शुक्रबार, २१ बैशाख २०८१

माडैर गोली काण्ड का तीन शहीद

राम रिझन यादव

२२ जेष्ठ २०७५, मंगलवार १०:२७ मा प्रकाशित

सिरहा जिल्लामा माडर, खिरौना र सुखचेनाको विशेष स्थान रहेको छ । किनकी सिरहाको 50 वर्षको राजनीतिलाई यी तीनवटै गाउँले कुनै न कुनै रूपमा आकर्शित गरेका छन । मूलत: यी तीन गाउँका केही विशिष्ट व्यक्तिहरूको व्यक्तित्वको कारण राष्ट्र्मा पनि यसले विशेष स्थान ओगट्न पुगेको छ । तर यतिका सम्मानित परिवारहरूले यसपाली शहिदलाई समेत उपेक्षा गरेको देखियो । यसलेगर्दा यस भेकका न्यायप्रेमी जनता ती परिवारहरूप्रति आक्रोश जनाएका छन । दुख व्यक्त गरेका छन । उल्लेखनीय कुरा के छ भने ती तीन परिवारले बिगत चार दशकदेखि कुनै- न – कुनै रूपमा सत्ताको मह चाटिरहेका छन । जनतालाई धोखा दिईरहेका छन । तर शहिदको शहादतको बलमा राजनीतिमा स्थान ओगट्न पुगेको तथ्यप्रति ती परिवारहरू लापर्वाह छन । अक्रमण्य छन ।

036 सालको एतिहासिक आन्दोलन वैशाख 10 पुग्दा न पुग्दै चरमोत्कर्षमा पुगिसको थियो । त्यसैले 11 गते राजा वीरेन्द्रलाई जनमत संग्रह घोषणा गर्नु पर्‍यो । यसको एउटा कारण के थियो भने वैशाख 10 गते माडरका तीनजना व्यक्ति रामेश्वर मण्डल, तसलीम मिया र जगदिश खत्वेले आफ्नो रगतबाट माडरको ईतिहास लेखेका थिए । माडरको संघर्षलाई चर्मोउत्कर्षमा पुर्‍याएका थिए । हालसम्म यस भेकमा यतिको बलिदान गरेको अर्को कनै आकडा छैन । यतिमात्र होइन जनताले संघर्षको बेला दुईजना प्रहरीलाई समेत मारेर वेपता पारेको तथ्यले राजा वीरेन्द्रलाई हर्ट गरेको थियो । किनकी अहिलेजस्तो हत्या र हिंसा त्यतिबेला थिएनन । त्यसैले जनमतसंग्रह अवश्यम्भावी हुन गयो । त्यतिवेला चन्द्रनारायण यादव र विशेश्वर मोरबैताको सम्पूर्ण परिवार राजाबादी निर्दलीय पक्षमा लागेको थियो भने राजदेव गोइत बहुदलको पक्षमा । फलस्वरूप नेपालको 75 वटै जिल्लामध्ये सिरहामा बहुदल पक्षले प्रथम स्थान प्राप्त गर्न सफल भयो ।

तीन दशक पश्चात् प्रो बिन्देश्वर गोइतको यथक प्रयासबाट सरकारले तीनै जनालाई सहिद घोषणा गरेको छ । यो उपलब्धिबाट हर्षित गाउँका युवाहरूले प्रो गोइतको नेतृत्वमा तिनै शहिदको सन्समरणमा एउटा प्रतिष्ठान पनि स्थापना गरेका छन । यहीँ प्रतिष्ठानको तर्फबाट जेष्ठ 17 गते पहिलो सहिद दिवसको आयोजन माडरमा गरिएको थियो । प्रदेश न 2 का मुख्यमन्त्री म. लालबाबू राउत गद्दी प्रमुख अतिथि थिए । तर दुखद पक्ष के रहियो भने यस क्षेत्रबाट तलदेखि माथिसम्म बारम्बार प्रतिनिधित्व गर्नेहरूको परिवार अनुपस्थित रह्यो । उनीहरूले चासो नै लिएनन । निम्त्याउदा पनि आएनन । आखिर राजनीति, आन्दोलन, संघर्ष, वलिदान र त्याग के हो भन्ने कुरा माडर खिरौना सुखचैनाका ती परिबारकोलागि अर्थहीन साबित भएको छ । “कागलाई बेल पाक्यो हर्ष न विस्मात” जस्तो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter