आइतबार, ३० बैशाख २०८१

दक्षिण कोरियालाई हराउदै स्वीडेन १–० ले विजयी

५ असार २०७५, मंगलवार ००:११ मा प्रकाशित

मस्को, ४ असार (रासस÷सिन्ह्वा) ः विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा स्वीडेन विजयी भएको छ ।
खेल सुरु भएको ६४ औ मिनेटमा स्वीडेनका एन्ड्रेस ग्रान्क्वीष्टले पेनाल्टी मार्फत् गोल गरेका थिए । त्यही गोल नै स्विडेनको जीतका लागि निर्णायक हुनपुग्योे । गोल गरेपछि रक्षात्मक खेल खेलेको स्वीडेनले दक्षिण कोरियालाई गोल गर्ने अवसरबाट रोक्न सफल भयो ।
कोरियाली खेलाडीहरुले पटक पटक पाएको निकै राम्रा मौकाहरूलाई उपयोग गर्न असफल रहे । अन्ततः स्वीडेनले आफ्ना समर्थकहरूलाई खुशी पार्न सक्षम भयो । खेलमा दुवै देशका खेलाडीहरूले निकै मेहनत गरेका थिए ।
रुसको निज्नी नोभोगोरोट रंगशालामा नेपाली समय अनुसार बेलुका पौने छ बजेदेखि खेल सुरु भएको थियो ।
रुसमा भएको प्रतियोगिता अन्तर्गत सोमबार नै पौने नौ बजे बेलजियमसँग पानामाले र पौने १२ बजे ट्युनिसियासँग इङ्ल्याण्डले खेल्ने तालिका रहेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter