अनुभूति गराउन कम्युनिस्ट सरकार संग हार्दिक अपील गर्दछू।

लेखक मेराज़ अहमद हिमालय , नेपालगन्ज

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter