शनिबार, २२ बैशाख २०८१

मिडियाद्वारा मुस्लिममाथि षड्यन्त्र :  राम सेवक कुशवाहा 

मुस्लिम कै पहिरन ,संस्कृर्तिमा आतंकवादिको पहिचान गराउदै मीडिया

२८ असार २०७५, बिहीबार १२:२३ मा प्रकाशित

१३ नोभेम्बर २०१५ का सांझ फ्रान्सको राजधानी पेरिसमा भएको श्रृंखलाबद्ध बम आक्रमणमा परी १३० जना निर्दाेष  मानिसहरुको ज्यान गयो। जसको आरोप ISIS माथि लगाइयो । यस नरसंहारपछि संसार भरिनै आतंकवाद विरुद्ध आवाज उठ्न थालियो । हरेक समय प्रत्येक मिडियामा यसको निन्दा गर्न थालियो । फेसबुकले पनि फ्रान्सका जनताहरुलाई सहानुभूति दिनका लागि आफ्नो प्रोफाइल फोटोलाई फ्रान्सको राष्ट्रिय झण्डामा परिवर्तन गर्न मिल्ने विकल्प उपलब्ध गरायो । लाखौं करोडौं फेसबुक प्रयोगकर्ताहरुले आफ्नो प्रोफाइल फोटो परिवर्तन गरे । मानौं मानिसहरुलाई यस्तो लाग्यो कि संसारमा पहिलो पटक कुनै यस्तो घटना घटेको हो जसमा निर्दाेष मानिसहरु मारिएका हुन् । हरेक मन न्यायका लागि विचल्लित देखिन्थ्यो र ISIS संग बदला लिने ज्वाला प्रज्वलित भयो । फ्रान्सले दोस्रो दिनदेखि नै संयूक्त राष्ट्रसंघको अनुमति बिना नै सिरियामा बम बर्साउन सुरु गर्यो जसमा दश हजारभन्दा बढी निर्दाेष मानिसहरुको ज्यान गयो । फ्रान्सले बम वाट ध्वस्त गरी एउटा शहर पूर्ण रुपले नै खरानी बनायो तर पनि हाम्रो हृदयमा उनीहरुको मृत्युप्रति कुनै अफसोस भएन बरु कतिपयलाई खुशी नै महसुस भयो ।
तपाईलाई के लाग्छ कि जे तपाईले महसुस गर्नुभयो त्यो तपाईको आफ्नो हृदयको उपज थियो ?
पेरिसमा र त्यसभन्दा बढी बर्बरता पूर्ण हत्या सिरियामा भयो तर तपाईको मुटुले पेरिसका लागि दुःख महसुस गर्यो तर सिरियामा मारिएका निर्दाेष मुस्लिमहरुका लागि खुशी महसुस गर्यो । आखिर यस्तो हुनुको कारण के हो ? आज पनि संसारमा यस्ता धेरै मानिसहरु छन् जसलाई सिरियामा मात्र होइन बरु विश्वको कुनै पनि कुनामा मुस्लिमहरुको हत्याको कुरा सुनिन्छ भने उनीहरुलाई खुशी महसुस हुन्छ र चाहन्छन् कि यस संसारबाट मुस्लिमहरुको अस्तित्व नै सखाप होस् ताकि संसारले अमन चैनको श्वास फेर्न पाओस् । उनीहरुको नजरमा आतंकबादको दोस्रो नाम नै मुसलमान हो । उनीहरुको हृदयमा मुस्लिमहरुका लागि एउटा कुरा मात्र पाईन्छ, त्यो हो, “घृणा” केवल “घृणा” ।
आजको यस समयमा आखिर यस्तो किन हुन्छ कि बच्चा–बच्चा पनि मुसलमानको नामले डराउने गर्दछन् ? आखिर किन कुर्ता सुरुवाल, टोपी तथा दाह्रीलाई देख्ने बित्तिकै मानिसहरु सिरड्डै हुन्छन् ? आखिर यस्तो किन हुन्छ कि कतै पनि आतंकबादी हमला भयो भने सबैभन्दा पहिले मुस्लिममाथि नै शंका गरिन्छ ? अरु त अरु यदि कोहि मुस्लिम हवाईजहाजमा यात्रा गरिरहेको हुन्छ भने जब सम्म त्यो हवाई जहाज एयरपोर्टमा अवतरण हुदैन तब सम्म हरेक यात्रु भयभित रहन्छन् ।
यदि तपाई सोच्दै हुनुहुन्छ कि तपाइको हृदयमा मुस्लिमहरु प्रति जुन घृणा र डर भरिएको छ त्यो यस कारण हो कि मुसलमानहरु आतंकबादी हुन्छन् भने तपाई पनि ती करोडौं निर्दोष मानिसहरु जस्तै वास्तविकताबाट अनभिज्ञ हुनुहुन्छ र तपाईलाई यसको चेतना छैन । तपाई एउटा ठूलो षडयन्त्रको योजना अन्तर्गत फांस्नु भएछ , जुन योजनाको एउटै उद्देश्य हो कि हरेक मानवको हृदयमा मुस्लिमप्रति घृणा उत्पन्न होस् ।
त्यसो भए आखिर त्यो षड्यन्त्र के हो र यो कसरी सञ्चालित छ ? आउनुहोस् हामी तपाईहरुलाई वास्तविकताबाट अवगत गराउदछौं । उनीहरु यति सफाईका साथ आफ्नो काम गर्छन् कि उनीहरुको शिकार बनिसके पनि
तपाईलाई थाहा पनि हुदैन की तपाई उनीहरुको शिकार बनि सक्नुभएको छ । तपाईको हृदय र मस्तिष्क लाई उनीहरु आफ्नो कब्जामा लिईहाल्छन् तर तपाईलाई त्यसको आभाष पनि हुदैन ।

अमेरिकी प्रोफेसर डा. ज्याक शाहिनले सन् २००१ को जुन महिनामा “Reel Bad Arabs: How Hollywood Vilifies a People” नामका किताब प्रकाशित गरे । त्यस किताबमा विस्तारका साथ सम्पूर्ण तथ्य सहित यस वास्तविकतालाई विश्व सामू पेश गरेका छन् कि कसरी हलिउड चलचित्र र पश्चिमी मिडियामा मुस्लिमहरुको व्यवहार र पात्रलाई गलत ढंगले प्रस्तुत गर्छन् । डा. शाहीनले ९०० भन्दा बढी चलचित्रहरुको सूचीलाई पेश गरेका छन् जसमा मुस्लिमलाई खलनायक, गुण्डा, बदमाश, बलत्कारी र आतंकबादी जस्ता पात्रको रुपमा पेश गरिएको छ । अधिकांश मिडीया र हलिउड इजरायल अर्थात यहुदीहरुको कब्जामा छ । र उनीहरु यो कुनै संयोगबस होइन, पूर्ण योजनाबद्ध तरिकाले मुस्लिमहरुको छविलाई विश्वसामू नराम्रो प्रस्तुत गर्छन् । चलचित्र मात्रै होइन, न्यूज मिडिया, धारावाहिक, नाटक र बच्चाहरुले हेर्ने कार्टुन प्रोग्रामहरुमा पनि खलनायकको भूमिकामा मुस्लिमकोे पात्रलाई नै प्रस्तुत गरिन्छ । अब तपाई सोच्नुहोला कि यी चलचित्रहरु र मुस्लिमहरुप्रति घृणामा के सम्बन्ध छ ? यो मात्र बुझ्नुस् कि धेरै गहिरो संबन्ध छ ।
मनोविज्ञानमा B.F. Skinner को एउटा सिकाईको सिद्धान्त (Learning theory) छ जसलाई (Behaviorism) व्यवहारवादको नामले चिनिन्छ । यस सिद्धान्तका अनुसार कुनै पनि नया“व्यवहार निर्माण गर्नलाई पूर्नबल (Reinforcement) उत्तेजना र प्रतिकृया (Stimulus & Response) र अभ्यास (Practice) को आवश्यकता पर्छ । यी सबै तरिका र रणनीति अपनाएर कसैलाई पनि कुनै नया कुरा सिकाउन  सकिन्छ ।”
यहुदीहरुले हलिउडको सहायताले यही सिद्धान्त अर्थात व्यवहारबाद (Behaviorism) लाई प्रयोग गरेर प्रत्येक मानिसको हृदयमा मुस्लिमप्रति घृणाको बीज रोपेका छन् । जब हाम्रो मस्तिष्कले कुनै पनि कुरालाई बारम्बार हेर्छ र गर्छ भने कालान्तरमा त्यसलाई  एउटा बानीको रुपमा आत्मसाथ गरिहाल्छ । र त्यसलाई नै सत्य सम्झन र बुझ्न थाल्छ । हलिउड चलचित्रको सहायताले उनीहरुले यही गरे । बिहानदेखि बेलुकी सम्म, बच्चादेखि ठूलासम्म सबैले हेर्ने कार्यक्रमहरुमा उनीहरुले मुस्लिमलाई खलनायकको रुपमा प्रस्तुत गरे । जुन पछि गएर हाम्रो दिमाग धुलाई (Brain Wash) को धेरै ठूलो कारण बन्यो । बिस्तारै–बिस्तारै हाम्रो दिमागले यस पर्दाको संसारलाई सत्यका रुपमा स्वीकार गर्न थाल्यो । र अन्त्यमा यसको परिणाम यो भयो की,हामीहरुले मुस्लिमहरुलाई वास्तवमै आतंकवादी कै रुपमा बुझ्न थाल्यौं । उनीहरुको मृत्युमा हामी खुशी मनाउँछौं जब कि वास्तविकता यो हो कि मुस्लिमहरु आफै अत्याचारीहरूको शिकार छन् ।
इजरायली फिल्म प्रोडक्सनले अमेरिकी फिल्म निर्माताहरुसंग मिलेर यस्ता धेरै फिल्महरु बनाए जसमा उनीहरुले यो देखाए कि कसरी अरबियन अर्थात मुस्लिमहरुले अमेरिकाका ठूल्ठूला शहरहरु जस्तै न्यूयोर्क, लस एन्जलस तथा पश्चिमी देशहरुमाथि आतंकी हमला गर्दछन् । तीमध्ये केहि चलचित्रहरु “True lines”, “Wanted Dead or Alive (1986)”, “The Siege”, “Iron Eagle”, “Chain of Command (1992)”, “Death before Dishonor (1987)”  र “Delta Force (1986)”, हुन् । यस्ता चलचित्रहरु देखेर हाम्रो अचेतन मनमा मुस्लिमहरुको चरित्र मात्र खलनायकको रुपमा छापिएको छ र हामी लाई यसको अनुभूति सम्म छैन ।
हलिउड मात्र होइन बलिउडले पनि त्यसकै नक्कल गर्दै आफ्ना चलचित्रहरुमा खलनायकको भूमिकाका लागि मुस्लिमको पात्रलाई प्राथमिकता दिन्छ । हालै आएका बलिउडका चलचित्रहरु “बेबी”, “फ्यान्टम”, “मा तुझे सलाम”, “गदर”, “जाल”, र “इण्डियन” जस्ता चलचित्रहरुलाई हेर्ने हो भने थाहा हुन्छ कि कसरी हरेक तवरबाट मुस्लिमको छविलाई बिगार्ने प्रयास भएको छ । केटीहरुको तस्करी होस या नसालु पदार्थको व्यापार वा अन्य अपराधिक पात्रमा मुस्लिमलाई देखाउने गरिन्छ ।
नेपाली चलचित्र निर्माण गर्ने बोर्ड कलिउडले पनि त्यही कदमहरुलाई अपनाउन थालेको छ । “बिर्खेलाई चिन्छस्” जस्तो कमेडी फिल्ममा पनि मुस्लिम छविलाई बिगार्ने प्रयास गरिएको छ । यसरी हाम्रो सोच्ने सम्झने क्षमता र चेतनालाई नै सखाप पारिन्छ ।
सन् १९८० देखि लिएर २०१५ सम्ममा अमेरिकाले इरान, लिबिया, लेबनान, कुवेत, इराक, सोमालिया, बोस्नीया, साउदी अरबिया, अफगानिस्तान, सुडान, कोसोभो, यमन, र सिरिया लगायत १४ भन्दा बढी मुस्लिम देशहरु माथि हमला गरेर लाखौं मासुम निर्दाेष मानिसहरुको हत्या गरिसकेको छ । तैपनि हामीहरु अमेरिकालाई होइन मुस्लिमहरुलाई नै आतंकबादी सम्झन्छौं किनभने हाम्रो मस्तिष्कलाई पहिले नै कब्जा गरि सकिएको छ । र उनी हरुको उद्देश्य पनि यहि हो कि मानिसहरुको मस्तिष्कमा मुस्लिमहरुप्रति यति घृणा उत्पन्न गरियोस् कि त्यसपछि मुस्लिमहरुमाथि जति पनि अन्याय होस् कोही पनि यसका विरुद्ध आवाज नउठाओस् ।
सन् २०११ मा प्रकाशित FBI को एउटा रिपोर्टका अनुसार अमेरिकामा जति पनि आतंकी हमला भयो त्यसको ९४ प्रतिशतभन्दा बढी हमलावर गैर–मुस्लिम हुन् । तैपनि मुस्लिमहरुलाई नै सबभन्दा ठूलो आतंकबादी भनिन्छ र हामीहरु त्यसलाई सत्य मानिहाल्छौं ।
यसैले यदि तपाईलाई लाग्छ कि यी सब कुरा तपाईको आफ्नो दिमागको उपज हो भने यो तपाईको धेरै ठूलो भ्रम हो । तपाईको सोच, भावना तथा संवेदना सबै थोक ती व्यक्तिहरुको नियन्त्रणमा छ जसको नियन्त्रणमा मिडिया छ । हामी त्यही सोच्दछौ जे उनीहरु चाहन्छन्, हामी मात्र तिनीहरुका लागि दुःख महसुस गछौं जसका लागि उनीहरु चाहन्छन् कि हामी दुःख महसुस गरौं जसरी कि फ्रान्सका लागि हाम्रो संवेदना प्रकट हुनु एउटा प्रष्ट उदाहरण हो । हामीहरु त्यही कुरा पढ्छौं जे उनीहरु चाहन्छन् कि हामी पढौं ।


यिनीहरुको षड्यन्त्रको सबभन्दा ठूलो रोकावट हुन्  स्वतन्त्र रचनात्मक सोच (Free Thinking Mind) राख्ने व्यक्तिहरु । त्यसैले यिनीहरु चाहदैनन् कि तपाई आफनो रचनात्मक सोचको विकास गर्नुहोस् । यिनीहरु मात्र एउटा आज्ञापालक, वफादार नोकर चाहन्छन् जो उनीहरुको हरेक कुरामा “जी हजुरी” गरोस् । उनीहरुको षड्यन्त्र के हो त ? त्यस षडयन्त्रको नाम हो “New World Order” अर्थात “एक नया वैश्विक शासन प्रणाली” । यिनीहरु पूरा विश्वमा शासन गर्न चाहन्छन् । त्यसैले तिनीहरु चाहन्छन् कि तपाई उनीहरुको हरेक कुरामाथि विश्वास गर्नुहोस् । एउटा आज्ञापालक नोकरको कर्तव्य निर्वाह गर्नुहोस् । यदि तपाई यस्ता कुप्रचारकको योजना बाट मुक्त हुन चाहनु हुन्छ  भने तपाई हरेक खबरलाई सुझ–बुझका साथ मनन गरी मुल्याङ््कन  गर्न सक्नु पर्छ । जातपात, रङ, धर्मभन्दा अगाडि उठेर निष्पक्ष रुपमा मात्र सत्यताका साथ संसारका घटनाहरुलाई हेर्नुपर्छ । अनि मात्र यो आशा गर्न सकिन्छ कि तपाई पनि एउटा स्वतन्त्र सोच राख्ने निष्पक्ष, स्वतन्त्र व्यक्तित्व हुनुहुन्छ ।
यसका साथै मुस्लिमहरुलाई आवश्यक छ कि  मिडियामा आफ्ना उपस्थिति बनाउन् । उनीहरुले मिडियाको प्रयोग गरेर मुस्लिमहरुको छविलाई खराब पार्ने प्रयास गरेका छन्, भने मुस्लिमहरु पनि मिडियाको सहयोगले उनीहरुको षड्यन्त्रको पर्दाफाश गर्नुपर्छ र आफ्नो व्यवहार र इस्लामको शिक्षालाई संसार सामु ल्याउनु पर्छ ।

लेखक राम सेवक कुशवाहा एम एड अध्ययन गरी हाल शिक्षकको रुपमा कार्यरत छन ।

हिन्दी बाट नेपाली अनुवादक ‛ अज़ीज़ शम्शी ‘ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter