शुक्रबार, २१ बैशाख २०८१

बालबालिकाको अधिकार बारे सरकार मौन किन

दिवाकर उप्रेती ‌

७ श्रावण २०७५, सोमबार १४:४७ मा प्रकाशित

बिगत लामो समय देखि अन्य जिल्लाको तुलनामा धनुषा जिल्ला बालबालिका संरक्षण र अधिकार बारे मौन रहेको सबैमा सर्वबिदितै छ । बिभिन्न आश्वासन र नारामा सिमित भएका बालबालिकाको भविष्य अन्धकारमय छ भन्दा कुनै अर्थ नलागोस । बिगत लामो समय देखि उत्पीडन र अप्हेलित भएका बालबालिका चरम मानसिक पीड़ा खेप्न बाध्य छन । सवाल जहिलै पनि बालबालिकाको उठ्छ तब तब हाम्रा नेता हरू ” आजको हाम्रा बालबालिका राष्ट्रको कर्णधार” भन्न छुटाउनु हुन्न । तर ती बालबालिकालाई शब्दमा मात्र सिमित किन राखिएको छ ? बालबालिकालाई सरकारले
किन सपना देख्न मात्र बाध्य बनाउदै छ ? किन उनिहरुको सपना पूरा गरिदैन सरकार ?
‌ आज यी शब्द यत्तिकै भ्रमित भएर निस्कीएका होइनन् । यस शब्दमा लाखौ बालबालिकाको सवाल र आशा, निराशा लुकेको छ । म जस्ता हजारौ बालबालिकाले गर्ने प्रश्न हो ? किन आज पनि ती द्वन्द पिडीत बालबालिका शिक्षा देखि बंचित छन ? किन आज बाढ़ी र आग्लागिले ध्वस्त भएर मन टुटेका बालबालिका कष्टकर जीवन बाच्न बाध्य छन सरकार ? किन ऊनिहरुको पीड़ा देखाई निकासा गर्न ल्याएको करौडो पैसा घोटाला हुन्छ सरकार ? हाम्रो लागी निकासा भएको पैसा किन सही ठाउमा खर्च हुन्न सरकार ? किन बिधिको बिधानमा सिमित राखिएको छ हामिलाई ? के हाम्रो बाच्न पाउने अधिकार छैन ? के हाम्रो संरक्षण गर्नु सरकारको कर्तब्य होइन  ? सरकार मेरो बिन्ति छ , मलाई जाड़ोमा एक सरो न्यानो कपड़ा , शिक्षा र स्वास्थको व्यवस्था गरियोस सरकार ?
‌  हो यिनै प्रश्न बिगत एक बर्ष देखि घुमिरहेको
‌ थियो मेरा मानसपटलमा ।। मेरो जीवनको केहि क्षण निकै भाबुक छन भने कुनै बेला आफुलाई समाल्दै म स्वयम आशा देखाउने गरेको छू । तर म आशामा मात्र सिमित राख्न सकिन । मैले ति आशालाई बिश्वास योग्य बनाउन आज ति बालबालिका बाट उठेका केही प्रश्न राखेको छू ।
‌”सिंदरवार घर घरमा” भन्ने नारा निकै चर्चित भए तर आज सम्म आभाष भएको छैन । यहाँ यी केही पीड़ा मात्र हुन र यी सवाल प्रदेश सरकार देखि स्थानीय सरकार सम्मलाई हो ।
‌ हाम्रो आवाज बुलन्द बनाउने हो की यी आवाज थुन्ने हो!  त्यसको जिम्मा सम्बन्धित निकायको हो ? यदि भोली हामी जस्ता बालबालिकाले नै नेतृत्व लिनु पर्छ भन्ने लाग्छ भने आज यी सवालका जवाफ दिनुहोला ??
‌ बालबालिका पनी आफ्नो प्रश्न सोध्ने भए अब हाम्रो पनी अर्थपूर्ण सहभगिता र हाम्रो पनी अस्तित्व छ । तसर्थ सरकारले बालबालिकाको मैत्री समाज निर्माण गर्नुको साथै आफ्नो जिम्मेवारी बहन गर्न र जवाफ़देहि बन्न सरकार होसियार होस ।
– दिवाकर उप्रेती

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter